पोखरा:   नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुन...

पोखरा:     कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।   ‘अनेकतामा एकता, स्याङ्जालीको विशेषता’ भन्ने नारासहित २०७६ सालदेखि क्रियाशिल समाजले दर खाने तथा पुर्नमिलन कार्यक्रमको सम्पन्न गरेको हो ।   उक्त कार्यक्रम तमु धिं नेपालमा आयोजना गरिएको सहसंयोजक राजन पाण्डेले जानकारी दिए ।   उनका अनुसार सो समाजमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी घर भई हाल पोखरामा रही विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरु समाजमा आबद्ध छन् ।   कार्यक्रम संयोजक टिका बहादुर झेडीले एकताको सुत्रमा गोलबन्द हुने लक्ष्यसहित सुरु भएको सो समाजले आफ्ना सदस्यहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताए ।   ‘हामीले यसरी नेपालीहरुको पर्वलाई विशेष कार्यक्रम गरी मनाउँदै आएका छौ, उनले भने, ‘यसले हामीलाई एकताको सुत्रमा बाँध्न सघाउ पुर्याएको छ ।’   नारीहरुको विशेष पर्व तीजलाई विशेष बनाउनका लागि समाजमा आवद्ध चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरिएको झेडीले बताए ।    समाजका अध्यक्ष जीवलाल न्यौपानकोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो ।   कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाज सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहेको छ ।    

पोखरा:  नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम सर्वस्म्मत चयन हुनुभएको छ  ।   संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।   संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल चयन हुनुभयो ।   यसैगरी सदस्यहरुमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भीमसेन क्षेत्रीले जानकारी दिनुभयो ।   यसैगरी गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर थापा(कास्की)लाई अध्यक्षमा चयन गरेको छ । नवगठित संघको प्रदेश समितिको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री(बाग्लुङ),महासचिव देवेन्द्र चोखाल(म्याग्दी) र कोषाध्यक्ष गुरुप्रसाद धमला(कास्की) चयन हुनुभयो ।   यसैगरी सदस्यहरुमा अवतार शर्मा(म्याग्दी),कुमार श्रेष्ठ(गोरखा), सुवोध गौचन(मुस्ताङ), हरिप्रसाद भुसाल(पर्वत), सन्दीप पौडेल(पर्वत) चयन हुनुभयो । प्रदेश समितिको विशेष सल्लाहाकारमा श्यामनन्द शर्मा र सुशील कुमार वाग्ले शर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।   यसअघि अधिवेशन तथा भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष टंकराज बरालले निर्माण व्यवसायी र अपरेटहरुको सम्बन्ध नङ र मासुको जत्तिको रहेको चर्चा गर्नुभयो ।   अपरेटरहरुका समस्या समाधानका लागि संघ प्रतिवद्ध रहेको बरालले बताउनुभयो । “निर्माण व्यवसायी र अपरेट फरक हुन् भन्ने सोच्नु आवश्यक छैन । व्यवसायी र अपरेटर सँगै हिँड्ने छौँ ।” बरालले भन्नुभयो ।   नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले अपरेटहरुले व्यवसायीबाट पाउनुपर्ने पारिश्रमिक लगायतका समस्या भए संघमा जानकारी गराउन आग्रह गर्दै संघले २४ घण्टाभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष एवं भेलाका संयोजक सुशील वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव भीम केसी, अटोवेज प्रालिका प्रेमराज पौडेल, कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमाल, अपरेटर संघ स्याङ्जाका अध्यक्ष म्याग्दी अध्यक्ष देवेन्द्र चोखाल, बाग्लुङका अध्यक्ष गणेश श्रेष्ठ, संघ कास्कीका सचिव किशोरप्रसाद गौतम, संघका सदस्य एवं कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका पूर्वउपाध्यक्ष एवं संघ कास्कीका सदस्य उमानाथ आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।   साधारणसभाका अवसरमा संघलाई सहयोग गर्ने सहयोगदाता तथा आजीवन सदस्यहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । 

