सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

पाेखरा | चैत १५, २०८१

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

पोखरा: यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।
    

आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।


जसअनुसार यज्ञमा रु।३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि स्पष्ट पार्नुभयो ।
    

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउनु हुँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो। उहाँले दानको महत्वमाथि प्रकाश पार्नुहुँदै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको प्रशम्सा गर्नुभयो ।
    

समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुहुने सबैप्रति आभार प्रकट गर्नुहुँदै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको औँल्याउनुभयो ।उहाँले सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत प्रकट गर्नुभयो ।
    

वडा सदस्य समेत रहनुभएकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्नुहुँदै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने स्पष्ट पार्नुभयो।
    

कार्यक्रमका बीच महायज्ञमा सहयोग पु¥याउनुहुने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो।
    

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो ।


सराङकोटमा वि।स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।


त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । यही फागुन १४ गते सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।

काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।  गत शुक्रबार हालसम्मकै उच्च अ...

थप पढ्नुहोस्

मुस्ताङ:    बसन्त ऋतुको सुरुवातसँगै घुमफिरको समय पनि सुरु भएको छ । प्रकृति र संस्कृतिमा धनि गण्डकी प्रदेशमा घुम्नलायक ठाउँहरु प्रशस्तै छन् ।   हिमाल पारीको जिल्ला मुस्ताङपनि धार्मिक पर्यटकका...

थप पढ्नुहोस्

पोखरा:  पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ ।   महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ ग...

थप पढ्नुहोस्