काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।   प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।    एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।   आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।   १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।  

पोखरा:   अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ तल्लोकोट ठाँटीमा मृत्यु भएका  ५ जनाका सामूहिक अन्त्योष्टी गरिएको छ ।    माथिबाट आएको पहिरोमा परेर मृत्यु भएका ७ जना मध्ये ५ जनाको चिन्तेबौर सेती नदीकिनार चिन्तेबौर घाटमा सामुहिक दाहसंस्कार गरिएको हो ।   कुल बहादुर परियार र उनी श्रीमती मनकुमारी परियारलाई एउटै चितामा अन्त्योष्टी गरिएको स्थानीय भुजेलले जानकारी दिए । उनका अनुसार कुल बहादुरका कान्छी छोरी प्रशना परियार, आमा लक्षिमा परियार र राधिका परियारको पनि सोही घाटमै अन्त्योष्टी गरिएको हो ।     माइत आएकी कुलबहादुरका छोरी प्रभा परियार र ज्वाई अस्मित परियारको शव भने उनीहरुकै घर पठाइएको थियो ।   उक्त पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार घाइते भएका छन् ।   यो पनि पढ्नुहोस   कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते   अब कुल बहादुरको सन्तानको रुपमा जेठी छोरी जापानमा रहेकी छिन् भने छोरा पवन घाइते छन् ।   गएरातीका पहिरोमा परेर कास्कीका कुल ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका थिए ।

काठमाडौं:     नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्ध नबिगार्न र चार महिनापछि फेरी प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद् विघटनको साक्षी नबस्न आग्रह गरेका थिए । चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफूहरू सधैँ साथमा रहे पनि आफूहरूलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।

काठमाडौं:     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए । गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई पक्राउ गर्न नसकेर बिदा हुन लागेको भन्दै फाइल खोल्न लागेपछि सरकार ढलेको भन्ने गलत भाष्य निर्माण नगर्न आग्रह गरे । सांसद शाहीले कसैलाई पक्रेर थुन्न नसकेको भन्दै आफूले काम गर्न नसकेकोको स्वीकार गर्न आग्रह गरेका थिए ।

काठमाडौं:     गृहमन्त्री रवि लामिछानेले फाइल खोलेको २४ घन्टाभित्र सरकार ढालेको दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि सरकार ढालेको दाबी गरेका हुन्। ‘फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल?’  उनले प्रश्न गरे, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेकोबाहेक अरु कारण छैन, सरकार ढालेको ।’ व्यवस्था ल्याउन ज्यान दिन नपाए पनि व्यवस्था जोगाउन ज्यान दिन तयार रहेको उनको भनाइ छ। उनले कांग्रेस नेता रमेश लेखक सम्भावित गृहमन्त्री हुने उल्लेख गर्दै आफूजस्तै स्टन्ट गर्न सुझाव दिए। ‘रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे। उहाँले मेरो कामलाई स्टन्टको आरोप लगाउनुभएको छ। यदि मैल बाँसबारीको जग्गामा स्टन्ट गरेको हो भने यस्तै स्टन्टको अपेक्षा गरेका छौं’,उनले भने। उनले आफ्नो दल चेकलिस्टसहित सरकारमा आएका बताउँदै चार महिनामा इमानदार भएर जनताका हितमा काम गरेको बताए।  गृहमन्त्री लामिछानेले राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गरे। ‘सहमतिका कुरा धेरै सुनिए। त्यसका धेरै कारण देखाइयो। तर, सहमतिबारे कसैलाई केही थाहा छैन। जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको छ’, उनले भने, ‘एकाएक सहमति किन गर्नुपर्‍यो। हामीलाई आशंका छ। संविधानको चिन्ता एक्कासि कसरी आयो। हामीलाई आशंका छ। संविधान चलाउनुपर्छ, तर यो अवस्थामा चलाउनुपर्ने हो? संविधान जोगाउनकै लागि सहमति भएको हामी स्वीकार गर्दैनौं।’ उनले दुई ठूला दल मिलेर सुशासन कायम गर्न पाए राम्रो भए पनि विगत ३० वर्षको इतिहास पनि साक्षी रहेको बताए  ।’दुई ठूला दल मिलेर सुशासन हुन्छ भने ठीक छ। हामी हेर्छौं। तर हामीले ३० वर्षदेखि हेर्दै आएका छौं। तपाइँहरूले गरेको भए सायद हाम्रो जन्म पनि हुँदैनथ्यो होला ।’ उनले भने। 

काठमाडौं:     मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ।  शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा जानकारी गराए। उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए। सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानेले बताए।  ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटक पटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए। उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए। बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए।

काठमाडौं:     नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा समस्या भएको बताउनु भएको छ । प्रतिनिधि सभाको आज बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिदै एमाले नेता भट्टराईले माओवादीले लगानी भन्दा बढी लाभांश खोजेको बताउनु भएको हो । भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताउनु भयो । भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बतउनुभयो। स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन बनेको भन्दैनेता भट्टराईले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गर्नुभयो।

पोखरा:   पोखरा महानगरपालिका–१९ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी गरिएको छ । उनीहरुको भुज्रुङखोला स्थित सेती घाटमा अत्येष्टी गरिएको हो ।  गएराति करिब १०  बजेको समयमा पुरनचौरमा पहिरो जाँदा ४७ वर्षीय कुलबहादुर परियारको घर पुरिएको थियो ।    पहिरोमा पुरिएर मृत्यु भएका पोखरा महानगपालिका–१९ पुरनचौर घर भएका ४७ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लश्रीमा परियार, १५ वर्षीय प्रशना परियार र राधिका परियारको सामुहिक अन्येष्टी गरिएको हो ।  गएराति पुरनचौर पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका २५ वर्षीय अस्मित परियार र २० वर्षीय प्रभा परियारको शव परिवारले लगेका छन् ।  गएराति कास्कीको तीन स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । भने, ४ जना घाइते भएका छन् । 

पोखरा:     मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै  वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । पोखरा अडिसनबाट करिब ५ देखि १०  जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।