पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
पोखरा: ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ । लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ साल देखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए । चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्व सहसचिव पत्रकार विजय नेपाल आदर्श समाज दैनिकका कार्यकारी सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता हुन् । पाल्पा रिब्दीगाउँपालिका ७, मैनादीका उनी झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाएर निरन्तर पत्रकारितामा क्रियाशील छन् । हिमालप्रेसमा समेत आबद्ध विजय विशेषगरी फिल्म तथा रंग पत्रकारितामा रुची राख्छन् । सामाजिक विषयवस्तुमा समेत उनको कलम चल्छ । यस्तै २०४५ साल देखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा महानगरपालिका वडा नं। १० का स्थायी बासिन्दा हुन् । उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो । नेपालका नाम चलेका कलाकारहरु भूवन केसी, गौरी मल्ल, निर शाह, दिलिप रायमाझी, कृष्टि मैनाली, जल शाह, रुपा राणा, मुरली धर, निखिल उप्रेती, निरुता सिंह जस्ता कलाकारसँग काम गरेका शेरचनले लगानी गरेका सबै सिनेमालाई दर्शकले रुचाएका छन् । आगामी जेठ १९ गते संघको साधारणसभाका अवसरमा पत्रकार विजय नेपाललाई २५ हजार पुरस्कार राशी सहित पुरस्कृत गरिने र फिल्मकर्मी विनोद शेरचनलाई दोसल्ला, माला र सम्मान पत्र सहित सम्मान गरिने अध्यक्ष अधिकारीले बताए । चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र परिवारद्वरा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए । संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि चलचित्र पत्रकार संघ नेपाल कास्कीका सल्लाहकार सुरेश रानाभाटको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ सदस्य रहेको समिति गठन भएको थियो । जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ देखि प्रदान गर्न सुरु गरेको हो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो भने दोस्रो र तेस्रो पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष रेम विक र पूर्व सल्लाहकार राजाराम पौडेल पुरस्कृत भइसकेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ । आइतबार बिहान कार्यालय सहयोगी विद्यालय पुग्दा ताल्चा फुटाएर विद्यालयको सिसी क्यामेराको तार काटेर नगद र जिन्सी सामान चोरी भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । ‘अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माविमा आइतबार कार्यालय सहयोगी पुग्दा ताल्चा फुटाएर विद्यालयमा भएको नगद र जिन्सी सामान चोरी भएको पाइयो, वडाध्यक्ष गुरुङले भने, ‘विद्यालयको सुरक्षाको लागि जडान गरिएको सिसी क्यामेराको तार काटेर ४ थान क्यम्प्युटर(डेल कम्पनी), लेखा शाखाको २० हजार, सिसी क्यामेरा र स्पिकर चोरी भएको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार चोरी भएको घटनाबारे कास्की प्रहरीलाई जानकारी दिइएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ । शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने खुलाउनुभयो । यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने उहाँको प्रतिवद्धता थियो । ‘बजेट बनाउँदा किसानहरूले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभयो । स्वदेशी वस्तुको प्रयोग गर्ने र प्रयोग गर्न उत्प्रेरित गर्नेलाई पुरस्कृत समेत गर्ने तयारी गरिएको जनाउनुभयो । ‘सकभर आफ्नै उत्पादन प्रयोग गर्नुहोस्, मालामा र खादामा पैसा खर्च नगर्नुहोस्’उहाँको आग्रह थियो । महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले सुनाउनुभयो । जसका लागि केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्छ । ‘नेपाली उत्पादनलाई सहुलियत दिनेछौं, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उहाँले भन्नुभयो । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्थाहरू सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी बनेका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताउनुभयो । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उहाँले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनु पर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीहरूको स्वास्थ्य सुरक्षा प्रति महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेतबाट नागरिकहरूलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकहरूलाई वडामा नै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सहित १ महिनालाई पुग्ने औषधी समेत निःशुल्क उपलब्ध गराइएको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो । शिविरमा सुगर प्रेसर, मुटु सम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअप लगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपेन्द्र सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या तेस्रो नम्बरमा रहेको छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन उहाँले सुझाव समेत दिनुभयो । कार्यक्रममा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना श्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकहरूको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गर्नुभएको थियो ।
