पोखरा महोत्सवको सह प्रायोजकमा बन्दीपुर केबुलकार

महोत्सवमा आउनेलाई केबुलकारमा बिशेष छुट

पाेखरा | पुस ४, २०८१

पोखरा महोत्सवको सह प्रायोजकमा बन्दीपुर केबुलकार

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ दिने भएको हो ।


महोत्सव आयोजक युनाईटेड क्लब पोखराका पदाधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड बीच पोखरा महोत्सव सफल बनाउन सहकार्य गर्ने गरी सहमति भएको छ । 


सम्झौता पत्रमा हस्ताक्षर गर्दै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका भाइस प्रेसिडेन्ट किरण पोखरेलले पर्यटकीय गन्तब्य बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा अग्रणी पोखराको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गरी सामाजिक रुपमा जोडिन पाउदा खुसी लागेको बताए ।


महोत्सवमा सहकार्य मात्र नभइ ब्यवसायीक प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउदै पोखरेलले पोखरा महोत्सवमा आउने दर्शकले टिकटको आधारमा बन्दीपुर केबुलकारमा विशेष छुट पाउने समेत बताए । 


पोखरेलका अनुसार पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबुलकार चढ्न जाने कुनैपनि ब्यक्तिले बन्दीपुर केबुलकारमा २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभईन रेष्टुरेण्टमा १५ प्रतिशत छुट पाउनेछन ।


बन्दीपुर केबुलकारको टिकट प्रति ब्यक्ति पाँच सय रहेको र उक्त रकममा २५ प्रतिशत छुट हुनुका साथै स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट दिने पोखरेलले बताउदै आगामी दिनमा समेत युनाईटेड क्लब संग सहकार्य गर्दै पोखरा महोत्सवको प्रायोजकलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।


उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा वोल्दै क्लबका अध्यक्ष लोक बहादुर थापाले जनस्तरबाट निर्माण सम्पन्न भइ सञ्चालनमा आएको बन्दीपुर केबुलकार लिमिटेड संग सहकार्य गरी अगाडी वढ्न पाउदा खुसी ब्यक्त गरे । 


उक्त अवसरमा बन्दीपुर केबुलकार कम्पनीको होल्डिङ कम्पनी आरकेडी ग्रुपका प्रमोटर तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पञ्चासे केबुलकारका प्रेसिडेन्ट चिन्तामणी शर्मा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो ।


महोत्सवको मिति नजिकिदै गर्दा महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको र अन्य तयारीहरु समेत तीब्र रुपमा अगाडी वढिरहेको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

थप पढ्नुहोस्

काठमाडौंः:  नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।  एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...

थप पढ्नुहोस्

पर्सा:   सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।   जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

थप पढ्नुहोस्