पोखरा:   नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुन...

 पोखरा:    राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ ।      प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् ।      प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह विजयी भएका छन् ।      प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाद्यबादन र उत्कृष्ट भेषभुुषा बापत पाँच÷पाँच हजार रुपैयाँ र उत्कृष्ट स्वर बापत तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए भने अप्रतियोगी रुपमा विभिन्न जातजातिका पाँच्वटा प्रस्तुति गरिएको थियो ।      प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पूर्व गृह मन्त्री खगराज अधिकारीले हाम्रा मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुुपर्नेमा जोड दिनुुभयो ।    राधाकृष्ण मन्दिर परिसर नजिकै भैरहेको महानगरको फोहोर विसर्जन प्रति लक्षित गर्दै उहाँले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताउनुुभयो । राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रम मात्र नभै अनुसन्धानको केन्द्र बनाउनुुपर्नेमा उहाँले जोड दिनुुभयो ।       गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुुर खड्का विखर्चीले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुुपर्नेमा जोड दिनुुभयो ।      नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुुरुकुलसँगै यस क्षेत्र प्रदुषित भईरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुुग्नुु जरुरी रहेको बताउनुुभयो । यस क्षेत्रका सबै प्रभावितलाई तत्कालै निशुल्क स्वास्थ्य बिमामा समेट्न उहाँले आग्रह गर्नुुभयो ।      समूहका अध्यक्ष सञ्जयराज ढकालको अध्यक्षता एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका पराजुली, गगन नेवा खलका सचिव शरणकुमार प्रधान लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा समूहमा विशिष्ट योगदान पुु¥याएको भन्दै छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो ।      

पोखरा:    मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् ।  प्रतिस्पर्धीहरुलाई डा. नितिका रन्जित र डा. जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा.लिका प्रबन्ध निर्देशक विरेन रानाले स्वस्थ रहने उपाय र सल्लाह सहित ग्रान्ड फिनालेको लागि अग्रिम शुभकामना व्यक्त गरे ।  हरेक वर्ष आयोजना हुँदै आएको यस वर्षको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गरेको छ ।   एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ ।  सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका हुन् ।  अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् ।  प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुसँगै व्यक्तित्व तथा नेतृत्व विकास लगायतको तालिम तथा प्रशिक्षण भइरहेको छ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ । 

पोखरा:    श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।  श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले  विभिन्न संघ संस्थाहरुले आयोजना गरेको रक्तदान कार्यक्रमबाट रक्तसञ्चार केन्द्र पोखरामा कहिलेपनि रगतको अभाव नभएको बताए ।  विभिन्न विपत्तिका समयमा समेत रक्तसञ्चार केन्द्रमा रगतको अभाव नरहेको वताउदै उनले हरेक स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिने र पछिल्लो समय गण्डकी प्रदेश सरकारको सहयोगमा रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत प्रदान गरिरहेको उनको भनाइ रहेको थियो । त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समितिमा गत साउन १० देखी आयोजना भएको श्रीकृष्णवीतक एवं श्रीकृष्ण कथा प्रवचनका प्रमुख बाचक तुलसीस्वरुप महाराजले स्वास्थ्यनै धन भएकाले मानिसले स्वस्थ रहनका लागी समेत रक्तदान गर्न आवश्यक रहेको वताए । स्वस्थ मानिसले रक्तदान गरी रगत अभावमा परेका विरामीको उद्धार हुने भएकाले रक्तदान सेवा समेत रहेको उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक कार्यक्रममात्र नभइ विभिन्न सामाजिक कार्यक्रमहरु समेत हुदै आएको बताउदै आफुहरुले स्वास्थ्य शिविर, आँखा शिविर रक्तदान कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै आइरहेको र सोही अनुरुप श्रीकृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको अध्यक्ष तोयानाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, समितिका निवर्तमान सदस्य देवी प्रसाद खतिवडा, श्रीकृष्ण प्रणामी सेवा समिति कास्की जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली लगाएतले शुभकामना मन्तब्य राखेका थिएभने कार्यक्रमम पोखरा महानगरपालिका वडा नं ७ का निवर्तमान सदस्य दिनवन्धु पौडेल लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने जनाउँदै यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिनुभएको छ ।   यस्तै, सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।   ‘गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ ।   पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सदियौँदेखि मनार्इँदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ ।’   यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उहाँको भनाई छ ।

पोखरामा आगामी साता हुने इन्टर स्कुल ब्याण्ड कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् ।   पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला इन्टर स्कुल ब्याण्ड कम्पिटिसनमा १९ स्कुल छनौट भएका हुन् ।   धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।   धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,उनले भने,‘तर हाम्रो जुरी कमिटीले १९ स्कुललाई मात्र अन्तिम प्रतिष्पर्धामा सहभागिताका लागि छनौट गरेको छ ।’   विद्यालय स्तरका कक्षा १२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल छनौट भएका छन् ।   त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धाका लागि छनौट भएको अध्यक्ष गुरुङले जानकारी दिए ।   ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता आउँदो शुक्रबार शुरु हुँदैछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।   संघका अनुसार भदौ १४ गते शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन् ।   पू​र्वाह्न ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धी स्कुलका व्याण्डहरुले पहिलो दिन गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्नेछ ।   उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् ।   फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए ।   सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।   संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले जानकारी दिए ।   प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ ।   प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।   संघका सचिव भाष्करध्वज श्रेष्ठले  ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।   प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।   त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

पोखरा:    पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।      प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले राससलाई जानकारी दिनुुभयो । प्रदूषणका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उहाँको भनाइ छ ।      ल्यान्डफिल साइट नजिकै भएकाले दिनानुदिन प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेका राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले बताउनुभयो । मन्दिरअघिको साँघुरो बाटोबाट फोहर ल्याएका सवारीसाधन जाने आउने गर्दा ज्येष्ठ नागरिक एवम् विद्यार्थीलाई हिँड्डुुल गर्न समस्या परिरहेको उहाँले उल्लेख गर्नुभयो ।       बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहरलाई व्यवस्थित रुपमा माटोले पुर्ने काम थालिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुुभयो । फोहर व्यवस्थापनको काम भइरहे पनि गर्मी र बर्सातको समय भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।    

  पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ ।   भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए ।   जोय ग्रुप द्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो ।   यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ । जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो ।   जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुल स्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।   नयाँ आउटलेटमा आकर्षक अफरहरु सहित एप्पल कम्पनीका उत्पादनहरु बिक्रि वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रिका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ । नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरिहरुलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।

तनहुँ:       व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ ।   पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।   गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।   एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ ।   मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छभने कोषले रु ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।   मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् ।   यहॉ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ ।   छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ ।   यो मन्दिर दमौली बजारबाट सात किलोमिटर ढाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

गण्डकी:   सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।   परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।   घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुुर कार्कीले बताउनुुभयो ।   “घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उहाँले भन्नुुभयो, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।”   वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उहाँले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिनुुभयो ।