काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् ।   लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् ।   सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल (एमच्याम) का महाप्रबन्धक अमीरराज थापाले बताए ।    'एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र  मन्त्री नारायणप्रकाश साउद (एनपी साउद) लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो', थापाले भने ।   उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए ।   उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।  

काठमाडौं:   आजदेखि  कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।   उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुनेछन् ।   ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।   परीक्षाका लागि बो र्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एकएक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।   पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो ।   परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।   यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ ।

नुवाकोट:    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई रहेका छन् ।   उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले  तादी गाउँपालिका–४ सातबिसेबाट बुधबार पक्राउ गरेको हो ।    फरार रहेका जंगबहादुलाई मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गते ९ वर्ष ७ महिना १० दिन कैद फैसला सुनाएको थियो ।   त्यसपछि उनी फरार थिए ।   हाल पक्राउ परेका उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  

लमजुङ:   मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो ।   डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो ।   ५.५ मिटरमा सवारीसाधन सञ्चालन हुने, १.१  मिटर पानीको निकास र पैदलयात्री मार्ग १ मिटर चौडा छ ।   कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा  २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो ।   बेँसीसहरबाट खुदीसम्म करिब साढे ७  किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३ सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा  १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब  चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ ।   पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ ।     

पोखरा:   पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा भोलि (शनिबार) देखि पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।   सो प्रतियोगिता आगामी २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।   उनका अनुसार सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्येश्य लिइएको छ ।   प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।    सहभागि टिमलाई ३ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उनले बताए ।    प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ ।   प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।   प्रतियोगितालाई  कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गरेको छ ।  

पोखरा:  गण्डकी प्रदेश स्क्वास तथा  र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् ।   संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो ।   यसैगरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए ।   कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए ।   यस अघि प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेल संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषद प्रयासरत रहेको जनाउँदै अवको आफ्नो अभियान दशौं राष्ट्रिय खेलकुद प्रतियोगितातर्फ लक्षित रहेको जनाए ।   यूवा खेलाडी उत्पादन गर्न परिषद खेल संघहरु संग सहकार्य गर्न तयार रहेको जनाउँदै संघहरुले आफ्ना वार्षिक कार्यक्रम तथा योजनाहरु समेत अघि सार्न आग्रह गरे ।   कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, स्क्वास  र्‍याकेट संघका केन्द्रिय सदस्य सन्तोष घिमिरेलगायतले आफा्ना भनाई राखेका थिए ।   सो अवसरमा नवनिर्वाचित अध्यक्ष रञ्जितले आफ्नो कार्यकालमा स्क्वास खेलको विकासका लागि सबै संग सहकार्य गर्दै वार्षिक रुपमा विभिन्न प्रतियोगिताहरुको आयोजना एवं खेलाडी उत्पादनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाका महासचिव बस्नेतले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

पोखरा:  आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।   सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।   निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए ।   अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक पौडेलले जनाए ।   अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ ।   अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ ।   प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।    यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका,  रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।   अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरेर तयारीमा तिव्रता दिइएको छ । 

काठमाडौंः    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् ।   यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिनुभएको हो ।   त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौंमा बस्नेछ ।   यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो । यसअघि उक्त बैठक थाइल्याण्डको राजधानी बैँककमा बस्ने गरेको थियो ।   बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउनुहुनेछ । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।   यस्तै विग्नाराजासहितको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जानेछ । त्यहाँ इम्जा ताल निरीषण गर्ने कार्यक्रम छ ।   यूएनडीपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि यूएनडीपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराई बढाएको थियो ।  

काठमाडौंः   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।     राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको जानकारी दिएको हो ।     निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीको विवरण हेर्ने सचिवालयले बताएको छ ।    शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्री श्रेष्ठले चेतावनी दिँदै आउनुभएको छ ।    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएको सचिवालयले जनाएको छ ।   विगतमा सम्मानित उच्च अदालतबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु/गराउनु भनी शिक्षा मन्त्रालयलगायतका विपक्षीका नाममा परमादेशको आदेश भएको थियो ।