सिटीवानको तीजगीत मेला भदौकाे तेस्रो साता

राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’

पाेखरा | भदौ ४, २०८१

सिटीवानको तीजगीत मेला भदौकाे तेस्रो साता

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता गर्ने भएको छ ।

 

सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले  “तीजको बेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” आयोजना गर्ने भएको हो । 

 

टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका संस्कृतिहरु लोप हुन लागेको भन्दै मेलाको आयोजना गरिएको जानकारी दिइन् ।

 

उनका अनुसार तेस्रो संस्करणको मेला यही भाद्र १५ र १६ गते बिहान ९ः०० बजेदेखि गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।

 

करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको श्रेष्ठले बताइन् ।

 

सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्वद्धन, सरसफाई, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागूपदार्थ दुव्र्यसनी जस्ता सामाजिक विषयलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धिले गीत गाउनुपर्ने बताइएको छ ।

 

सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धित्तीय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभूषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार रहेको छ । 

 

प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क नलाग्ने बताइएको छ ।

 

राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’ 

 

मेलाको अवसरमा ‘तीज संस्कृति र आजको आवश्यकता’ शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेबल कार्यक्रम संचालन गर्ने मेलाका संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् । 

 

उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृितको बारेमा जानकारी दिने कार्यक्रमसमेत रहेको छ । 

 

कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको टेलिभिजनले जनाएको छ ।

म्याग्दी:  मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।  आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा ...

थप पढ्नुहोस्

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ ल...

थप पढ्नुहोस्

पोखरा:  पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्...

थप पढ्नुहोस्