स्कुल बस दुर्घटना अपडेट:  घाइतेमध्ये १ जनाको अवस्था गम्भीर

पाेखरा | साउन १४, २०८१

स्कुल बस दुर्घटना अपडेट:  घाइतेमध्ये १ जनाको अवस्था गम्भीर

पोखरा:  स्कुल बस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

 

कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए ।

 

उनीहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । 

 

बस चालकलाई गण्डकी मेडिकल कलेजबाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।

 

घाइते मध्ये गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ वर्षीय आरती बिकको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

 

‘अरुको अवस्था त्यस्तो जटिल छैन तर, एक जना महिलाको भने अवस्था चिन्ताजनक नै छ । उहाँको बारेमा भन्न सकिने स्थिति छैन’, सुनगाभा न्यूजसँग ति प्रहरी अधिकारीले भने ।

 

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।


 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्