रसुवा:   नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...

काठमाडौं:   जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल र जापानका कम्पनीहरूले ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार ‘केयर गिभर’ लैजाने घोषणा गरेका हुन् ।  उक्त अवसरमा जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  स्वास्थ्य सेवाका क्षेत्रमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “यसले जापानमा रोजगारी खोज्नेलाई व्यवस्थित रुपमा पुग्न मदत गर्छ । १८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन् । जापानी भाषाको आधारभूत ज्ञान ‘एन–फोर लेभल’को भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू ‘केयरगिभिङ’मा जान पाउनेछन् ।” भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पिएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “छनोट भएकालाई नेपालमै आवश्यक सूचनाप्रविधि र एआइलगायतका तालिम प्रदान गर्नेछौँ । यसले उक्त क्षेत्रमा काम गर्न चाहनेलाई झन्झटरहित सेवा दिनेछ । तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउने छन् ।” जापानमा ‘केयरगिभर’को काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्नसक्ने उहाँले जानकारी दिनुभयो । नेपालीहरूलाई जापानको रोजगारी मात्र नभएर अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताईएको छ ।

पोखरा:    चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।   पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे । भुसालले गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका पाएकामा सदुपयोग गर्न सकेनन् ।  अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यस वर्ष पहिलो खेलबाट बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।  चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको बताउनुभयो । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो ।  यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाइ स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि गन्नी एफसी र रामघाट एफसी भिड्ने भएका छन् ।   उक्त फाइनल खेल मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका १ स्थित पुुरानो टुंडिेखलमा हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।   अध्यक्ष थापाका अनुसार आज (सोमबार) भएको पहिलो सेमिफाइनल खेलमा गन्नी एफसीले चरी सुशान एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्र्रवेश गरेको हो ।    यस्तै दोस्रो सेमिफाइनल खेलमा रामघाट एफसीले बिग सिटी लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा गन्नी एफसीसँगको भेट पक्का गरेको विनोद गुरुङले बताए ।   उनका अनुसार ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा गत २२ गतेदेखि सुरु भएको प्रतियोगिता भोलि (मंगलबार) सम्पन्न हुनेछ ।    कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।     

काठमाडौं:     बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो । स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।  

पोखरा:   सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ ।  पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको सो समितिले नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजना गत माघ १९ गते शनिबार आयोजित साधारण सभाको अवसरमा खोलिएको थियो ।  समितिमा आवद्ध व्यवसायीहरुको होलसेल पसलबाट सामान खरिदमा निःशुल्क उपहार कुपन वितरण गरिएको थियो । जसमा ६० हजार भन्दा बढीले उपहार कुपन लिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।   सो लक्की ड्रबाट बिजेता बनेकी पोखरा–१६ लामाचौरकी रिना बस्नेतलाई सोमबार स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समितिका अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकार तथा पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारी, सल्लाहकारहरु प्रेम सुवेदी, नरहरी अधिकारीलगायतले उपहार हस्तान्तरण गरेका थिए । कार्यक्रममा लक्की ड्रबाट द्वितीय उपहार बिजेता बनेकी तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेललाईपनि ल्यापटप उपहार हस्तान्तरण गरियो ।   त्यस्तै, तृतीय उपहार बिजेता पोखराका समीर कोइरालालाई मोवाइल हस्तान्तरण गरियो ।   चौथो पुरस्कार बिजेता पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले साईकल उपहार जितेपनि उनलाई मायाको चिनो मात्रै प्रदान गरियो । स्थानिय व्यवसायी वा उनीहरुको परिवारलाई उपहार परेमा उपहार बदर गर्ने नीति यसअघि नै बनेकाले सोहि नीति अनुसार पाण्डेलाई साइकल उपहारको सट्टा मायाको चिनो स्वरुप अध्यक्ष तुलबहादुर थापा र महासचिव विशाल अधिकारीको तर्फबाट मायाको चिनो प्रदान गरिएको हो ।   सो लक्की ड्रमा सान्त्वना उपहार बिजेता बनेका पोखरा सेदीकी सृजना कँडेल, स्याङ्जा पुतलीबजार–११ की पूजा पौडेल र गीता पुनलाई ५÷५ हजार हस्तान्तरण गरियो । अर्की सान्त्वना उपहार बिजेता ज्योतिसा राना मगर भने उपहार ग्रहण कार्यक्रममा सहभागी नभएकाले पछि दिईने महासचिव विशाल अधिकारीले जानकारी दिए ।   उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यापार प्रवद्र्धनका लागि सर्वेश्वर व्यवसायी समितिले गरेको काम सराहनीय भएको बताए । उनले व्यापार प्रवद्र्धनका लागि वडा कार्यालयलेपनि सघाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा समितिसँग सहकार्य गरेर जान आफू तयार रहेको उल्लेख गरे । साथै उनले व्यापार प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको भन्दै त्यसका लागिपनि महानगरले तालिम गरिरहेकाले सकृय रुपमा सहभागिता जनाउन आग्रह गरे ।   सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यापार प्रवद्र्धनका लागि निःशुल्क उपहार योजना सञ्चालन गरिएको बताए । उनले आगामी दिनमापनि व्यापार प्रवद्र्धनका अन्य कार्यक्रमहरुपनि निरन्तर गर्ने बताए । सल्लाहकार प्रेमप्रसाद सुवेदीले निःशुल्क भाग्यशाली उपहार योजनाले व्यापार प्रवद्र्धनमा सघाएको बताए ।    