पोखरा: बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुुभयो । धार्मिक पर्यटनको आफैंमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राख्नुुभयो । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढीरहेको बताउँदै उहाँले विकास क्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुुभयो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुबनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात ताल मध्येको ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् साधन स्रोतका दृष्टिबाट महत्वपूर्ण सप्दा भएको बताउँनुभयो । तालसँगै यहाँस्थित धार्मिक महत्वको बराह मन्दिरका साथै लक्ष्मी नारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अघि बढीरहेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रको समग्र विकासका लागि २०७५ साल मंसिरमा सञ्चालित महायज्ञसँगै संकल्प गरिएका अधिकांश कामहरू सम्पन्न भएको बताउँदै उहाँले स्थानीयवासी, तीनवटै तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा बेगनासताल क्षेत्र वरपरका धार्मिक शक्तिपीठ, मठमन्दिर , देवालय एवम् गुम्बाको समग्र विकासका लागि गुरुयोजना सहतिको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण एवम् आर्थिक सहयोगका लागि स्थानीय एवम् प्रदेश सरकार अनुरोध गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो । बेगनासतालमा पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक पूर्वाधार विकासका लागि पहल गरिने उहाँको भनाइ छ । बेगनासतालको वरपर रिङ्गरोड (पैदल मार्ग र साइक्लिङ मार्ग) निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्न सम्बन्धित निकायमा पहल गरिने उहाँले बताउनुुभयो । पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा महानगरपालिका वडा नं ३१ भित्रका धार्मिक सम्पदाको संरक्षणसँगै तिनीहरूको पूर्वाधार विकासलाई वडाले प्राथमिकतामा राखेको बताउनुुभयो । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.इन्द्रप्रसाद तिवारीले सबै किसिमको रोजगारीका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुुभयो । विश्वमा नै धार्मिक पर्यटनको विशिष्ट महत्व रहेको उहाँको भनाइ छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका अधिकारी, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी अधिकारी, बेगनासताल बराह महाआरती संयोजक राममणि अधिकारी, बराह मन्दिर निर्माण समितिका संयोजक सुरेन्द्र सापकोटा, पोखरा ३१ का निवर्तमान वडा अध्यक्ष कमलबहादुर थापा, शिव गोरक्षपीठ सिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी, लेखनाथ होटेल तथा रेष्टुरेन्ट एशोसिएसनका अध्यक्ष बीरभद्र कंडेल लगायतले बेगनास बराह लगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । संस्थाका अध्यक्ष ध्रुुबनाथ अधिकारीको अध्यक्षता एवम् सचिव शान्ति ढकालले सञ्चालन गर्नुुभएको साधारणसभाले अध्यक्ष र सचिवको प्रतिवेदनका साथै उपाध्यक्ष मित्रलाल भण्डारीले प्रस्तुत गर्नुुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
पोखरा: नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११ लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ तृतीय भएको छ । शनिबार भएको तेर्सो स्थानको खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले माछापुच्छ्रे गुराँसे भुमेलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । माछापुच्छ्रे गाउँपालिकाले गुराँसे भुमेलाई २५–२३,२५–२०,२१–२५ र २५–१६ ले जितेको हो । तेर्सो भएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले ४० हजार रुपैयाँ सहित ट्र्फि मेडल र प्रमाणपत्र, सान्त्वना भएको माछापुच्छ्रे गुराँसे भुमेले २० हजार रुपैयाँ प्राप्त गर्यो । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उदियमान खेलाडी जनकल्याणका सन्तोष श्रेष्ठ, उत्कृष्ट ब्लकर जिभिपिका चिरण खड्का, उत्कृष्ट सर्भर जनकल्याणका भुपेन गुरुङ, उत्कृष्ट सेटर जिभिपिका देवेन्द्र परियार, उत्कृष्ट लिब्रो जिभिपिका राजन दलार्मी मगर, उत्कृष्ट स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट कोच जिभिपिका अशोक मल्ल र सर्वोत्कृट खेलाडी जिभिपिका उमेश सेन्चुरी चुनिए ।
पोखरा: पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए । अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको वृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिए । नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक कर्मचारीको वृत्ति विकासका लागि ठोस काम गर्ने, त्रिभुवन विश्वविद्यालयबाट नयाँ शैक्षिक कार्यक्रम ल्याउने, क्याम्पसलाई केन्द्रमा राखी जनप्रियको शाख र गरिमा बढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लागी पर्ने बताए । खड्काले आफ्नो सक्रियता र सकारात्मक भूमिकालाई प्रभावकारी बनाउँदै बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता गरे । विगत १५ वर्षदेखि अध्ययापनरत उपप्राध्यापक खड्का अर्थशास्त्रका एमफिल हुन् । यसअघि उनी सहयाक क्याम्पस प्रमुख थिए । २०७९ भाद्र २ गते मतदानबाट क्याम्पस प्रमुखमा छनौट भएका लोकराज भण्डारीले स्वाध्ययनका लागि राजिनामा दिएका थिए । क्याम्पस सञ्चालक समितिको जेठ ३ गतेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४ को सातौँ संशोधन २०७६ को नियमानुसार खड्कालाई निमत्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको प्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
