राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु

पाेखरा | मंसिर ८, २०८१

राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु

पोखरा:    पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ ।

राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको  सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । 


प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको जस अन्तर्गत हीरक महोत्सव नजिकिदै गर्दा अन्तर विद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता आयोजना गरेर विद्यालय हरु बीच आपसी भाइचारा अभिवृद्धि गर्ने काम भएको बताए । खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक संग संगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।


खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङले प्रतियोगितामा छात्र तर्फ २६ टिम छात्र र १३ टिम छात्राहरुको सहभागिता रहेको बताए । प्रतियोगितामा छात्र÷छात्रा भलिबल दुवै तर्फ प्रथम हुनेले नगद ५० हजार, पदक र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, पदक र प्रमाणपत्र, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक तेज बहादुर गुरुङले जानकारी दिए । 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।    प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

थप पढ्नुहोस्