पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ ।   कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा स्थायी घर भई हाल पोखरा २७ तालचोक बस्ने २५ वर्षीय दिल बहादुर आले रहेका छन् ।   उनले गत ७ गते करिब साढे ६ बजे तालचोक आउने क्रममा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलले म्याग्दीको बेनी नगरपालिका ३ स्थायी घर भई हाल पोखरा २९ बस्ने पैदलयात्री ८ वर्षीय बालकलाई भण्डारढिकमा ठक्कर दिएर फरार थिए ।    त्यसपछि इलाका प्रहरी कार्यालय शिशुवालाई प्राप्त सूचनाको आधारमा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलसहित चालक आलेलाई आज पक्राउ गरिएको हो ।   हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:  गोरखाको बारपाकमा सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर च्याम्पियन बनेको छ ।   बारपाकको खेलमैदानमा आज भएको फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।    च्याम्पियन बनेसँगै नवलपुरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको स्याङ्जाले नगद रु ७५ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    सो प्रतियोगितामा नवलपुरका हिमाल सुनारीमगर सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गर्दै विजयी बन्यो ।   महिलातर्फपनि विजेता र उपविजेता टोलीले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्याे । महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत बनिन् ।    

नवलपरासीः पूर्वी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढि स्थानका जँगलमा लागेको छ ।   सोमबार दिउँसो देखि फैलिएको आगोलागी जिल्लाका आठै पालिकामा रहेको वन जँगलमा डढेलोका रुपमा फैलिएको छ ।   पूर्व पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिगँटार, बौदीकाली गाउँपालिकाको ८० बढि जँगलमा सोमबार साँझ देखि फैलिएको आगो अहिलेसम्म पनि दन्कीरहेको बुलिगँटार गाउापालिकाका वडा नं ३ का पूर्ववडाध्यक्ष यमबहादुर झेँडी मगरले बताउनुभयो ।   कालीगण्डकी करिडोरको ढोडँनी, भोक्रोफाँट, गडाम्दी, कोटथर, डाडाँझेरी बुलिगँटार हुदै बौँदीकालीका सबै जगँलमा आगो फैलिएको जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत गञ्जन गहतराजले बताउनुभयो ।   पहाडी क्षेत्रमा फैलिएको आगोलागीबाट कुनै मानबीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरि सम्भावित घटनाबाट बचाउन आवश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो ।   पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरि डढेलो गाउँबस्तीमा नपसोस भन्ने उद्देशयले काम गरिरहेका बुलिगँटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुुभयो । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढि ठाउँका जँगलमा डढेलो लागेको रड नगरपालिकाले माइक मार्फत सूचना दिन थालेको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।   त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा १२ घरगोठ जलेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।   आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ वर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् ।   उहाँको दुवै हात जलेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो ।

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।   फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ।    डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ। गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ।   डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन्। डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताउनुभयो।   जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताउनुभयो।   कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन्। दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयोे। वन्यजन्तु गाउँमा डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन्।   जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन्।   ‘खेतबारीमा लगाएको बाली र बँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मंगला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने।   बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए। मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् ।

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान तथा सम्झनामा गाउँपालिका भरी सार्वजनिक विदादिएको थियो ।   भूकम्पको केन्द्र विन्दु वारपाकमा भूकम्पमा भूकम्प स्मृति दिवस मनाइएको हो ।   २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्पगएको थियो ।   भूकम्पका कारण १४ सय घर धुरीको गुजुमुज्ज वस्ती रहेको वारपाक ध्वस्त वनेको थियो । भूकम्प गएको ९ वर्षको अवधिमा वारपाकका अधिकांश संरचना पुननिर्माण भएका छन् । स्वास्थ्य चौकि, वडा कार्यालय, विद्यालयपुननिर्माण भएको छ ।   बारपाक सुलिकोट गाउँपालिका भरी ७ हजार भन्दा वढी घर पुननिर्माण भइसकेको वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । स्मृति दिवसको अवसरमा बुधबार साँझ दिप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो ।   यस्तै स्कुटर चालक सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।    ठक्करबाट घाइते भएकी प्रधानकोलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपनि डाक्टरले मृत घोषणा गरेको थियो ।   सिन्धुपाल्चोक चौतारा नगरपालिका १३ का ३९ वर्षीय विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौंः   मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।   उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।   सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित हुनुहुन्थ्यो ।   कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।   राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ मङ्गलबार यहाँ आइपुग्नु भएको थियो ।   कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो ।   भेटवार्तापछि राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गर्नुभएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।   उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।   नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो ।

काठमाडौं:   नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।    काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो।    नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।    नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे।      त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।    सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानन्त्री प्रचण्डले कतारी अमिर शेख तमिम विन हमाद अल थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्।    मंगलबार नेपालको राजकीय भ्रमणमा आएका कतारी अमिर आजै स्वदेश फर्कनेछन्। 

काठमाडौं:  टी-२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम नेपाल आइपुगेको छ ।   बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।   विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए ।   रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्नेछ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ ।   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।