एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार तेस्रो जित

पाेखरा | भदौ २३, २०८२

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार तेस्रो जित

पोखरा:  पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ । 

 

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र तेस्रो सेट २८–२६ ले जित निकाल्यो । कर्णालीकि आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।


कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसंगै कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा छ । 


काठमाडौंले दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौंले मधेश युनाइटेडलाई हराएको थियो । 


आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्