रुकुम पश्चिम: गएरातीको अबिरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रबी केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । त्यस्तै बाढीबाट अन्य सातजना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी गएरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ र एक सय ६० कायम भएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको आजको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिपो(कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।
काठमाडौं: सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उहाँले बताउनुभयो । साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।
तनहुँ: १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद नगरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । तनहुँ प्रहरीका अनुसार उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । सरोकारावालाहरुबीच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा आज (सोमबार) भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका हुन् । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती व्यहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे । स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् व्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । विपद्का कारण क्षति व्यहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण भइरहेको र सहज प्रक्रियाबाट तत्कालै पितरण गर्न निर्देशन दिए । विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन तथा प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे । मनसुन सुरु भएपश्चात गण्डकी प्रदेशभित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाहरुबीच छलफल गरिएको थियो । यस्ता छन् निर्णयहरु १. मनसुनजन्य विपदबाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे बैठकमा सरोकारवालाहरुबीच जानकारी एवम् छलफल गरियो। २. मनसुनजन्य विपदबाट थप क्षति हुन नदिन सम्भावित जोखिममा रहेका बासिन्दालाई पूर्व जानकारी गराउने, सम्बन्धित निकायहरुबाट सचेतनामूलक सन्देशको प्रकाशन तथा प्रसारण गर्ने। ३. विपद्को अवस्थामा आपतकालीन खोज, उद्धार, राहत लगायतका कार्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालयरआयोगरनिकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयत्मक रुपमा परिचालन गर्ने र यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने। ४. मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानीरसिँचाईरपूर्वाधार विकासरस्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालयरनिर्देशनालयरनिकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने। ५. विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्वविद् सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा लेखी पठाउने। यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाई हेर्ने लगायतका प्रदेशरजिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने। ६. मनसुनजन्य विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिंचाईका संरचनामा पुगेको क्षति र मर्मतसंभार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी आवश्यकतानुसार मर्मतसंभार एवम् पुनर्निर्माण गर्ने। ७. मनसुनजन्य विपदबाट भएकोरहुने सक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने पाईप, तारजाली तथा अन्य सार्वजनिक निर्माण लगायतको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यहरुको खरिद प्रक्रिया यथासम्भव छिटो छरितोरुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने। त्यस्ता तार, जाली तथा पाइप वा अन्य सामग्री वितरण गर्दा सम्बन्धित स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो अनिवार्य समावेश गरेर मात्र वितरण गर्न कार्यालयलाई निर्देशन दिने।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा रु.७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट पेस गर्नुभएको थियो। बजेटको स्रोतमा सङ्घीय सरकारबाट अनुदान स्वरूप रु।४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकारबाट अनुदान रु।९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रु.१ अर्ब ५५ करोड ५१ लाख ४० हजार रहनेछ। यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट रु।३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु।९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ रहनेछ । यस्तै नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिइने महानगरले जनाएको छ । आगामी आ.वको बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ । यस्तै सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरण प्रति संवेदनशील र जिम्मेवार समाज निर्माण, नवउद्यम ९स्टार्टअप० प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ । नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्तावहरू समेत सर्वसम्मतिले पास गरेको छ ।
पोखरा: पोखरा सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् । राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० मा गण्डकी प्रदेशको तर्फबाट टेबलटेनिस खेल प्रतियोगितामा सहभागी भएर तृतीय स्थान हासिल गरी कास्यपदक प्राप्त गर्न सफल भएकोमा गण्डकी प्रदेश खेलकुद परिषदले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेको हो । सृजना सेकेन्डरी स्कुलका प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल यु–१५ टेबुलटेनिस प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई यस अघि पनि पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित भएका थिए ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यतर्फ लमजुङबाट विजयी सांसद हुनुहुन्छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनुभएको थियो । गुरुङले ३४ हजार ९८५ मत ल्याउनुहुँदा उहाँका प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७९१ मत ल्याउनुभएको थियो । उहाँ तीन हजार १९४ फराकिलो मतान्तरले विजयी हुनुभएको थियो । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो । उहाँ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ । उहाँको जन्म २०१४ साल फागुन २ गते भएको हो। विद्यार्थी जीवनकालदेखि राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ (२०३७–२०३८) सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा दुई पटक हिरासतमा पर्नुभयो । २०३८ सालमा एमाले इलाका पार्टी संगठन कमिटीको तर्फबाट ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ सालमा नेकपा ९माले० द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्ष, २०४७ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकका रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको छ ।