पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र...

पोखरा:    निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।          कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।          कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।           कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको जानकारी गराउनुभयो ।       कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो । मानवसेवा आश्रममा भोजनका लागि सहयोग           कर्मचारी मिलन केन्द्र कास्कीले निजामती सेवा दिवस २०८१ कै अवसरमा आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनका लागि सहयोग गरेको छ ।           केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रु २६ हजार नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गर्नुभयो ।      कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताउनुुभयो । पर्यटन राजधानी पोखरालाई सडक मानवमुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उहाँले बताउनुभयो ।      केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिको भोजनका लागि सहयोग गरिएको बताउँदै समाजिक एवं मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थामा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राख्नुभयो । 

पोखरा:   पोखरा महानगरपालिका–११ स्थित मेडिपल्स हस्पिटल पछाडि कार पार्किक गर्ने क्रममा सेती नदीको खोँचमा खसेको छ ।  आज साँझ हस्पिटलको पछाडि ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कारसँगं खोँचमा खसेका पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने कार चालक ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय सितल आचार्यको सकुशल उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।  कार पार्किङ स्थलबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् ।  यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल प्यानलले विज्ञप्ती नै निकाली आपत्ति जनाएको छ ।  खासगरी पोखरेल प्यानलका ५ पदाधिकारी सहित ८ जना निर्विरोध भएपछी कार्की र प्रधानाङ्गले आफ्नै टीमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरि प्रचार गरेको प्रति पोखरेल समुहले आपत्ती जनाएको हो ।  टीमलाई भाड्न खोजिएको पोखरेल समुहको तर्क छ । विज्ञप्तीमा निर्विरोध भएका पदाधिकारीहरु उत्तममान बुद्दाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष , वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।    ूप्रजातान्त्रिक अभ्यास अनुसार चुनावी प्रक्रियालाई आत्मसात् गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ । हामीलाई निर्बिरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समुहका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।ू,  विज्ञप्तीमा भनिएको छ ।   अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टीमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदिप प्रधानाङ्गले सामाजिक संजाल फेसबुकमा हाम्रो टीमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौं भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।  निर्विरोध भएका ५ पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक संजालमा भ्रम फैलाउने प्रयत्न भईरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् । अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफुहरु निर्विरोध भए पनि टीम प्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।  