पोखरा:   सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् ।  क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।  क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् ।  यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि सहयोगस्वरुप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  समारोहमा एकेडेमीका स्पोन्सर हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, एन्फाका सहायक सिइओ विनोद गुरुङ, एन्फा गण्डकी उपाध्यक्ष मिलन गुरुङ, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, क्लबका पूर्व अध्यक्षहरु, मानार्थ सदस्य एवं सल्लाहकारहरुको उपस्थिति थियो ।  यस्तै, ब्रिगेड ब्वाइज क्लबका तर्फबाट धनबहादुर गुरुङ, खेलाडी संघका अध्यक्ष विक्रम लामाको उपस्थिति थियो । कार्यक्रमबारे एकेडेमी संयोजक एवं सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले प्रकाश पारेका थिए ।  सहारा एकेडेमीमा हाल चौथो ब्याजका रुपमा ३० जना बालकहरु आश्रित छन् । उनीहरुले निःशुल्करुपमा शिक्षा, दीक्षा, आवासीय सुविधा सहित फुटबल सिकिरहेका छन् । क्लबले बर्सेनि फुटबल प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्चिंदै आएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

काठमाडौं:    प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।       उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । उहाँले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिनुभयो ।      सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदन १ र २ मा उल्लेखित संशोधनहरू सर्वसम्मत स्वीकृत भएको हो ।       सभामुख घिमिरेले अर्थ समितिको प्रतिवदेनमा क्रम सङ्ख्या १ र २ मा उल्लेखित संशोधन विधेयकको अङ्ग बनेको घोषणा गर्दै विधेयकको २ देखि ४५ सम्म सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ को अङ्ग बनेको जानकारी गराउनुभयो ।        उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो, “प्रस्तावित विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने र यसले चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको छ ।”       सभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजेका लागि तय भएको छ । 

काठमाडौं:  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।      भारतको राजधानी नयाँदिल्लीमा यही माघ २९ देखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।         भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासङ्घको आयोजना हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थ व्यवस्थाको लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ । ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त कार्यक्रम १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागी रहने बताइएको छ । विभिन्न ९० सत्रमा छलफल हुने, पाँच सय वक्ताले धारणा राख्ने र सात सय कम्पनीले प्रदर्शन कक्ष राख्ने जनाइएको छ  ।        मन्त्री खड्काले उक्त कार्यक्रममा ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई वटा मन्त्रिस्तरीय सेसनलाई सम्बोधन गर्नुहुनेछ । मन्त्री खड्कासँगै कार्यक्रममा भाग लिन मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

पोखरा:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ‘बहुुमूल्य धातु वा वस्तुको कारोबार गर्न व्यवसायीहरुसूचक संस्थाहरुको लागि जारी निर्देशन’ का विभिन्न प्रावधानहरुमा सरलीकरण गर्न र जानकारीमूलक एवं भौतिक रुपमा पूरा गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेर मात्रै कार्यान्वयनमा ल्याउन माग गरेको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्य समक्ष सुझाव प्रस्तुत गरेको हो ।   पहिलो पटक २०७७ सालमा निर्देशन जारी हुँदा थोक कारोबारको मात्र प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएको तर हालै त्यसमा संशोधन गरी खुद्रा तहले पनि प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएकाले पूर्व तयारी र गृहकार्यका लागि पर्याप्त हुने गरी समय आवश्यक परेको महासंघले सुझाव दिएको छ ।  नियामक निकायले मात्रै गर्न मिल्ने कतिपय कार्यहरु पनि व्यवसायीलाई जिम्मा दिइएकोले त्यस्ता कार्यहरु नियामक निकायबाट नै गरिनु पर्नेमा महासंघले जोड दिएको छ । प्रतिवेदन प्रस्तुत गर्नु पर्ने कारोबारको सीमालाई रु.१० लाखबाट बढाएर कम्तिमा ५० लाख पुऱ्याउन र एउटै वस्तुको पुनः खरीद, फिर्ता, साटफेर आदि हुने भएकोले विलासिता शुल्कले उपभोक्तामा अनुचित आर्थिक भार पर्न जाने हुँदा उक्त शुल्क हटाउन पनि महासंघले माग गरेको छ । प्रतिनिधिमण्डलमा महासंघको संघीय कार्यसमितिका पदाधिकारीहरु द्वितिय उपाध्यक्ष सुधिर अग्रवाल, तृतीय उपाध्यक्ष प्रेम बहादुर विश्वकर्मा, महासचिव निर बहादुर विश्वकर्मा, सचिव पृथ्वी विश्वकर्मा लगायत अन्य व्यवसायीहरु सम्मेलित थिए ।