पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा अनुसन्धानको क्रममा रहेका ५८ जना थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा ८ जना महिला र ५० पुरुष गरी ५८ जना थुुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । नेपाल औषधी व्यवसायी संघ कास्की र पद्य नर्सिङ होम अस्पताल नदीपुरको सहयोगमा कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षणसँगै हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई निशुल्क सेनेटरी प्याड हन्तान्तरण गरिएको थियो । नेपाल औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतमले जुनसुकै कारण वा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा आएका व्यक्तिहरुको आफ्नो स्वास्थ्य प्रति सचेत राख्ने उद्धेश्यले निशुल्क स्वास्थ्य परिक्षणसँगै औषधी वितरण गरिएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा बस्दा विभिन्न किसिमका सरुवा रोग, अन्य व्यक्तिगत रोगको शिकार हुने सक्ने हुँदा यस्ता कार्यक्रमले व्यक्तिगत स्वास्थ्य र सुविधामा सहयोग पुग्ने बताए ।
लमजुङ: जिल्ला प्रहरी कार्यालय लमजुङले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका–७ चिसाङ्कु बस्ने ४६ वर्षीय नवराज घिमिरे रहेका छन् । उनीविरुद्ध १५ वर्षीय किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल सो घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ ।” समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रुपमा रहेको जनाउँदै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योगध्यानको महत्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताउनुभयो । योगध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभसमेत लिइरहेकोसमेत उहाँ जानकारी गराउनुभयो । यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रुपमा योगध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाउनुभयो । ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करिब एक सय कर्मचारीको सहभागिता छ । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१र ८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, सूचनामा भनिएको छ । सबै सांसदलाई उक्त दिन २स्४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।
पोखरा: यसवर्षको वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेट टोलिका खेलाडी अर्जुन कुमालले पाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत क्रिकेट टोलिका खेलाडी कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । कुमालले वर्ष पुरुष खेलाडी अवार्डसँगै इलेक्ट्रिक स्कुटरसँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे । उनीसँगै मनोनयनमा भलिबलका हिमाल र टेनिसका प्रदिप मनोनयनमा परेका थिए ।
पोखरा: यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत तेक्वान्दोकी थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड दिइएको हो । खेलकुदको क्रममा थापामगर रोल्पामा भएका कारण अवार्ड उनका दाईलाई प्रदान गरिएको थियो । यो पनि पढ्नुहोस वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा वर्ष खेलाडी महिला खेलाडी थापामगरले इलेक्ट्रिक स्कुटर सँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरिन् । उनीसँगै मनोनयनमा आर्चरीकी अनुस्का शेरचन र नेपाल महिला भलिबलका कप्तान अरुणा शाही परेकी थिईन् ।
पोखर: यसवर्षको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड गण्डकी भलिबलका प्रशिक्षक रमेश केशीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत भलिबलका प्रशिक्षक केसीलाई वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड दिइएको हो । यो पनि पढ्नुहोस भलिबलका रमेशसहित टेनिसका नीरज र क्रिकेटका रिजन वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा वर्ष उत्कृष्ट प्रशिक्षक केसी नगद ३५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यो विधामा ३ जना मनोनयनमा परेका थिए । टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए ।
पोखरा: यसवर्षको वर्ष उदीयमान महिला खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानामगरले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानामगरलाई उदीयमान खेलाडीको अवार्ड दिइएको हो । यो पनि पढ्नुहोस उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा वर्ष उत्कृष्ट उदियमान खेलाडी घोषित रानामगरले नगद ३५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यो विधामा ३ जना मनोनयनमा परेका थिए । क्रिकेटकी ज्योत्स्निका मरासीनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लव पोखरा बनेको छ । लामो समयदेखि विपन्न वालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहारारा पोखरा गोल्डकप आयोजना गर्छ ।
बागलुङ: यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते हुनुभयो । घाइते बुढामगर र घर्तीमगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । आगलागीमा परी मृत्यु हुनुभएका देवसिंहको पारिवारिक अवस्था निकै कमजोर छ । ज्याला मजदुरी गरी परिवारको लालनपालनमा गर्दै आउनुभएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विछिप्त छ । समस्यामा परेको उहाँको परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरिरहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर एक लाख राहत उपलब्ध गराएको थियो । घाइते दुवै जनाको उपचारका लागि ७५–७५ हजार सहयोग गरेको छ । मृतक कामीको आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिकाले उहाँका कान्छा छोरा टोपबहादुर विकलाई कक्षा १२ कक्षासम्म बालगृहमा राखेर पढाउने निर्णय गरेको । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । टोपबहादुरले अहिले कक्षा ९ मा पढ्दै हुनुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छि छोरी अझै विद्यालय जान थाल्नुभएको छैन । गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह सञ्चालन गरेर अनाथ तथा बेसहारा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । बुबाको मृत्युपछि पारिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनुभएको छ । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँले बताउनुभयो । “बाबाले अरुको ज्याला मजदुरी गरेर हामीहरुलाई पाल्नुभएको थियो, जसोतसो पढाउँदै आउनुभएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो”, टोपबहादुरले भन्नुभयो, “मैले मेहनत गरेर पढ्नुपर्छ, बाबाले देखेको सपना पूरा गर्नेछु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।” गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका छन् । गाउँपालिका अध्यक्ष बुढामगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादिक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, कक्षा १२ सम्म पढाउने, विभिन्न किसिमका सीपमूलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गर्दै आएको हो । बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह सञ्चालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरी काम गरिरहेको अध्यक्ष बुढामगरको भनाइ छ । “खास गरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने कामको थालनी गरेका छौँ यसले धेरैलाई राहत मिलेको छ”, उहाँले भन्नुभयो, “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाइमा पनि सुधार भएको छ, उहाँहरुलाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरिक बनाउने हाम्रो जिम्मेवारी हो, सोहीअनुसार काम गरी रहेका छौँ ।”