तनहुं: जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब १ सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउनुभयो । हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट ९पाइप राखेर बनाइएको अस्थायी संरचना० सवारीसाधान आवतजावत हुँदै आएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो । आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो । कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उहाँको भनाइ छ । “सम्झौता अवधि भन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भन्नुभयो, “निर्माण कम्पनीले फागुनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
काठमाडौं: सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । “नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।” कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो । पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।” कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’ बढ्दो क्रिकेट क्रेज पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । यस्तो छ अन्य खेलहरूको टिकट मूल्य सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । सोमबार दुई खेल हुँदै आज भने कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।
काठमाडौं: अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफँैलाई’ सार्वजनिक गर्नुभएको छ । आर्मी अफिसर्स क्लबमा शनिबार १ कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गर्नुभएको छ । आयुमी २ वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गर्नुभएको थियो । सङ्गीतमा उहाँ आफ्नो परिवारको तेस्रो पुस्ता हुनुहुन्छ । उहाँकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका हुनुहुन्थ्यो भने बाजे लोकबहादुर तामाङ लोकगायक हुनुहुन्थ्यो । आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित हुनुहुन्छ । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताउनुभयो ।
सङ्खुवासभा: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मानित हुनुभएको छ । सङ्खुवासभामा शुभ बिहानी नमस्ते क्लबले आज भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मान गरेको हो । सदरमुकाम खाँदबारीमा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राई, राष्ट्रिय महिला भलिबल खेलाडी सुमित्रा रेग्मी र अन्डर–२० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा सम्मानित हुनुभएको शुभ बिहानी नमस्ते क्लबका अध्यक्ष खेम गुरागाईंले जानकारी दिनुभयो । क्लबले राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन खाँदबारी नगरपालिका–५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका–९ त्रिसुले निवासी राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मी र खाँदबारी नगरपालिका–८ पिप्लेकी अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मालाई सम्मान गरेको हो । भलिबल प्रशिक्षक राई, राष्ट्रिय खेलाडी रेग्मी, अन्डर २० राष्ट्रिय महिला भलिबल कप्तान विश्वकर्मा खाँदबारी नगरपालिका–५ माल्टामा यही मङ्सिर १२ गते भएको अन्तरपालिका महिला भलिबलमा सहभागी जनाउन गृह जिल्ला आउनुभएको हो ।
झापा: जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ । उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा रु दुई लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ । यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा रु दुई लाख १० हजार बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
नवलपरासी: बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु २ करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो । हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले ब्याट्री चार्ज भई बिजुली उत्पादन हुँदै आएकामा टर्वाइनमा समस्या भएपछि बन्द भएको तथा अन्य उपकरणका पुर्जा पनि काम नलाग्ने भएका हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । केन्द्रबाट दैंनिक १० किलोवाट उत्पादन हुँदै आएको थियो । “केही वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”, वडाध्यक्ष मगरले भन्नुभयो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले केन्द्रका उपकरण तत्काल मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसमक्ष पटकपटक अनुरोध गरेको तर सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्राविधिक टोली पठाउँछौँ भन्छन् तर आजसम्म कोही आएका छैनन् ।” स्थानीय सरकारको बजेटले मात्र मर्मत गर्न नसकिने भएकाले नसक्ने हुँदा केन्द्र सरकारलाई पनि गुहारिएको तर परिणाम प्राप्त नभएको उहाँले बताउनुभयो । वायु ऊर्जा परियोजना सञ्चालनपछि केही वर्ष स्थानीयले चौबीसै घण्टा विद्युत् प्रयोग गर्न पाएका थिए । धौवादी क्षेत्रमा गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाका रूपमा स्थापित वायु ऊर्जा केन्द्र सञ्चालन हुनुपर्नेमा अध्यक्ष पाण्डेको जोड छ ।
