पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् । यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् । अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने राम्रो समूहका साथ पोउवासंघको नेतृत्व गर्न चाहन्छन् । तेस्रो पुस्ता देखि पहिलो पुस्तालाई सँगै लिएर हिँडेका पोखरेलको जित्ने आधार भनेकै टीम हो । उनी आफैले पनि संगठन एक्लै नचल्ने र समूहको आवश्यकता पर्ने बताउँदै आएका छन् । अर्जुन सँगै चुनावी मैदानमा प्यानलबाट उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला, र सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), दुधमान (आशिष) गुरुङ, प्रेम प्रसाद सुवेदी, देवेन्द्र प्रजु, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापा भिड्दैछन् । यसपालीको उद्योग वाणिज्य संघको नेतृत्वका लागि पोखरेल समूह बलियो देखिन्छ । साना, मझौला र ठूला व्यवसायी सबैको पीरमर्कालाई बुझेर आएको समूह भएकाले पनि पोखरेल समूहको पल्लाभारी राम्रो छ । व्यवसायीको घरघरमा पुगेर उनीहरुको समस्यालाई सुनेर सम्बोधन गर्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएको टीमले काम गर्नेमा आशावादी छन् व्यवसायी । पोखरेल भन्छन्, “हाम्रो टीमले जित्ने आधार भनेकै व्यवसायी हुन् । घरदैलोका क्रममा सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सुन्ने अवसर मिल्यो । धेरै समस्या छन् जसको समाधान गर्न पहलकदमी गर्नुछ । अहिले हाम्रो टीम व्यसायीको समस्यालाई सम्बोधन गर्ने गरी नै आएको हो । आशा छ सबैको साथ मिल्नेछ ।”
पोखरा: पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्राउन आवश्यक रहेको धारणा राखे । पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेश िर विदेशी च्याम्बरहरुसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरि लगानीको वातावरण तयार गछौ’ उनले भने, ‘अहिले युवा विदेशिने वाध्यतालाई पनि न्युनिरण गर्न आवश्यक छ । युुवा लक्षित कार्यक्रमहरु आजका आवश्यकता हुन् ।’ पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ । कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठुलो फड्को मार्नेमा आफु आशावादी रहेको बताए । संघको उपाध्यक्षसम्म अमुल्य मतले विजयी गराउने सम्पुर्ण उद्योग व्यवसायी तथा व्यापारिहरुले अब एक पटक आफुलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनैपनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय कार्कीलाई समर्थन गर्नेको लर्को चलिरहेको छ । गुट–उपगुट नसमाइ स्वतन्त्र रुपमा उठेकाले आफुहरुले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पोखरा: ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाले आफुलाई लागेको प्रश्न वा जिज्ञासा मुख्यमन्त्रीलाई प्रत्यक्ष रुपमा राख्न सक्नेछन् । कार्यक्रममा प्रदेशभरबाट करिब एक सय बालबालिका सहभागी हुने शर्माले बताइन् । मन्त्रालयले यसअघि पनि उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।
पोखरा: गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर मात्रै होइन निर्यात उन्मुख हुनुपर्छ । अब हामी ठूला ठूला कुरा मात्रै होइन, परिणाममुखी कार्य गर्दै अघि बढ्नुपर्छ । परिणाम नै आजको आवश्यकता हो ।’ वुमन चेम्बर अफ कमर्समा संगठित महिलाहरुलाई विविध कार्यक्रमहरुसँग जोड्दै थप सशक्त रुपमा अघि बढाउन उनले सुझाइन् । कास्कीसँगै प्रदेशभरका महिलाहरुलाई कृषि उत्पादनमा जोडिन आग्रह गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरिन् । ‘यो संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई थप सशक्तताका साथ अघि बढ्न आग्रह गर्दछु । कुनै एक क्षेत्रमा मात्रै होइन, अब विविध क्षेत्रमा महिलाहरुको सहभागिता रहनुपर्छ । यसका लागि मेरो पूर्ण रुपमा साथ सहयोग रहन्छ,’उनले भनिन् । सो अवसरमा वुमन चेम्बर अफ कमर्स कास्कीका उत्कृष्ट सदस्य र स्मारिका प्रकाशनमा सहयोग गर्ने दाताहरुलाई मन्त्री श्रेष्ठले सम्मान समेत गरेकी थिइन् । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी, वुमन चेम्बर्स अफ कमर्स कास्कीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी र सदस्यसहित महाधिवेशनको तयारीमा छन् । यसैबीच प्रस्तुत छ, ३५ औं महाधिवेशनको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलसँग चुनावसँगै समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा नेतृत्वका लागि अध्यक्षको उम्मेदवार हुनुहुन्छ, तपाईको प्यानलमा रहेका ५ जना पदाधिकारी निर्विरोध हुँदा उपमहासचिव र तपाई घेराबन्दीमा परेको होकी, वातावरण सहज बन्दै गएको हो ? वातावरण सहज बन्दै गएको हो, नेतृत्वको पहिलो कार्यकुशलता भनेको आफ्ना टिममा रहेका साथीहरुलाई सेफ ल्याण्डिङ गराउने पनि हो । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा होमिइरहँदा यो अलि ठुलो र गर्विलो संस्था हा । त्यहाँ धेरै चाहिँ कम्पोनेनहरुलाई हेर्नुपर्ने हुन्छ, त्यो गर्दा एउटा टिमको आवश्यकता पर्दछ । विगतमा पनि टिम नै बनेर निर्वाचनमा हामी होमिएका थियौं । लामो समय पनि पोखरा उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरेको र निर्वाचनमा होमिएको हुनाले टिम चाँहि आवश्यक पर्छ र टिमका साथीहरुलाई सेफ ल्याण्डिङ गराएर आफु बलियो हुनुपर्छ भन्ने मेरो मान्यता हो । आफ्नो टिममा भएको साथीहरुलाई अरु प्रतिस्पर्धीहरुले निर्विरोध त बनाउँदैनन् । त्यो चाहिँ ग्लोबली इलिक्सनमा त्यस्तो हुँदैन । तपाईसँगै अध्यक्ष पदमा गोकर्ण कार्कीको पनि उम्मेदवारी परेको छ, उहाँको टिममा रहेका साथीहरुलाई घेराबन्दीमा पारेर आफ्नो टिममा ल्याउनु भयो नि, तपाईको टिममा आएपछि काउन्टर इस्टाट्रिजी भए जस्तो लाग्दैन ? म ३४ औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने मेरो बाध्यता थियो । त्यो बेला म एक्लै चुनाव लडे यो हिसाबले मसँग टिम त थियो तर त्यो बेला कमजोर थियो । त्यसैले म पराजित भए, त्यो बेलामा मेरो चुनाव लड्नुपर्ने परिस्थिति थियो । अब यहाँ के भास्य बनाइएको छ भने, उहाँको टिममा हुनुहुन्छ भन्ने जुन खालका कुरा साथीहरुले कुरा गर्नुभएको छ । त्यो रियालिटीमा होइन, चुनावमा (इस्टाट्रिजी) रणनीति हुन्छ । २ वर्ष अगाडि ति साथीहरु जुन अहिले मेरो पदाधिकारी कार्यसमितिका साथीहरु थिए सबै मसँग काम गरेका थिए । २ वर्ष मात्र म बाहिरिएको हुँ । त्यो भन्दा अगाडि मेरो इतिहास हेर्नुभयो भने, मेरो प्रतिस्पर्धी बन्नुभएको प्राय एक्लै एक्लै चुनाव लडेर आउनु भएको हो । त्यसैले गर्दा के हो भने, पहिरो उथलपुथल भन्ने कुरा केही पनि छैन । नेतृत्व भनेको सबैलाई समन्वय गर्ने हो, मेरो एउटा एजेण्डा छ, समन्वय गर्ने, प्राइभेट सेक्टरको एड्भोकेसी गर्ने भन्ने नै छ । त्यसैले गर्दा चुनावमा कमजोर बनाउन शंकाहरु फाल्ने हो, मैले स्पष्ट रुपमा भन्नुपर्छ २ वर्ष अगाडि बाहिरी सकेका थिए तर मैले संस्थाको हितको लागि राम्रै काम गरेको छु । पोखरा उद्योग वाणिज्य संघको इतिहास हेर्ने हो भने अध्यक्षमा पराजित जो कोही पलायन भएको देख्छौं, तपाई चाँहि के कति कारण वा परिस्थितिले आउने वातावरण बन्यो ? मैले पनि संघमा यत्रो वर्ष काम गरे यहाँको नेतृत्वमा पुगेन भने मेरो दुःख त्यो एफोर्ड, एफेसेन्सी सबै खेर जाने भयो । बाहिरी सकेपछि कार्यक्रमहरुमा सबैसँग समन्वय गर्न गाह्रो हुन्छ । म साधारण सदस्यमा भए । निवर्तमान उपाध्यक्ष भएको कारण उपस्थित हुने बाहेक अरु भूमिका रहने भएन, तर जुन पदाधिकारी भएका साथीहरु छन् सबै २ वर्ष अगाडि मसँगै भएका साथीहरु हुन् । उहाँहरुसँग मेरो सम्बन्ध थियो कुराहरु गरिराखेको थिए, बिचमा उहाँको उता पनि एटेचमेन्ट भयो जोसँगै काम गर्नु भएको छ उता पनि जोडिनुभयो । त्यहाँ पनि एक खालको समिकरण बन्न सक्ने सम्भावना रहन्छ, एक चोटि टिम कमजोर भएर हारिसकेको मान्छेले फेरी पनि त्यो खालको नियती भोग्ने पक्षमा थिइन । त्यसैले गर्दा ति साथीहरुलाई आउँदिन भन्ने होइन । मैले सुक्ष्म रुपमा हेरी राखेको थिए । साथीहरुसँग कुरा गरिराखेको थिए । उही दिन सेकेण्डमा यो टिम बनेको होइन । बिस्तारै सबैसँग कुराहरु गर्दै जसले पनि संस्थापन भन्ने चलन छ, उहाँहरु मिलेर गएको भए मेरो नियति त २ वर्ष बाहिर भएको मान्छे को त्यही हुन्थ्यो, एकचोटी घाइते भइसकेपछि विना तयारी हामी जतिको युवा त्यसरी चाँहि अगाडि बढिदैन भन्ने हो, यी साथीहरु मसँग थिए । दुई वर्ष अगाडि र १० वर्षदेखि सँगै हुनुहुन्छ । मैले कसैको चोरेको ल्याएको पनि होइन । ३४ औं महाधिवेशनमा पनि व्यवसायी उद्योगीहरुले मलाई राम्रो मत दिनुभएको थियो । पोखरा उद्योग वाणिज्य संघले पोखरामा केही गरिदिए हुन्थ्यो भन्ने छ त्यसैले पोखराका व्यवसायीहरुले विवेक प्रयोग गरेर नै मतदान गर्नुहुन्छ भन्ने लागेको छ । पोखराको शैक्षिकदेखि पूर्वाधार विकासमा संघको योगदान महत्वपूर्ण छ, पछिल्लो समय अन्य संस्थाहरु चलायनमान हुन सकेको छैन, यसो हेर्दा पोखरा उद्योग वाािणज्य संघको अध्यक्ष भन्ने जुन थियो पछिल्लो समय त्यो छैन यस्तो अवस्थामा तपाईलाई संघको अध्यक्षको मोह नै किन ? संघको जुन छवि छ त्यो छवि मैले फिर्ता लिन छ । हामीले भुइँ टाइपको एजेण्डा लिएका छौं । पोखरा अन्तर्राष्ट्रिय शहर भइसक्यो । तथापि हामीले गर्नुपर्ने समन्वय हो । संघ संस्था छन् खुल्छन् । पोखरा उद्योग वाणिज्य संघ व्यवसायसँगसँगै सामाजिक काममा महत्वपूर्ण भुमिका भएको संस्था हो । हरेक चिजको अध्ययनसँगै आफैले हेर्ने मौका पनि पाए । पोखराको विकासको कुरा हेर्दा एयरपोर्टदेखि लिएर विश्वविद्यालय बनाउन हामीले समन्वय गर्ने, निर्णायक कतै पनि होइनौ, छलफलको केन्द्रबिन्दु चाँहि पोखरा उद्योग वाणिज्य संघ रहेछ । यहाँ छलफल भएर निस्केपछि बल्ल बाहिर जाने रहेछ । चाहे त्यो पिएन क्याम्पस, फेवाताल होस् सबै पक्षमा यस संस्थाको योगदान छ, त्यसैले नै यस संस्थाको गरिमा रहेको हो । यस संस्थाको छविलाई कसरी माथि उठाउनुहुन्छ ? सबैसँग समन्वय गर्दै लिडरसीपको क्षमता म राख्छु । मेरो टिमको चाँहि साथीहरु हुनुहुन्छ, अरु साथीहरु पनि हुनुहुन्छ सबैको सल्लाह सुझावहरु लिनुपर्छ र बीचमा उद्योग वाणिज्य संघमा साथीहरुको ग्याप भयो भन्ने कुरा छ, बीचमा चार पाँच वटा व्यवसायीक रुपमा रहेका पर्यटन, कृषि, सबै क्षेत्रलाई समेटेर सेकेण्ड लेयरको कमिटी बनाएर अगाडि बढियो भने, सबैलाई समेट्न सकिन्छ उहाँहरुले हामीलाई गाइड गरेजस्तो पनि हुन्छ समन्वय पनि भएर जान्छ । बजारमा सटर बन्द हुँदैछन्, व्यवसायीहरुको प्रश्न छ, संघमा बसेर तपाई उहाँहरुको पक्षमा के गर्नुहुन्छ ? एप्रोचसहितको एड्भोकेसी गर्ने हो, हामी निर्णायक होइनौं । जति पनि गर्न पर्ने होलान तीन तहका सरकार छन् । करदेखि लिएर प्रशासनसम्मका कुराहरु होलान् । तिनीहरुसँग एप्रोचसहितको एड्भोकेसी गर्ने हो । सुरुवात हामी गर्ने हो । म उद्योग वाणिज्य संघमा लामो समय बसे । अठ्यारो पर्दा हामीले के गथ्यौ भने त्यहाँ, महासंघले कहिले बोल्ला भनेर पर्खेर बस्ने, मैले के भन्थे भने, महासचिव भैसकेको मान्छे, त्यस्तो होइन सुरुवात हामीले गर्नुपर्छ । सरकारको प्रतिपक्ष नीजि क्षेत्रपनि हो । सरकारको आलोचना त नीजि क्षेत्रले पनि गर्नुपर्छ । हामीले सुझाव त दिनुप¥यो, त्यो सुझावलाई तीन तहका सरकारले आलोचनाको रुपमा ग्रहण गर्ने कि नगर्ने, हामीले आवाज एकदमै बुलन्द गर्छौ । व्यवसायीका समस्याहरुलाई समाधानतर्फ लैजान्छौं, केही कामहरु म महासचिव हुँदा पनि गरेका छौं, संस्थाको इथिक्समा रहेर काम गरिरहेका छौं । पोखरा उद्योग वाणिज्य संघमा पूर्व अध्यक्षहरुको पनि चिन्ता छ । संस्था चलायन हुन सकेन, गलत भाष्य निर्माण हुँदै गयो भनेर चिन्तामा हुनुहुन्छ । त्यो चिन्तालाई आशामा बदल्न हामी टिमसहित आएका छौं काम गरेर देखाउँछौं । कुरा गरिरहँदा तपाईले पूर्व अध्यक्षहरुको आर्शिवाद मलाई छ भन्ने आशय राख्नुभयो तपाईलाई नै पूर्वअध्यक्षहरुले समर्थन छ त ? मलाई पूर्वअध्यक्षहरुको आर्शिवाद होइन चिन्ता छ । चुनावमा प्रतिस्पर्धा गरिरहँदा शंका उपशंका उब्जा गर्ने कुराहरु रहन्छ । म बाहिरी सकेको मान्छे आएको हुनाले बिना तयारी आएको छैन । व्यवसायीहरुको विना आग्रह टिममा भएका साथीहरुको विना सपोत र अग्रजहरुको विना सद्भाव आएको छैन भन्ने त आम व्यवसायीहरुले बुझ्नुभएको छ । तपाईहरुको प्रतिवद्धता हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहलकदमी गर्छौ भन्नुभएको छ सरकारले सकेको छैन तपाईहरुले कसरी सक्नुहुन्छ ? अन्तर्राष्ट्रिय विमानस्थल कसलाई चाहिएको हो, हामी प्राइभेट सेक्टरलाई चाँहिएको हो । राजनीतिक दलहरुले एड्भोकेसी गरेर हुँदैन, प्राइभेट सेक्टरले चाह्यो भने सरकारको पनि घुँडा टेकाउन सक्ने हैसियत राख्नुपर्छ । सबै व्यवसायीहरु मिलेर अगाडि बढ्न सके विमानस्थल चलाउन सकिन्छ । सबै छातासंगठनलाई एकजुट बनाएर अगाडि बढ्न सके मात्र विमानस्थल सञ्चालन गर्न सकिन्छ । पोखरा उद्योग वाणिज्य संघमा छिमेकी र पूर्व अध्यक्षहरु र राजनीतिक दलहरुको पनि गन्ध आयो भन्ने व्यवसायीहरुको प्रश्न छ नी ? म कास्कीको मट्टिखानमा जन्मेर सानो व्यवसायबाट नै यहाँसम्म आएको हो । कसै कतैबाट परिचालित भएको छैन । चुनाव भएकाले बाहिरी गन्ध आउनु स्वभाविक हो । रे को पछाडि नलागौं, यसले पोखरालाई कमजोर बनाउँछ । यसले पोखरालाई अझ पछाडि धकेल्छ । जति पनि प्रश्न जिज्ञासा आएका छन् सम्पूर्ण पोखरेलीहरुलाई एकजुट बनाएर त्यसलाई चिर्न सक्नुपर्छ । अन्तमा पोखरा उद्योग वाणिज्य संघमा सबैलाई गोलबन्द गराउन सके पोखराको विकासमा थप इटा थप्न सकिन्छ । मेला महोत्सवलाई परिवर्तन गर्नुपर्छ, सबै क्षेत्रका व्यवसायीहरुलाई एकजुट गराएर अगाडि बढ्नु आजको आवश्यकता हो । यही भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानललाई भोट गरी विजयी गराइदिनुहुन् पनि अनुरोध गर्दछु ।
पोखरा: विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । १११ औं विपी जयन्तीको अवसरमा पारी आयोजित एक समारोहका बीच नेपाली काँग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले उहाँहरूलाई सम्मान गर्नुभएको हो । उहाँहरूलाई जनही २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो । सम्मानित हुनेमा दुर्गादत्त पौडेल(नवलपुर ), तीलबहादुुर गुरुङ(गोरखा), सानुमाया गुरुङ(लम्जुङ), बुद्धकुमार बतास(तनहुँ), राज घले(मनाङ), भोजराज भण्डारी(कास्की), वेदप्रकाश पनेरु(स्याङ्जा), रुद्रलाल उपाध्याय(पर्वत), गोविन्द कंडेल(बाग्लुङ), भैरवबहादुर हुमेल(म्याग्दी) र कृष्णप्रसाद बरुवाल(मुस्ताङ) रहनुभएको छ । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री कोइरालाले विपीको चिन्तलाई आत्मसात गर्न सकेमा काँग्रेस कहिल्यै पनि कमजोर बन्न नपर्ने बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली काँग्रेसले विपीमा आदर्शलाई झुल्न नहुनेमा जोड दिनुभयो । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विपीले तत्कालीन समयमा अघि सार्नुुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण काँग्रेस कमजोर बनेको बताउनुुभयो । स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा काँग्रेस कसैसँग पनि झुक्नु पर्ने र सधैं जनताको विश्वास जितिरहने उहाँको भनाइ छ । कार्यक्रमका सभापति एवम् विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोल(मधु)ले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आइएको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्लेले विपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाली काँग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबुश्रेष्ठ एवम् सम्मानित व्यक्तिहरूले विपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । पुस्तकालयका सचिव सूर्य क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो । पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लागेको हो । नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक (सबु( ले लेखेकी हुनु भने गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो । नाटक शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । ‘यो नाटक यहि समाजमा बसेर यहि समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यहि समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो ।’ पाठकको भनाई छ । निर्देशक गोविन्द पराजुली भन्छन्, ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको महत्वलाइ दर्साउछ ।’ अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ । असोज ५ गतेसम्म चल्ने नाटकमा जय चापागाईंले संगीत दिएका छन् । पद्माप्रेम थिएटरको प्रस्तुतीमा यस अघि नाटक धनिरामको गोरु मञ्चन भएको थियो । जसलाई दर्शकले अध्यधिक रुचाएका थिए भने व्यवसायिक रुपमा पनि सफल भएको थिएटरले जनाएको छ ।
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो । घाचोकको सिरानखेत र तल्लाखेतमा गरी तीन सय १६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ । स–साना खेतका गरालाई मिसाएर ठूलो क्षेत्रफलमा सामूहिक खेती थालेपछि कृषि क्षेत्रमा घाचोक नमूना बन्दै गएको भूमे सिर्जनशील कृषक समूहका सचिव भुवनेश्वर पोखरेलले बताउनुभयो । उहाँका अनुसार चक्लाबन्दीमा कसरी काम भइरहेको छ भनेर देशका विभिन्न भागबाट जनप्रतिनिधि, राजनीतिक दलका नेता, इञ्जिनियर, कृषि प्राविधिक, कृषक तथा सरोकार भएका निकायका प्रतिनिधि अध्ययन, अवलोकनका लागि आउने गरेका छन् । “हामीले स–साना कित्तामा विभाजित जग्गालाई चक्लाबन्दी गरेर सामूहिक खेती गरेका छौँ । यहाँको चक्लाबन्दी अवलोकन र अध्ययन गर्न देशभरबाट विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व आउने गर्नुभएको छ”, सचिव पोखरेलले भन्नुभयो, “हाम्रो ठाउँ अहिले देशमा कृषि क्षेत्रमा नमूना बन्दै गएकामा खुशी छौँ ।” सचिव पोखरेलले चक्लाबन्दीपछि खेती गर्न लागत कम हुनाका साथै उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । “चक्लाबन्दीका फाइदा धेरै छन् । खेती लगाउन सजिलो भएको छ भने उब्जाउ समेत बढेको छ । सिँचाइमा पनि सहज भएको छ”, उहाँले भन्नुभयो । “चक्लाबन्दी गरिएको जमिनमा खेती लगाउनेदेखि थन्काउनेसम्मको सबै जिम्मेवारी कृषक समूहको छ । आफैँ काम गर्ने कृषकले समूहबाट ज्याला पाउने गर्दछन् । काम गर्न नभ्याउनेले लागत बोर्होनुपर्ने गरी नियम बनाइएको छ । यसबाट खेतीमा समय दिन नसक्नेलाई सजिलो भएको छ”, कृषक समूहका सचिव पोखरेलले बताउनुभयो । प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषिको आधूनिकीरकण तथा यान्त्रीकरणका माध्यमबाट ठूलो क्षेत्रफलमा व्यावसायिक खेतीका लागि जमीन चक्लाबन्दी कार्यक्रम ल्याएपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् । सुरुमा कृषकको जमिन एकीकरण गरेर समथर बनाउनका लागि कृषि मन्त्रालयले अनुदान दिने गरेको छ । सरकारले चक्लाबन्दी गर्न ४० देखि एक सय रोपनीसम्मका लागि बढीमा रु १० लाख अनुदान, एक सय एकदेखि दुई सय रोपनीलाई रु २० लाख, दुई सय एकदेखि तीन सय रोपनीसम्म रु ३० लाख र तीन सय रोपनीमाथि प्रतिरोपनी रु १० हजारका दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।
पोखरा: गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा मंगलबार भएको संघको प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश गुरुङ निर्वाचित भएका छन् ।