कास्कीमा सपथ ग्रहण: १८ जना पत्रकारलाई सदस्यताका लागि सिफारिस गर्ने पहिलो निर्णय
पाेखरा | पुस ७, २०८१
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका छन् ।
निवार्चन समितिका संयोजक पुण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाएका हुन् ।
सो कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने धारणा राखे ।
उनले राजनीतिक अस्थिरताले नीतिगत स्थायित्व नहुने उल्लेख गर्दै सरकारका कुनै पनि अंगले राम्रो तवरले काम गर्न नसक्ने टिप्पणी गरे ।
मन्त्री गुरुङले आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासंग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांगे्रस कास्कीका सभापति किशोर दत्त बराल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवम गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी,
महासंघ कास्कीका सल्लाहकार राजेन्द्र अधिकारी, नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष माधाव बराल लगायतले बोलेका थिए ।
मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा माधव बराल, उपाध्यक्षमा माधव रेग्मी, उपाध्यक्ष (महिला) कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिवमा मधु अधिकारी, सहसचिव (समावेशी) धनबहादुर गुरुङ (सुमन), कोषाध्यक्षमा राजाराम पौडेल निर्वाचित भएका थिए ।
यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, , राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निवाचित भएका थिए ।
पदस्थापनपछि निर्वाचित कार्यसमितिले पहिलो बैठकबाट निवार्चन मण्डलसहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन तथा यसअघि महासंघको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई सदस्यताका लागि पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।
धरान: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुनेभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आ...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउ...
पाल्पा: इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँद...