पोखरा:  पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम  दिइएको छ ।  साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्य...

काठमाडौं:    नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ । यसअघि मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

धादिङ:      धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं:    नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।  उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ।” प्रधानमन्त्रीलाई असहयोग भयो भन्ने जिज्ञासामा उनले मन्त्रीबाट असहयोग भएजस्तो नलागेको प्रतिक्रिया दिए ।  उनले भने, “समर्थन फिर्ताको कारणपट्टि नजाऔँ, धेरै कारण छन्। हामीले दिएको समर्थन फिर्ता लियौँ, धेरै भनिरहनु पर्दैन। मन्त्रीबाट असहयोग भयो जस्तो मलाई लाग्दैन। अनौपचारिक वार्ता पनि पटक–पटक भयो। मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल, नेपालको राजनीतिक प्रवृत्ति नै हो।”

पोखरा:      गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ  । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत  लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका, बेसीसहर नगपालिका, गोरखा जिल्लामा रहेको सिरानचोक गाँउपालिका र अजिरकोट  गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमनसंग प्रदेश समन्वय समितिका सदस्यहरु र पािलकाका प्रमुख उपप्रमुखवीच अनुभव आदान प्रदान गरिएको हो । पालिकाहरुले सुचना प्रविधि, कृषि, पर्यटन र सेवा प्रवाहका क्षेत्रमा  प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । पिएलजीएसपी कार्यक्रमको सहयोगबाट निर्माण भएका योजनाहरुको प्रगति कार्यान्वयन अवस्था, विद्यमान कानुुनी व्यवस्था र आवश्यक कानुन निर्माण, न्यायिक समितिको कार्य प्रगति तथा अन्र्तक्रिया, नवप्रवर्तन साझेदारी कोष कार्यक्रमको प्रगति अवस्था र आगामी योजना र सफल तथा असल अभ्यासहरु बारे अनुगमन, अन्र्तक्रिया र अनुभव अदान प्रदान गरिएको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव यमुना प्रधानले जानकारी दिनुभयो । सञ्चालित कार्यक्रमको अनुगमनका लागि गण्डकी प्रदेश समन्वय समिति रहेको छ ।सोही समितिले पालिकाहरुमा सञ्चालित कार्यक्रम बारे अनुुगमनसंगै अनुभव आदान प्रदान गरेको हो ।  पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति सदस्य मञ्जुदेवी गुुरुङको संयोजकत्वको समितिमा सदस्य भानु नगरपालिका उपप्रमुख उमा गोतामे, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, आबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, बागलुङको बरेङ्ग गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुना प्रधान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका शाखा अधिकृत सन्दिप ढुंगाना, कम्प्युटर अधिकृत सञ्जन भुर्तेल, रजनी थापा मगर सहितको टोलीले कार्यक्रमको अनुुगमन गरेको हो ।   अनुगमनका क्रममा पालिकाहरुबाट भैरहेका सेवा प्रवाह, न्यायिक समितिले सम्पादन गरिरहेका कार्यहरु बारेमा छलफल भएको थियो ।छलफलमा पालिकाहरुले स्थानीय शासन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । स्थानीय शासन कार्यक्रम प्रभावकारी भएपनि आफना सुझावहरुलाई प्रदेश सरकारले कार्यान्वयन नगरेको गोरखाको अजिरकोट गाँउपालिकाका अध्यक्ष वीरेन्द्र देवकोटाले गुनासो गनुभयो ।  उहाँले स्थानीय तहलाई सबल र सक्षम बनाउनुपर्नेमा प्रदेश सरकारले वितरण गर्ने खुद्रे बजेटले गुणस्तरीय काम हुन नसकेको बताउनुभयो । उहाँले जसअपज पाउने स्थानीय सरकार भएपनि सरकारको मान्यता दिन प्रदेश र संघले कन्जुस्याइँ गरेको गुनासो गर्नुभयो ।उहाँले न्यायिक समितिलाई प्रभावकारी बनाउन कानुन अधिकृतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।  अध्यक्ष देवकोटाले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत गाँउपालिकालाई एग्रो टुरिजमका रुपमा विकास गर्न लागेको बताउदै पर्यटनका लागि सम्भवाना बोकेको बताउनुभयो । बरेङ्ग गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शिक्षा, स्वास्थ्य र कृषिमा अरुपालिका भन्दा नयाँ गरे जस्तो लागेको बताउनुभयो । त्यस्तै नेपालको संविधानले व्यवस्था  गरेको न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको बारेमा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो अनुभव सुनाउदै  न्यायिक समितिलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले न्यायिक समिति असफल हुदाँ उपप्रमुख र उपाध्यक्ष असफल हुने भएकाले संविधानले व्यवस्था गरेको न्यायिक समितिलाई प्राथमिकतामा राखेर काम गर्नुुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहका समस्या एउटै हुन भएकाले सहकार्य र समन्वय मार्पmत समाधान गर्नुुपर्नेमा जोड दिदै जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीका भुमिका महत्वपूर्ण भएको दुवै मिलेर जादाँ नयाँ शासन ब्यवस्था सफल हुने बताउनुभयो ।