पोखरा:    युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि लोक बहादुर थापालाई अध्यक्ष पदमा  सर्वसम्मत चयन गरेको हो ।  क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित भएका छन ।  युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए । यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको बताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने बताए ।  युनाइटेड क्लबमा आवद्ध युवाहरुले एकीकृत भइ सामाजिक काम गरेकै कारण क्लब १५ औं साधारण सभा सम्म आइपुुगेको समेत बताए ।  पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एक अर्काबीच पर्यायबाची शब्द रहेको वताउदै युनाइटेड क्लव पोखरामा स्थापना भएतापनि नेपाल भर सामाजिक काम मार्फत आफुलाई अब्बल बनाउन सफल भएको बताए । विगतमा पनि युनाइटेड क्लब संग सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य गरेरै आफुहरु अगाडी वढ्ने उनको भनाइ रहेको थियो । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा बिकास भइरहेको बताउदै त्यस तर्फ सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गराए ।  क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्नीय काम गर्दै आइरहेको भएतापनि क्लबले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजनालाई अगाडी विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने बताए ।  युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबमा आवद्ध सम्पुर्ण एकजुट भएर अगाडी वढेकै कारण आज सम्म सफलता पाइरहेको वताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो ।  सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कास्की:   पोखरामा वरिष्ठ संस्कृतिकर्मी चलचित्रक निर्देशक निर्माता, गीतकार, संगितकार तथा तमु संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादक स्व. लोकबहादुर गुरुङको दशौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।   लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले उनको सम्झनामा आज (बुधबार) लोक सर स्मृतिग्रन्थको विमोचन र शिक्षण पेशामा क्रियाशिल एक शिक्षकलाई सम्मान गर्दै स्व. लोकबहादुर गुरुङको स्मृति दिवस मनाएको हो ।   कार्यक्रमका प्रमुख अथितिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले उक्त स्मृतिग्रन्थको विमोचन र लमजुङको सिङ्दीस्थित हिमालय माविका शिक्षक युवराज गुरुङलाई नगद रु ५१ हजार, दोसल्ला, फेटा तथा सम्मानपत्र अर्पण गरिन् ।   सो अवसरमा बोल्दै प्रदेश सांसद गुरुङले स्वर्गीय लोकबहादुर गुरुङ बहुआयामिक व्यक्तित्व भएको स्मरण गरिन् ।   गुरुङको असामयीक निधनले परिवारलाई मात्रै नभई सिंगो तमु समुदाय र देशलाई नै अपुरणीय क्षति भएको धारणा राखिन् । लोकबहादुर उनको आफ्नो पनि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै सांसद गुरुङले उनको मार्गनिर्देशनलाई सधै शिरोपर गर्ने बताइन् ।   यस्तै सम्मानित व्यक्तित्व युवराज गुरुङले विगत २ दशकदेखि शिक्षण पेशालाई कर्मक्षेत्र बनाउदै आएको स्मरण गर्दै यसको पछाडि स्व. लोकबहादुरको देन रहेको बताए ।     ‘लोक सरकै प्रेरणाकै कारण आज म यो स्थानमा छु । उहाँ हेडसर भएकै कारण मैले उहाँको आचरणलाई अनुसरण गरेको थिए, उनले भने, ‘म आज जुन ठाउँमा छु त्यो उहाँकै कारणले छु ।’ उनले आफुले पाएको सम्मानले शिक्षण क्षेत्रमा थप काम गर्न हौसला मिलेको बताए ।   यस्तै प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) ले स्वर्गीय लोकबहादुरको गुणलाई शब्दले बयान गर्न नसकिने बताए ।   उनले गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न स्व. लोकबहादुर गुरुङको योगदान महत्वपूर्ण रहेको बताउदै बिर्सन नहुने बताए ।   ‘हाम्रो समुदायको लोक संस्कृतिलाई जगेर्ना र  उजागर गर्न उहाँको ठुलो योगदान छ । त्यसैले उहाँ एउटा समयले जन्माएको पात्र हुनुहुन्थयो । उहाँको देनलाई हामीले कहिल्यै बिर्सनु हुदैन,’ गुरुङले भने  ।    उनले प्रतिष्ठानको कोषमा हाल ४७ लाखभन्दा बढी रकम रहेकोसमेत जानकारी दिएका थिए ।   वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुरको विगत १० वर्ष अघि निधन भएको थियो ।    प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य गौरी तमुले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रोशनी गुरुङले गरेकी थिइन् ।

पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा माछापुच्छ्रे चौतारी आमा समूह प्रथम भएको छ ।   मंगलबार सम्पन्न प्रतियोगितामा वडाका २२ आमा समूहलाई पछि पार्दै माछापुच्छ्रे चौतारी आमा समूह प्रथम बनेको हो ।   प्रथम भएसँगै सो समूहले नगद रु २० हजार प्राप्त गर्याे ।   यस्तै चेतना कृषि आमा समूह दोस्रो बन्दै नगद रु १३ हजार ४ सय हात पार्याे । भने, जन जागृति आमा समूह तेस्रो स्थान हासिल गर्दै ९ हजार ४ सयको साथमा प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष तोरण बाँनियाले जानकारी दिए ।    उनका अनुसार स्यानिमजुवा आमा समूह, स्यानिपाटन आमा समूह र कोलपाटन आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरूले चार–चार हजार नगद र प्रमाणपत्र हात पारे भने, उत्कृष्ट नृत्यमा दुई जनाले तीन – तीन हजार प्राप्त गरे ।   निर्णायकहरूमा वडा नं १५ निवासी लोकप्रिय गायिका माया गुरुङ, सिता केसी, सिता देवी दुरा, बुद्धिमान दुरा (धम्पु) रहेका थिए । प्रतियोगिताको सञ्चालन गायक रामजी पौड्यालले गरेका थिए ।   सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह चन्दले गरिन् ।    उनले समाजमा व्याप्त विभेद विरुद्ध महिलाहरू नै अगाडि सर्नुपर्ने भन्दै महिलाहरूले पनि विभेद नगरी आफू र आफ्नो समाजलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।          