पोखरा:   नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा बल बहादुर रोकामगर सर्वसम्मत चयन भएका छन् ।   शनिबार भएको २० औं जिल्ला अधिवेसनबाट रोका मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।   सो समितिको उपाध्यक्षमा कवितामा घर्तिमगर, सचिवमा दिपाल थापा मगर, सहसचिवमा प्रमिला थापा मगर र कोषाध्यक्षमा इन्द्रा थापा मगर निर्विरोध चयन भए ।   यस्तै सदस्यहरुमा करण पुन मगर, जीत बहादुर राना मगर, मिलन रोका मगर, मनोज खासु मगर, अस्मिता बुढाथोकी मगर, विजय बरम मगर, गुँरास राना मगर, कृपा थापा मगर, विना पुन मगर, सृजना घर्ति मगर, लक्ष्मी थापा मगर, सविना सोती मगर, दिपिका पुन मगर, चन्द्र बहादुर रोका मगर र तविना सेरपुन्जा मगर चुनिए ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए ।  परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी गणेश योग केन्द्रले उत्कृष्ठ नृत्य, सिर्जनशिल महिला समूहले समय व्यवस्थापन र रामकृष्ण टोल मिसा पुचले उत्कृष्ठ भेषभूषामा पुरस्कार प्राप्त गरे । उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने, समय व्यवस्थापन गर्ने र उत्कृष्ठ भेषभूषा पुरस्कार प्रापत गर्ने समूहले उनीहरुले ३÷३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका हुन् । प्रतियोगितामा विभिन्न १३ समूहले प्रतिस्पर्धा गरेका थिए भने, सहभागी समूहलाई २÷२ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको थियो । उनीहरु सबैलाई वडाध्यक्ष देवकृष्ण पराजुलीसहित वडाका जनप्रतिनिधिले नगदसहित प्रमाण पत्र प्रदान गरेका हुन् ।  यस अगाडि प्रतियोगिताको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले सबै जातजातिको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रसंशा गरे ।  प्रतियोगिताको उद्घाटन सत्रमा वडामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरु सहायक चौथो मेनुका पौडेल र सहायक पाँचौं मनमायाँ रानालाई सम्मान गरिएको थियो ।  त्यसैगरी लाखे नाँच प्रतियोगितामा दोस्रो र सान्त्वना हुन सफल समूहलाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई महानगरका प्रमुख धनराज आचार्य, वडाध्यक्ष पराजुली र उपस्थित जनप्रतिनिधिले खादा, प्रमाण पत्र र नगदसहित सम्मान गरेका हुन् ।  प्रतियोगिताको आयोजक पोखरा ४ का वडाध्यक्ष पराजुलीले विकास आवशयकताको आधारमा हुने भन्दै संस्कृति संरक्षणमा वडा नम्बर ४ लागि परेको बताए ।  गण्डकी प्रदेशसभाकी पूर्व सांसद प्रभा कोइरालाले हेर्न र सुन्न पनि नसकिने गीतले संस्कृति संरक्षण गर्छन भन्न नसकिने बताइन् । उनले तीजको भावना र मर्म अनुरुपका गीत गाउनुपर्नेमा जोड दिइन् ।  उद्घाटन सत्रमा वडा नम्बर २ का वडाध्यक्ष एवं महानगरमा कांग्रेस दलका नेता दिवशमान प्रधानांग, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोला, नविन मावि व्यवस्थापन समितिका अध्यक्ष शिरोज कोइराला, वडा सदस्य पार्वती माकाजु लगायतले शुभकामना थिए ।  पोखरा ४ गणेश गुठी परिसरमा भएको प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरु कृष्ण सुवेदी, सुनिता नेपाली र दुर्गा कोइराला लगायतको बेजोड प्रस्तुति समेत रहेको थियो । 

पोखरा:    गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ ।  पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भए ।  द्वितीय भएको म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय भएको तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे । प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे ।  सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५/५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरे ।  प्रतियोगिताको लागि जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो । 

पोखरा:     पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।   यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु एक लाख,  ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।  पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको हो । यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियागिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए । त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए ।  विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे ।  महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत सङ्गीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए । 

पोखरा ४, सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।    सो साधारणसभामा संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेस गरे ।   यस्तै, कोषाध्यक्ष घननाथ सापकोटा र लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज अधिकारीले क्रमश: कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेस गरे ।    सो अवसरमा उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।   उनका अनुसार उत्कृष्ट कारोबारीतर्फ राजकुमार श्रेष्ठ, बुद्धिमाया कार्की, टीकाराम कामी, पार्वती सिग्देल मर्सानी, सचिन अधिकारी, प्रवीण खेतान, कल्याणप्रसाद मल्ल, रेशम थापामगर, समीता अधिकारी, यज्ञ खत्री छन् ।   कर्मचारीतर्फ बजार प्रतिनिधि अनीशा पौडेललाई सम्मान गरिएको थियो ।    सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा पूर्व अध्यक्ष श्यामप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद पोखरेल, चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने, सम्मानित व्यक्तित्वतर्फबाट राजकुमार श्रेष्ठ, शेयर सदस्यतर्फबाट सीमा कोइराला, सूर्य लम्सालले मन्तव्य व्यक्त गरे ।    सहकारी अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत र सदस्य सुलोचना देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गरे ।    संस्थाका सचिव सञ्जय पौडेलले संचालन गरेका थिए ।  

