काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

काठमाडौं:    शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।  नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।  जसमा जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी,  रूकुम पश्चिममा ३७ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।  यसैबीच जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो ।  साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनुभएको छ । 

काठमाडौं:    जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो ।  साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ ।  यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री  जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनुभएको छ । 

सुर्खेत:   शुक्रबार रातिको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो। उपमेयर सिंहका काका जय सिंहले पनि भूकम्पमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्। नलगाड नगरपालिका–८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

रुकुम पश्चिम — जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ ।   ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए । साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ ।   घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।   जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

काठमाडौं:    मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।  जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायत देशभर नै महसुस भएको छ।  पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिको विवरण आउन बाँकी छ। 

पोखरा:    पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।  पोखरा लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।   

पोखरा:   पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने पोखरा स्वास्थ्य महाशाखाले जनाएको छ ।  आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष दशैका कारण केही पछि धकेलिएको हो । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बाल भिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ बहु सूक्ष्म पोषण तत्त्वले बनेको बाल भिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बाल भिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।  यस कार्यक्रममा पोखरा महानगरपालिका भित्रका करिब ३५ हजार बालबालिकाहरूलाई भिटामिन ए र ३० हजार बढी बालबालिकाहरूलाई जुकाको औषधी खुवाइने महाशाखाका जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनका लागि महानगरका ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र केही स्वयंसेवक गरी ६६५ जना परिचालन गरिएको छ ।  बालबालिकाहरू सुनौलो भविष्य सुनिश्चितताका लागि उनीहरूको स्वास्थ्य सुरक्षा प्रमुख विषय हुने भएकाले यस कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । बालबालिकामा पोषण अभावका कारण हुन सक्ने कुपोषण न्यूनीकरणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाइएको प्रमुख आचार्यले बताउनुभयो ।  “पोखरा महानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरू, वडा कार्यालयहरू र तोकिएका निश्चित स्थानहरूमा गएर आफ्ना बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनु हुन म सबै नगर बासीहरूमा विनम्र अनुरोध गर्दछु, प्रमुख आचार्यले भन्नुभयो, बालबालिकाहरूको स्वास्थ्य रक्षा नै सुनौलो भविष्य निर्माणको प्रारम्भिक आधार हो ।” कुपोषणमुक्त महानगर निर्माणका लागि बालबालिकाको स्वास्थ्य प्रति गम्भीर बन्न उहाँले आग्रह समेत गर्नुभयो ।

काठमाडौं:    नेपाल सरकारले विभिन्न समयमा भएका नेपाली क्रिकेट टोलीले जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष विश्वकप एसिया क्षेत्र छनोटको उपाधि, एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी विश्वकप लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो । सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिएका छन् । घिसिङले शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका स्थान बनाउने नेपाली टोलीलाई बधाइ दिएका छन् ।

पोखरा:     पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् ।   कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनले उल्लेख गरे । “बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो ।”, उनले भने । खत्रीले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने विषयलाई समेत सुझाएका छन् । बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड दिइएको उनले बताए । निशुल्क स्वास्थ्य बिमा कार्डको नविकरणबाट नेपाल सरकारको ढुकुटीमा एक अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको उनले जनाए । नागरिकलाई स्वास्थ्य सुरक्षा दिन सरकार प्रतिबद्ध भएर लागिरहेको भनाई उनको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी गराए । उनले यसअघि पनि वडाले स्वास्थ्य क्षेत्रका गतिविधि गर्दै आएको उल्लेख गरे । “वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने लक्ष्य छ । हाम्रो कार्यकाल सम्म निशुल्क स्वास्थ्य बिमाको कार्यन्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ । पैसाको अभावमा उपचार नपाएर अब कोहि पनि मर्नुपर्ने अवस्था आउने छैन ।”, उनले भने । वडा सँधै नागरिकको साथमा रहेको अभिव्यक्ति उनको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्ड मार्फत सेवा पाउने वडाले जनाएको छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुका लागि स्वास्थ्य उपचार कठिन हुने भएकाले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरणको अवधारणा ल्याएको हो । स्वास्थ्य क्षेत्रमा वडाले गरेका काम प्रशंसनिय रहेको स्थानीय भनाई छ । स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ । यस अलवा वडामा भिटामिन “ए” र जुकाको औषधि समेत खुवाइदै छ । शुक्रबार (आज) देखि शनिबार (भोली) सम्म चल्ने उक्त कार्यक्रममा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै गरेको वडाले जानकारी गराएको छ ।