पोखरा: अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा नपुग्दा सरकारी लाभबाट वञ्चित हुनूजस्ता कारणले पनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको छ । बालहितकारी परियोजना नेपालले पोखरा वडा नं. १५ भरका अपांगता भएका व्यक्तिहरु पहिचान गरी विभिन्न प्रश्नको जवाफ लिएर प्रतिवेदन तयार गरेको हो । वडाभर २११ जना अपांगता व्यक्ति रहेको परियोजनाले जनाएको छ । पोखरा वडा नं. १५ को आयोजना, पोखरा महानगर स्तीय अपाङ्गता सञ्जाल कास्कीको सहकार्यमा परियोजनाले एक कार्यक्रम आयोजना गरी सर्वेक्षण प्रतिवेदन हस्तान्तरण गरेको छ । परियोजनाका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले पोखरा महानगरपालिकाकी उपप्रमख मञ्जुदेवी गुरुङ र वडा नंं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँलाई प्रतिवेदन हस्तान्तरण गरे । उपप्रमुख गुरुङले आफूले अघिल्लो कार्यकालमै उपप्रमुखसँग महिला कार्यक्रमलाई अपाङ्गता भएकाहरुसमेत जोडेर उनीहरुको हितमा अघि बढेको बताउँदै अब पनि अपाङ्ता भएका व्यक्तिहरुका लागि सक्दो गर्ने बताइन् । हालसम्म पोखरा महानगरमा आधिकारिक तथ्यांक अनुसार १ हजार ७ सय ७ जना रहेपनि पोखरा १५ को यो प्रतिवेदनको हिसाबले ३३ वटा वडामा धेरै जना थपिन सक्ने बताइन् । ‘महानगरको तथ्यांकमा यति देखिएको परिचयपत्र लिन आउनेको गणना गर्दा हो । परिचयपत्र नै लिन नआएका, थाहा नभएका पनि यस प्रतिवेदनबाट देखियो । अझै बढी संख्यामा अपाङ्गता भएको व्यक्तिहरु हुनुहुन्छ भन्ने देखियो ।’ – उपप्रमुख गुरुङले भनिन्– ‘अपाङ्गता भएका व्यक्तिलाई वर्ग अनुसारको परिचय पत्र प्रदान गरी आवश्यक सीप तालिम, सहयोगका लागि म तयार छु।’ उनले पोखरा १५ ले निकै गहिराईमा पुगेर सर्वेक्षण गरी ३३ वडामा पहिलो वडा बनेकोमा बधाई दिँदै अन्य वडालाई पनि प्रेरणा प्रदान गरेको बताइन् । पोखरा १५ का अध्यक्ष तोरण बानियाँले भौतिक पूर्वाधारको विकासले मात्र वडा समृद्ध नबन्ने भन्दै हरेक वडाबासीको मानवीय विकास प्रमुख कुरा रहेको बताए । उनले वडामा रहेका अपांगता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको आत्मसम्मानपूर्ण व्यवस्थापनका लागि लागिपर्ने बताए । ‘पहिले नै जग्गा खोज्ने काम गरेका हौँ । अपायक स्थानका कारण मूर्त रुप पाएन ।’ बानियाँले भने– ‘उहाँहरुलाई पायक पर्ने ठाउँमा जग्गा खोजी गरेर भौतिक पूर्वाधार निर्माणसँगै आवश्यक तालिम र सीप प्रदान गरी साना उद्योगबाट स्वआर्जन हुने गरी वातावरण तयार गर्न लागिपरेको छौँ ।’ बालहितकारी परियोजनाका रामचन्द्र शर्माले पोखरा १५ को अनुरोधलाई स्वीकार गरी घरघर पुगेर वास्तविक तथ्यांक संकलन गरेको बताए । कार्यक्रममा पोखरा महानगर स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष गंगाबहादुर खड्का, बालहितकारी परियोजनाका झलक भुजेललगायतले बोलेका थिए ।
पोखरा: कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित तीन दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको समापन गर्दै उहाँले महानगरको न्यायिक समितिको सक्रियताले विवाद समाधानमा सहजता भएको र अदालतमा मुुद्धाको चाप घटेको बताउनुभयो । विवादको समाधानका लागि महानगर न्यायिक समितिले गरिहेको काम राम्रो रहेको बताउदै देशभरमै उत्कृष्ट बनेकाले यसलाई निरन्तरता दिन न्यायाधीस दाहालले सुुझाव दिनुभयो । उहाँले विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण रहने भएकाले पुनर्ताजगी तालिमले सहजता प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विवाद समाधानको उपयुुक्त माध्यम मेलमिलाप रहेको बताउदै मेलमिलाप मार्फत दुवै पक्षले जित्ने र समाजमा आपसी सद्भाव कायम हुने बताउनुुभयो । उहाँले मेलमिलापकर्ता अदालतकै सहयोगीका रुपमा रहेको समेत बताउनुभयो । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले टुुटन लागेको सम्बन्धलाई मेलमिलापको धागोले सिलाउने काम मेलमिलापकर्ताले गर्नुभएको बताउदै तालिमले विवाद समाधानमा थप उत्कृष्टता प्रदान गर्ने विश्वास गरेको बताउनुभयो । मेलमिलापकर्ताद्धय सविता भण्डारी, सुदिप प्रधानाङ्गले तालिमले मेलमिलापमा सहजता प्रदान गरेको र सिकेको विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पोखरा महानगरका १ देखि १८ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई प्रमुख अतिथि न्यायाधीस नवराज दाहाल, पोखरा महानगरपालिका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङ, न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र रजनी परियारले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

