पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनेबेलामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गलत काम गरेको बताएका छन् । त्यसप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरे । संसद बैठकमा विश्वासको मत लिने क्रममा उनले सो कुरा बताएका हुन् ।    प्रधानमन्त्री प्रचण्डले काँग्रेसको यो गतिविधि भविष्यमा सो दललाई महँगो पर्ने उनले चेतावनी दिए । आफूले पटक पटक काँग्रेसलाई सहयोग गरे पनि विश्वासको मत लिने दिनमा काँग्रेसले गलत काम गरेको उनले बताए । सभामुख देवराज घिमिरेले विरोध र नाराबाजीविच प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रक्रिया सुरु गरेका छन् ।  

काठमाडौं:     प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ।  सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।  सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका थिए ।  कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।  सोमबार बसेको पार्टीको संसदीय दलको निर्णय अनुसार प्रतिनिधिसभा बैठकमा अनिर्वाय उपस्थिति हुन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुलाई ह्विप जारी गरिएको उनले जानकारी दिए ।   

काठमाडौं:    हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भए पनि सोमबार भग्नावशेष भेटिएपछि उहाँको मृत्यु भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो ।   समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकोप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ । बिबिसि

पोखरा:   कास्की प्रहरीले पोखरा महानगरपालिका ७ रत्नचोकस्थित अर्जुन कुमार श्रेष्ठको घरबाट ६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा अर्जुन कुमार श्रेष्ठसँगै सोही स्थानकै शिव बहादुर बिक, बसन्त केसी, बसन्त लामा, कृष्ण रावत र गोकर्ण श्रेष्ठ छन् ।   वडा प्रहरी वैदामलाई प्राप्त गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।   उनीहरुको साथबाट  नगद १५ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।   उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:     प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्न लागेको जानकारी दिए । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।  प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।  उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्ने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। सङ्घीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।

तनहुँ:     तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

काठमाडौं:    सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपनि समितिको टिओआरको विषयमा सहमति बन्न नसक्दा कार्यदलको बैठक निष्कर्षविहिन भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले टिओआर बनाउँदा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम राखेर जाने प्रस्ताव राखेपछि सत्तापक्ष दलहरुले यसलाई नमानेपछि कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेको हो । नेपाली काँग्रेसका तर्फबाट कार्यदलका सदस्य जीवन परियारका अनुसार बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम भन्दा सहकारीको नाम चाहिँ राख्ने तर गृहमन्त्रीकै नाम चाहिँ नराख्ने अडान सत्तापक्षका तर्फबाट कार्यदलका सदस्यहरुले अडान राखेपछि बैठकले टिओआरको निधो गर्न नसकेको हो । उहाँले आज साँझ फेरि कार्यदलको बैठक बस्ने छ । कार्यदलले टिओआरको निर्णय गर्न नसकेपनि प्रतिनिधि सभाको बैठकपछि पुन: छलफल गर्ने सहमति चाहिँ कार्यदलका सदस्यहरुबीच भएको नेता परियारले जानकारी दिनुभएको छ ।।