काठमाडौं:    त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको छ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।  घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने नेपालको लक्ष्य फाइनलमा पूरा भएन । नेदरल्यान्ड्सले भने नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाएको छ ।  नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

पोखरा:    पोखरा महानगरपालिका–१६ मा लागूऔषध रोकथाम, सचेतना, प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ ।   लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवायुवतीमा देखिएको लागूऔषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधिलाई प्रशिक्षण दिइएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागूऔषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सुहभागीलाई प्रहरी सहायक निरीक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।   समुहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समुहका प्रतिनिधी तारा भट्टराई, नन्दा गुरुङ,कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागु औषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्यक परिवारले भुमिका खेल्नुपर्ने बताए । समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो । सोही भेलाले तारा भट्टराईको संयोजकत्वमा १५ सदस्यीय लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरीय समिति गठन गरेको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।

काठमाडौं:   नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो । नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए । गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औं ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो । त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे । दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे । दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे । आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८(४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८।२ ओभरमा १६८(८ को स्थितिमा पुगेको थियो । नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

काठमाडौं:     आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडफाँट टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।  मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् । यसअघि सोमबार बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथ ग्रहण गरेका छन् । 

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न भन्दै सर्कुलर गरेको छ ।   मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेसँगै समर्थन फिर्ता लिने अवस्था हुने बताउदै प्रदेश सांसदहरुलाई पोखरामै रहन सर्कुलर गरेको हो ।   प्रमुख सचेतक कुसुम बुढामगरले दलको आकास्मिक बैठक बस्नुपर्ने  अवस्था भएकाले माओवादी केन्द्रका प्रदेश सांसदहरुलाई पोखरा नछाड्ने सर्कुलेसनभइसेको बताइन् ।   ‘समर्थन फिर्ता लिने विषयबारे आकस्मिक बैठक जतिबेला पनि बस्नुपर्ने हुन्छ आजै या भोलि, प्रमुख सचेतक बुढामगरले भनिन्, ‘त्यसैले हाम्रो माननीयहरुलाई पोखरा नछाड्ने भनेर अनुरोध गरिएकाेछ ।’   उनले समर्थन फिर्ता आजै या भोलि लिने भन्ने विषयमा भने टुंगो ​नलागेको बताइन् । ‘मुख्यमन्त्रीले आफ्नो अधिकार फिर्ता लिन पाउनु हुने भो, बर्खास्त गरेपछि समर्थन फिर्ता लिनुपर्ने हुन्छ तर त्यो आजै पनि हुन सक्छ भोलि पनि हुन सक्छ आकस्मिक बैठकपछि मात्रै टुंगो लाग्छ,’ उनले भनिन् ।    केन्द्रमा नयाँ सत्ता समिकरण बनेपछि गण्डकीमा मुख्यमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेर दुवै मन्त्रालय आफु मातहत राखिसकेका छन् ।   नयाँ गठबन्धन बनिसकेपछि केन्द्रमा हिजै हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् ।