पोखरा:   ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोल्मा सञ्चालित  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीजको अवसरमा पूर्व प्राथमिक तहदेखि मा.वि. तहसम्म बाल गीत तथा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।    पूर्व प्रा.वि.तर्फबाट दुई समूहमा विभाजन गरी मूल्यांकन गरिएकोमा कक्षा नर्सरी र एल.के.जी.मा कक्षा एल.के.जी. प्रथम र कक्षा यू.के.जी. ‘क’ र ‘ख’ र कक्षा १ को मूल्यांकनमा कक्षा १ ले प्रथम स्थान प्राप्त गरेका थिए ।    आधारभूत जुनियरमा कक्षा २ देखि ५ तर्फबाट कक्षा ५ मा अध्ययनरत छात्राहरुद्वय आकृति पाण्डे र अदिती तिमिल्सिना प्रथम, कक्षा ३ का छात्रछात्राहरु मौ भौमिक,सइशा तामाङ, काव्या बि.क., अनुस्का अधिकारी, एस्टल गुरुङ र सौगात हमालको समूह द्वितीय, कक्षा ३ कै छात्रा सुजिता बाल्कोटी तृतीय र कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा २ की छात्रा बिपासा मल्ललेसान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।    कक्षा ६ देखि १० तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्राहरु प्रशंसा कार्की,आयुष्का पाइजा, अंशु भुजेल, आरोसी देवकोटा, आशिका देवकोटा र प्रशंसा सुनारको समूह प्रथम, कक्षा १० मा अध्ययनरत छात्राहरु सुजिता सुनार, लुनिभा कपाली र साइना बुद्धाचार्यको समूह द्वितीय र कक्षा १० मा अध्ययनरत छात्रा अनिता बि.कले तृतीय स्थान प्राप्त गरेका थिए ।    विजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै प्राचार्य कृष्णकुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुका शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने कुरा बताउनुभएको थियो ।   प्राचार्य श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा एम.बि.बि.एस. अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी यस विद्यालयकी पूर्व छात्रा कृषा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।    यस कार्यक्रमको निर्णायक मण्डलमा स्कुलकी नृत्य शिक्षिका रन्जु बयलकोटी र कविता गुरुङ रहनुभएको थियो । भने कार्यक्रम सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।  दुई बर्षे कार्यकाल रहेको समुहको उपाध्यक्षमा मिना द्धारे खाँण, सचिवमा सिर्जना खनाल, सहसचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष निरमाया के.सी र सदस्यहरुमा ज्योती कार्की, लक्ष्मी सापकोटा गिरी,टिका देवी पौडेल, सुवेदी, विमला सुनार, राधा कार्की, मिठु द्धारे खाँण, सन्तोषी गुरुङ रहनु भएको छ ।  पोखरा १७ का वडाअध्यक्ष राधिका शाहीले अधिवेशनको उद्घाटन गर्दै समाजको समग्र विकास निर्माणमा  आमा समुहले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । टोल छिमेक्म्ँ देखिएका विकृती तथा विसंगतिको अन्त्यका लागि आमाहरु संगठित भएर लाग्नु पर्नेमा उहाँको जोड थियो । म्युजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले विभिन्न संघसस्थाको नेतृत्वले आफु नभई समाज केन्द्रीत हुनु पर्नेमा जोड दिंदै आमा समुहहरु क्षमता अभिवृद्धि गर्दै आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो । आमा समुहमा आवद्ध परिवारका जेष्ठ नागरिक एवम् दश जोड दुई उत्तिर्ण विद्यार्थीलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको कार्यक्रममा समुहका सदस्यले सामुहिक दर खानुका साथै तीज पर्वको आवरमा शुभकामना आदान प्रदान गरेका थिए । समुहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व अध्यक्ष हिरा अधिकारी, हिमालय बोर्डिङ स्कूलका प्रिन्सिपल डा. टेकनारायण पौडेल, समाजसेवी लिलाबहादुर जिसी, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, पूर्व सहसचिव विष्णुबहादुर द्धारे खाँण, घारिपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेल, सम्मानित विद्यार्थी सम्पन्न श्रेष्ठ, लगायतले आमा समुहको महत्व माथि प्रकाश गर्नुभएको थियो ।  समुहका कोषाध्यक्ष गंगा कुँवरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा  समुहका उपाध्यक्ष अन्जु गुरुङ, सचिव मिना द्धारे खाँण, सहसचिव सिर्जना खनालले समुहले नेतृत्व विकास र बुटिक जुत्ता बनाउने तालिम लगायत विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो । २०५३ सालमा स्थापना भएको आमा समुहले रातोपैह्रास्थित संग्रहालयचोक वहुदेश्यीय भवनका साथै उपल्लो रातोपैरामा शक्तिदेवी मन्दिर निर्माण गर्नुका साथै म्यूजियम मार्गमा चार आना जग्गा समेत खरिद गरेको छ ।