चन्दा आतंक बन्द गरौंं: कास्की प्रहरी प्रमुख ओलिया

पाेखरा | पुस ९, २०८१

चन्दा आतंक बन्द गरौंं: कास्की प्रहरी प्रमुख ओलिया

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने बताएका छन । 


मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पि ओलियाले जिल्लामा चन्दा आतंक रोेक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । 


उनले राज्यलाई नियमपुर्वक कर तिरिरहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि बताए ।


एस पि ओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने वताउँदै व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको बताएका थिए ।


उनले चन्दा आतंक बाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्धा, अनलाई स्क्याम, सवारी दुर्घटना हुने क्रम वढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको वताउँदै यसमा व्यवसायीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.लाई पनि स्वागत गरिएको थियो । उक्त अवसरमा  लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखी संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागी आग्रह गरेका थिए ।


यसै गरि संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सु–व्यवस्था राम्रो हुँदै गएको र यहि पुस १८ गतेदेखी आयोजना हुने २०औं लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाईदिन आग्रह गरेका थिए ।


संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।       
 

पोखरा:   जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...

थप पढ्नुहोस्

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्