पोखरा महानगरको हर्कत: डाक्टर पढ्न जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई १० लाख छात्रवृत्ति
पाेखरा | पुस ८, २०८१
पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिइने सम्बन्धि सूचना जारी गरेपछि चौतर्फी विरोध भएको छ ।
महानगरपालिकाले यसअघि सहिदका सन्तालाई एमबिबिएस पढाउन हरेक विद्यार्थीलाई हरेक वर्ष १० लाख विनियोजन गर्दै आएको थियो ।
उक्त रकम जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहालका छोरालाई उपलब्ध भएको थियो । सोही क्रममा उक्त रकम मणिपालको खाताला गएको देखेपनि महालेखाले बेरुजु देखाएको थियो ।
त्यसपछि कार्यविधि संशोधन गर्दा सहिदका छोराछोरीसँगै जनप्रतिनिधि र कर्मचारीका सन्तानले पाउने व्यवस्था थपेको थियो ।
सोही व्यवस्थालाई टेकेर महानगरको छात्रवृत्ति समितिको २ पुसको बैठकले कर्मचारी र जनप्रतिनिधिका एमबिबिएस पढ्ने छोराछोरीको विवरण पेस गर्न सूचना निकाल्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ४ पुसमा सूचना निकालेको थियो ।
अहिले उक्त कार्यको विरोध हुन सुरु भएको छ ।
के भन्छन्, जनप्रतिनिधि ?
‘शिक्षा र अवसर सबैका लागि समान हुनुपर्छ । डाक्टर पढ्ने सुविधा केवल जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको छोरा–छोरीको लागि सीमित गरिएको छ भने, यसले समानताको सिद्धान्तको ठाडो उल्लङ्घन गर्न सक्छ ।, पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘यस किसिमको नीतिले समाजमा असमानता र अन्यायको भावना सिर्जना गर्न सक्छ जसले महानगरपालिकाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ ।’
उनले समानताको सिद्धान्तको उल्लंघन गर्न नहुने भन्दै भनेका छन्, ‘यदि यस्तो नीति जारी रहन्छ भने, जनतामा अविश्वास र असन्तोष फैलिन सक्छ, जसले शासकीय निकायसँगको सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ । यस्ता निर्णयहरूले समाजमा विभाजनको वातावरण सिर्जना गर्न सक्छ ।
तसर्थ, यस निर्णयलाई पुन: विचार गरी, सबैका लागि समान अवसर सुनिश्चित गर्ने नीति लागू गर्न आवश्यक छ । यसले समाजमा विश्वास र समर्पणको वातावरण सिर्जना गर्नेछ र शिक्षा प्रणालीमा समावेशीपन र न्यायको सिद्धान्तलाई प्रोत्साहन दिनेछ ।
समान अवसर र न्यायको आधारमा बनाइएका नीतिहरूले केवल सरकारको छवि सुधार गर्छ तर, सबै नागरिकका लागि समृद्धि र समान अवसरको सुनिश्चितता पनि गर्दछ ।’
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