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मैत्रीपूर्ण खेलमा सहयोग गर्ने मुख्य प्रयोजक, संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गरेको छ ।    फोनिज गण्डकीले रजत जयन्ती मनाउने क्रममा गत साउन २४ गते पत्रकारहरुबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता राखेको थियो । सो प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्नेहरुलाई खेल उपसमितिको बैठकले आभार प्रकट गरेको हो ।   प्रायोजक, विशेष सहयोगीलगायत अन्य व्याक्तिहरुबाट नैतिक, भौतिक र आर्थिक सहयोगले कार्यक्रम सफल भएको उपसमितिका संयोजक अर्जुन गाहा ‘सुशान्त’ मगरले बताए । सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सहयोगी संस्थाहरुसँग दोहोरो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।    कार्यक्रममा एमपिजी सोलुसनले मुख्य प्रायोजकका रुपमा सहयोग गरेको थियो ।   पोखरा–१५ नयाँ गाउँमा रहेको सोलुसनले दृष्टिकोण, रणनीति, रचनात्मकतामा आधारित रहेर डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेको छ ।    डिजिटल क्षेत्रमा कुशल अनि विशेषज्ञताका साथ आधुनिक प्रचार वृद्धिमा काम गरिरहेको संस्थाको मुख्य प्रायोजनले कार्यक्रम सफल भएको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए ।   ‘हामीलाई कार्यक्रम गर्नका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता थियो । त्यही बेला एमपिजी सोलुसनले हृदय खोलेर सहयोग गर्नुभयो । यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनप्रसाद गुरुङलाई विशेष धन्यवाद्,’ उनले भने, ‘डिजिटल क्षेत्रमा काम गरिरहेको संस्थासँग एकोहोरो मात्र नभएर दोहोरो सहयोग रहन्छ । संस्थाले गरेका कामको प्रचार गर्नु हाम्रो पनि दायित्व हुन आउँछ ।’   प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीले मुख्य सहयोगीका रुपमा साथ दिएको थियो ।     परिषद्ले ट्रफि, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम र प्राविधिक सहयोग गरेको थियो ।   यस्तै कार्यक्रम सफल बनाउन पोखरा उद्योग वाणिज्य संघ, क्लब सिक्स्टिन, युनाइटेड क्लब पोखरा, कञ्चन डिपार्टमेन्टल स्टोर्स, प्रोमिनेन्ट एजुकेशन कन्सल्टेन्सी, प्याडल नेपाल, पोखरा फुडल्याण्ड, लामा अमृत फाउण्डेशन घान्द्रुक, मोनालिसा पुजा पसल, गुरुङ ग्राफिक्सले आर्थिक सहयोग गरेको थियो । भने, मञ्चका लागि पटवा टेन्ट हाउसले सहयोग गरेको थियो । 

पोखरा:  पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ ।  आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।  सोमबार कोटी होम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताए ।  पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमि हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए ।  कोटी होम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिनेगरि आफुहरुले कोटी होमको आयोजना गर्न लागेको उनले बताए ।  कोटी होम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागि हुन सक्ने उनले बताए ।  ‘हामीले कोटी होमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं न त दबाबनै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागि हुन सक्नुहुन्छ’ उनले भने, ‘ढुंगे साघु लुकेको तिर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन् तिनीहरुको पहिचान गराउनु हाम्रो उदेश्य हो ।’ उनका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै कोटी होमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्ध–वृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।  रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जिवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको बताए ।  सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होमको आयोजन ागर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए ।  अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने कोसिसको थलानी गरेको बताए ।  उनले कोटी होममा आइ पुण्यको काम गर्न समेत अनुरोध गरे । उक्त कोटी होममा प्रमुख बाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहेका छन् ।     

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।   लावण्य इन्टरनेसनल काठमाडौँका प्रबन्धक निर्देक मनोज पण्डितको प्रमुख आतिथ्यतामा तथा गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख हरि खनालको आतिथ्यतामा  कार्यक्रम सम्पन्न गरिएको हो ।   कार्यक्रममा बोल्दै उहाँले विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने बताउनुभयो ।   साथै लावण्य र सि.पि.एस.को बारेमा पनि प्रष्ट्याउनु भएको थियो ।   कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए ।   विद्यालयकी सि.पि.एस. प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गर्नुभएको थियो ।   विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।