कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव: रक्तदानदेखि सम्मानसम्म

पाेखरा | असार ६, २०८१

कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव: रक्तदानदेखि सम्मानसम्म

पोखरा:   कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

 

छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो । 

 

सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए । 

 

बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए ।

 

कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्लाले सम्मान गरिएको उनले बताए ।  

 

यस्तै अघिल्लो दिन रक्तदान गर्ने शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको अध्यक्ष गुभाजूले बताए । 

 

उच्च शिक्षा हासिल गरेका शेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको थियो ।

 

यसबाहेक प्रालिले वर्षभर विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको उनले सुनाए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन मिलेको उनको भनाई थियो । 

 

२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ वटा सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ भने अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजूले जानकारी दिए ।
 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्