काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

भक्तपुर:    मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा १ जना पैदलयात्रीको मृत्यु भएको छ ।  अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा रामेछाप दोरम्वा गाउँंपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।       मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारीसाधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो । 

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले काठमाडौँ गुर्खाज सामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।  विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा १ छक्का र १ चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।  विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले छ, इस्मत आलमले ५ र क्रिस सोलले १ रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।  बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले १÷१ विकेट लिए । अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ । 

काठमाडौं:   अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  ।  गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला रू १ लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ  । शुक्रबार प्रतितोला रू १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज रू १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।

बागलुङ:    बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५ हजार कुखुरा पालेर यहाँका १ उद्यमीले मासिक रु १ लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ ।  स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । १२ बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो । “३ हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भन्नुभयो ।  १ करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ ।  फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु १ लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताउनुभयो ।  अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण  मूल्य भने अस्थिर हुने गरेको उहाँले बताउनुभयो । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उहाँको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा हुनुहुन्छ । 

दाङ:    यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् ।  घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु ५ देखि ८ सय र मुढा बनाएर मासिक रु ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।   घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ ।  साथै उक्त  कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।  “उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भन्नुभयो ।  हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । १ सय जना क्षमताको कारागारमा ४ सय १५ जना बन्दी छन् । 

मकवानपुर:     बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएको छ ।  धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ ।   चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”,  भन्नुभएको छ ।

पोखरा:  अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी तिब्र पारिएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक बसेको हो ।   सो अवसरमा बोल्दै महोत्सवका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव सफल बनाउनका लागि वडा नं १० ले वडाबाट योजनामानै समेटेर महोत्सवलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।   त्यसैगरी पोखरा महोत्सवलाई महानगरबाट उपलब्ध हुने सहयोगका लागि आफ्नो तर्फबाटसमेत सक्दो पहलकदमी गर्ने बताए ।   त्यस्तै महोत्सवका सल्लाहकार दिपक थापाले पोखरा महोत्सव स्थल अमरसिंह चोक आसपास सडक निर्माणको काम भइरहेकाले महोत्सव आयोजना गर्दा त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै सल्लाहकार श्यामकृष्ण श्रेष्ठले महोत्सजमा हाँस्य ब्यङ्ग्य कार्यक्रमलाई जोड्न सके दर्शक भित्रयाउन सहयोग पुग्ने धारणा राखे ।   सल्लाहकार प्रेम प्रसाद गौतमले पोखरा महोत्सवको आयोजना गरेर समाज सेवा गर्नु आफैमा महत्वपूर्ण भएकाले पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।   सल्लाहकार तथा समाज कल्याण समितिका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले समाजकल्याण परिषदको तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।    सल्लाहकार अनिल थापाले पोखरा महानगरपालिका वडा नं ६ र आफ्नो व्यक्तिगत तर्फबाटसमेत सहयोग रहने प्रतिबद्धता जनाए ।   सल्लाहकार बलराम ढुंगानाले अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा रहेकाले विभिन्न समस्याहरु उत्पन्न हुने भएकाले त्यस्ता समस्या समाधानका लागि समेत महोत्सव आयोजक तयारी अवस्थामा बस्नुपर्ने बताए । नागरिक अगुवा तथा महोत्सवका सल्लाहकार राम बहादुर पौडेलले महोत्सवको पूर्व सन्ध्यामा आयोजना हुने सरसफाई कार्यक्रमलाई जागरणको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।   यसैगरि युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा १३ औं पोखरा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले सल्लाहकार तथा उपसमिति संयोजकहरुको सल्लाहलाई मनन गर्दै १३ औं संस्करणको पोखरा महोत्सवलाई भव्य बनाउन आफुहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।   उक्त अवसरमा महोत्सव सल्लाहकारहरु तेज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मुलयांकन ब्यवस्थापन उपसमिति संयोजक सुशिलराज पराजुली लगायतले धारणा राखेका थिए ।   युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोज समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य सहित बैठकको एजेन्डा प्रस्तुत गरेका थिए भने, कार्यक्रमको सञ्चालन क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिए ।

कञ्चनपुर:    यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ ।      कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए ।  वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।      उहाँका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ । यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ ।  यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ । 

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रम अन्तर्गत आज सम्पन्न भेलाले किसान परियारको संयोजकत्वमा गोगन मा.वि.भुपु विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको छ ।      मञ्चको सह संयोजकमा रेशम रानाभाट, सचिवमा बिनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी रहनुभएको छ । मञ्चका सदस्यहरूमा किर्तीराज खनाल, अजय घिमिरे, दिपक पौडेल, विश्वर्र्ण बस्नेत हुनुहुन्छ ।      यस अघि कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै विद्यालयको सर्वाङ्गिण विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुुभएको थियो । विद्यालयको समग्र उन्नयनका लागि भुपुु विद्यार्थीहरूसँग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।       किसान परियारको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मोहनराज बरालद्वारा सञ्चालित कार्यक्रममा स्वागत संयोजक हरिश्चन्द्र अधिकारीले गर्नुभएको थियो ।      नवगठित मञ्चका संयोजक परियारले मञ्चको विधान निर्माण गरी तत्कालै सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने र विभिन्न क्षेत्रमा रहेका भुपु विद्यार्थीलाई पहिचान गरी विद्यालय र उनीहरूबीच समन्वय गर्दै अघि बढीने बताउनुभयो ।