टस हारेसँगै नेपाल ब्याटिङ गर्दै

काठमाडाैं | मंसिर १६, २०८१

टस हारेसँगै नेपाल ब्याटिङ गर्दै

काठमाडौं:    संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
 

युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । 


बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ ।


नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।


प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् । 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ धितालमा दिपावलीको अवसरमा भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।   माछापुच्छ्रे गाउँपालिका ६ बुदुनेखोलास्थित खहरे खेलमैदानमा कात्तिक...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगपालिका–१४ सेती दोभानमा गत सोमबार भेटिएको शवको पहिचान अझै हुन सकेको छैन् ।  पोखरा–१४ सेती दोभानमा गत सोमबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा अन्दाजी ४...

थप पढ्नुहोस्

ढोरपाटन:   बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...

थप पढ्नुहोस्