काठमाडौं: संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् ।
काठमाडौं: उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा आज उपनिर्वाचन भएको हो ।
गण्डकी: “मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।” पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ । बागलुुङ बजारबाट उत्तर–पश्चिमतर्फ छ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट अन्नपूर्ण, धवलागिरि, निलगिरि आदि हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । बागलुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोट यहाँका ऐतिहासिक कोट हुन् । नेपालका बाइसे चैबीसे राजाका पालादेखि नै अस्तित्वमा आएका यी कोटको सङ्गमस्थलका रूपमा पञ्चकोटले चासो र चर्चा कमाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७१ फागुन १ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिएको थियो । उक्त महायज्ञका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ९ गते विश्व शान्ति कलशसहितका संरचना निर्माणका लागि सामूहिक रूपमा शिलान्यास गर्नुभएको थियो । त्यसयता यो स्थल यस क्षेत्रकै प्रसिद्ध धामका रूपमा विकास भएको छ । एक दशककै अन्तरालमा यस स्थानमा बनेका सिसैसिसाको महल (सिसमहल), गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका धार्मिक संरचनाका कारण देशका विभिन्न स्थानका धार्मिक पर्यटक आकर्षित बन्दै गएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा निर्मित यस स्थानमा महायज्ञबाट सङ्कलित रकमका साथै विभिन्न दाताको सहयोग एवं सरकारबाट भएको करोडौँको लगानीले यहाँको स्वरुप नै परिवर्तन भएको छ । धवलागिरिलगायतका हिमालसँगै कालाञ्जर पर्वत आदिसँग सिधै आँखा जुुधाउन सकिने यो स्थल समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का कार्यालय सचिव रामबहादुर क्षेत्रीले बताउनुभयो । एक दशककै अन्तरालमा यहाँका अग्लो भिरालो पहाड विशिष्ट धार्मिक गन्तव्यमा परिणत बनेको बताउँदै उहाँले यसले मुक्तिनाथ दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिक पर्यटकलाई यस तीर्थस्थलले जोडिरहेको बताउनुभयो । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुुण्ड, बागलुुङको बागलुुङ कालिका, म्याग्दीको गलेश्वर धामलगायत तीर्थस्थलमा दर्शनका लागि आएका दर्शनार्थीले नछुटाउने गन्तव्यका रुपमा पञ्चकोट पर्ने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ निर्मित पञ्चमहालक्ष्मी मन्दिर, विशाल हनुुमान मूर्ति, शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, गणेश मन्दिर, सिसमहल, पाँच हजार पाँच सय किलोको घण्टा, गरुढारुढ नारायण(गरुड शिला), सिंह गुफा, ध्यान कुुटी आदि महत्वपूर्ण आकर्षणका रुपमा स्थापित बनेको उहाँको भनाइ छ । यहाँको करिब ९० रोपनी क्षेत्रफललाई समेटर धार्मिक धामको रुपमा विकास गर्न खोजिएको छ । दर्शनार्नीको बढ्दो आगमनसँगै यस तीर्थस्थलमा विभिन्न दान सहयोग पनि बढ्ने क्रममा रहेको छ । अघिल्लो वर्ष दानपेटिकामा मात्रै रु १५ लाख ५० हजार दान सहयोग जम्मा भएको थियो भने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको सिस महलको अवलोकनबाट रु २१ लाख ५० हजार सङकलन भएको थियो । त्यस्तै धाम परिसरमा सञ्चालन गरिएको हनुुमान झुलामा रमाउने पर्यटक वापत वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुुने गरेको उहाँको भनाइ छ । मन्दिरमा हाल तीन पुुजारी एवं आठ कर्मचारी छन् । पञ्चकोट धामको सरसफाइ, कर्मचारी व्यवस्थापनलगायतमा मासिक पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको थापाले जानकारी दिनुभयो । एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दै पञ्चकोटमा हालसम्म विभिन्न पूर्वाधार निर्माणमा करिब एक अर्बको हाराहारीमा लगानी भैसकेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनुुभयो । रु ५० करोडको लागतमा १३५ फिट