स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो
पाेखरा | साउन १४, २०८१
पोखरा: स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या २ पुगेको छ । उपचारको क्रममा एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ५ वर्षका प्रिन्स बिक रहेका छन् ।
गण्डकी मेडिकल कलेजमा उनलाई १०: ४५ बजे चिकित्सकले मृत घोष्णा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
उनका अनुसार यसअघि करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रिन्स र आरती आमाछोरा भएको बताइएको छ ।
यो पनि पढ्नुहोस
अन्य घाइतेहरुको भने अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।
कास्की प्रहरीले घाइतेको तथ्याङ्क दिने क्रममा प्रारम्भिक चरणमा २२ जना सवार रहेको भनिएपनि यो समाचार तयार पार्दासमेत ३० जना सवार रहेको जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...