अग्लो विश्व शान्ति कलशलगायतको निर्माणका उद्देश्य राखी पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञसमेत सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट रु १२ करोड दान तथा सहयोग प्राप्त भएकामा करिब चार करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । कलश निर्माणका लागि अघिल्लो वर्ष संघ सरकारबाट २० करोड रुपैयाँ विनियोजन भएपनि पछि उक्त रकम अन्यत्र नै रकमान्तर गरिएको आचार्यले बताउनुभयो । यस वर्ष कलश निर्माणका लागि रु दुुई करोड ८५ लाख विनियोजन भएको उल्लेख गर्दैै उहाँले यस योजनालाई बहुवर्षीयअन्तर्गत राख्नका लागि पहल भैरहेको बताउनुुभयो । विभिन्न १३ तल्ला संरचनामा निर्माण हुुने उक्त कलशको सबैभन्दा माथि विश्वभरका तीर्थस्थलको जल राखिनेछ भने अन्य तल्लामा आवश्यकताअनुुसार विभिन्न देवीदेवताका मूर्ति, चारधामलगायतका तीर्थस्थलहरूको झल्को दिने संरचनाहरू तयार गरिने बताइएको छ । त्यस्तै एक तल्लामा सबै गोत्रीय ऋषिहरूका मूर्तिहरू राखिनेछ । सङ्घअन्तर्गत शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा फूूल प्रसाद राख्ने स्थानका लागि एक करोड रुपैयाँ विनियोजन भएकामा उक्त योजना सञ्चालनका लागि बोलपत्र प्रक्रियामा लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो । कार्यालय प्रमुुख क्षेत्रीका अनुसार यहाँस्थित अतिथि आवासमा सुविधासम्पन्न स्नानकक्षसहितका पाँच वटा कोठा सहित दैनिक १५० जना व्यक्तिलाई राख्न सकिने संरचना रहेको छ । यस धामअन्तर्गत नै एक वर्षयता कन्या गुरुकुल सञ्चालनमा आएको छ । उक्त गुरुकुलमा हाल १७÷१८ जना कन्या अध्ययन गरिरहेका छन् । त्यस्तै यस धामअन्तर्गत नै सञ्चालनमा आएको गौशालामा हाल स्थानीय जातका ६० वटा गाईपालन समेत भैरहेको उहाँले जानकारी दिनुभयो । पञ्चकोटमा सामान्यतः सबै दिनजसो नै दर्शनार्थीहरू आउने गरेको पञ्चनारायण मन्दिरका पुुजारी कुुमार आचार्यले बताउनुुभयो । विभिन्न तिथि, पर्व विशेषका साथै सार्वजनिक विदाका दिनमा ठूलै संख्यामा दर्शनार्थी तथा पर्यटक आउने गरेको उहाँको भनाइ छ । धार्मिक दृष्टिका साथै यहाँको दृश्यावलोकनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेका कारण त्यसले समग्र बागलुुङको पर्यटनमा समेत टेवा पुगेको स्थानीयवासी बताउँछन् । टाढाटाढाबाट आउने गरेका पर्यटकहरू यहाँ निर्मित संरचनाका साथै यहाँबाट देखिने दृश्यावलोकनले मोहित हुने गरेका छन् । पञ्चकोटका बारेमा यस अघि विभिन्न सामाजिक सञ्जालबाट देखेसुनेको बताउनुुहुने तनहुँ ढोरफिर्दीका युवा प्रकाश भट्टराई आफू मङ्सिरको पहिलो साता पारिवारिक भ्रमणका क्रममा पञ्चकोट पुुगेको अनुुभव सुनाउनुभयो । यसअघि सामाजिक सञ्जालमा देखे सुनेको पञ्चकोटमा त्यहाँ पुुगेपछि छुुट्टै किसिमको रमाइलो अनुभूति गरेको उहाँले बताउनुुभयो । “पञ्चकोटको भूबनोटलाई उपयोग गरी बनाइएका संरचना र यहाँ भैरहेको पर्यटकीय विकास हाम्रा देशका धेरै स्थानका लागि प्रेरणाका स्रोत पनि हुन्”, उहाँले भन्नुुभयो, “पोखरा पर्यटनको राजधानी भैसकेको अवस्थामा बृहत पोखराको अवधारणाका साथ समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि पञ्चकोटजस्ता गन्तव्यहरूको प्रवद्र्धनमा राज्यले पनि चासो दिनुु आवश्यक छ ।” कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व बुझाउन गण्डकी सभा कालीगण्डकी सभ्यता र शालिग्रामको महत्वबारे बुुझाउन पञ्चकोटमा प्रत्येक महिनाको पहिलो शनिबार गण्डकी सभा सञ्चालन भैरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुुसार गण्डकी सभाका प्रत्येक संस्करणमा विभिन्न विशिष्ट व्यक्तित्वलाई बोलाएर कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व सम्बन्धमा विशेष छलफल एवम् अन्तरक्रिया गरिएको छ । “हालसम्म ३२औँ संस्कणको गण्डकी सभा सम्पन्न भइसकेको छ”, उहाँले भन्नुुभयो, “आगामी दिनमा कालीगण्डकी सभ्यतासँग जोडिएका नदी किनारस्थित म्याग्दी, पर्वत, स्याङ्जालगायतका स्थानका विभिन्न गन्तव्यमा पुगी सभाका कार्यक्रम सञ्चालन गर्ने हाम्रो दीर्घकालीन सोच छ ।” विश्वमा नै यहाँ मात्रै पाइने शालिग्रामको महत्वसँगै कालीगण्डकीको महिमा र गरिमालाई प्रचार गर्न सकेमा यसैका माध्यमबाट समग्र गण्डकी प्रदेश समृद्ध बन्न सक्ने उहाँले बताउनुभयो । त्रिवेणीदेखि मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म दर्शनका लागि आउने भारतीय पर्यटकका लागि यसको महिमा र गरिमालाई बुुझाउन सकेमा देशको समृद्धिमा महत्वपूर्ण टेवा पुुग्न सक्ने उहाँको भनाइ छ ।