विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ ।  वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वा...

पोखरा:   पोखरामा महोत्सवका मिति सार्वजनिक भइरहेका छन् । यसैबीच पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा समृद्ध स्टिल्स् राष्ट्रिय व्यापार मेला मंसिर १६ देखि जारी छ ।  आगामी पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव पोखरा महानगरपालिका २७ स्थित तालचोकमा आयोजना हुदैछ ।    त्यस्तै अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखरा लेकसाइडमा पुष १३ देखि १७ गतेसम्म हुने सडक महोत्सवको तयारीमा जुटेको छ । भने पोखराको अन्तिम महोत्सवका रुपमा युनाइटेड क्लबले पोखरा महोत्सव आयोजना गर्छ । जुन ११ औं संस्करणको महोत्सव पुष २७ देखि माघ ९ गतेसम्म अमरसिंह चोरमा सञ्चालन हुनेछ ।    यसरी पोखरामा वर्षेनी मेला र महोत्सव गरि दर्जनौको सँख्यामा आयोजना हुने गर्छ । सो मेलाहरुको उद्देश्य भनेको स्थानीय उत्पादनको विक्री वितरण तथा प्रवद्र्धन गर्नु हो । त्यसैले देशका विभिन्न भूभागबाट व्यापारीहरुको जमघट हुन्छ ।    यसप्रकारका मेलाहरुमा व्यवासायिक प्रवद्र्धनसँगै हाँस्यव्यङ्ग्यसहित मनोसञ्जनका कार्यक्रमहरुपनि समावेश हुन्छ । तर पोखराको नयाँबजारमा जारी व्यापार मेलामा मनोरञ्जन भन्दा व्यापारलाई बढी प्राथमिकता दिएको छ ।  मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी करिब २ सय ५० स्टल निर्माण भएका छन् ।    अटोमोवाइल्सका स्टलबाट सुरु हुने स्टल अन्तिममा चमेनागृहमा पुगेर टुङ्गिन्छ । सोही स्टलहरुमध्येको ३५ नम्बरमा एक अधबैशे भेटिन्छन् । उनी सुदुरपश्चिम प्रदेशका ५० वर्षिय मनिराज भट्ट हुन् । भट्ट र राष्ट्रिय व्यापार मेलाको सम्बन्ध पुरानो हो ।   उनलाई १८ वर्षे सम्बन्धले औद्योगकि व्यापार मेलामा तानिरहन्छ । ‘म २०६१ सालदेखि यो महोत्सवमा निरन्तर जोडिएको छु । मलाई पुरानो सम्बन्धले तान्यो, सुनगाभा न्यूजसँग भने, ‘पहिलेजस्तो अहिले त्यती व्यापार भएन । अरुबेलाजस्तो खासै मान्छे छैनन् । खै प्रचारप्रसार नभएरहोकी किन हो कुन्नी ।’   भट्ट विजयसालबाट (एक प्रकारको वनस्पती) बनाइएका अम्खोरा र गिलास बेच्न भीमदत्त नगरपालिका कञ्चनपुरदेखि पोखरा आइपुगेका हुन् ।  ‘विजयसालको अम्खोरा’ सुदुरपश्चिमको ब्राण्ड हो । जुन बहुउपयोगी तथा लोपउन्मुख वनस्पतिबाट बन्छ ।    कलात्मक ढंगबाट बनाइएका अम्खोरा र गिलास नकिनेपछि प्राय मेलामा पुग्नेहरुले त्यसबारे बुझेर फर्कक्छन् ।    भट्टका अनुसार उक्त गिलास वा अम्खोरामा बेलुकी पानी राखेपछि अर्काेदिन बिहान पानीको रंग बदलिन्छ ।  त्यो पानी पिउदा पेट र पिसाब सफा हुने, मधुमेह, ग्यास्ट्रिक, अल्सर, जन्डिस, कब्जियत लयायतका रोगहरु ठीक हुने विश्वास रहेको छ ।  ‘विजयासाल कञ्जनपुर आसपासमा पाईने प्रख्यात वनस्पति हो, तराइका फाँटहरुमा चुरेफेद, समथर भू–भागमा यो वनस्पति पाइन्छ, भट्टले भने, ‘प्राकृतिक जडीबुटी मध्येको बहुउपयोगी आयुवेर्दिक औषधिको रुपमा नेपाली समाजमा चलेको छ । यस वनस्पतिबाट बनेको साम्रागीमा पानी पिउँदा औषधीको काम गर्ने विश्वास छ ।’     उनको स्टलमा सो वनस्पतीबाट बनेको विभिन्न आकारका अम्खोरा र गिलास छन् । भट्टले आकार अनुसार १ हजार देखि २ हजार सम्मको मुल्यमा गिलास विक्री गरिरहेको बताए ।  ‘अहिले मेरोमा गिलास र अम्खोरा मात्रै छ । सानाको हजार पर्छ अनि ठुलो साइजको २ हजारसम्म पर्छ ।’ उनले भने ।   उनले आफ्नो प्रदेशमा विजयसालबाट बनेको सामानहरुको लोकप्रियता बढ्दो रहेको बताए । ‘यहाँ पनि विजयसालको बारेमा बुझ्नेहरुले किन्नु हुन्छ । हाम्रो प्रदेशतिर यो वनस्पतीबाट बनेको सामानहरुलाई ठुलो ठुलो कार्यक्रममा पनि मायाको चिनोकै रुपमा दिने चलन छ । यसको बहुउपयोगिता छ ।’ उनले भने ।   देशका विभिन्न मेला महोत्सवमा आफ्नो उत्पादन विक्री वितरण गर्दै हिडेका भट्टको कञ्चनपुरमा ‘भट्ट मेरिट काष्ठ उद्योग’ सञ्चालनमा रहेको छ ।

सुनसरीः सुनसरीको १ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच कडा टक्कर चलेको छ ।    मतगणनाको सुरुवाति चरणदेखि अग्रता लिएकी रास्वपा उम्मेदवार गोमा तामाङ अहिले पछि परेकी छिन् । तामाङलाई जसपाका अशोक कुमार राइले १ सय १८ मतले पछि पारेका हुन् ।    तेस्रोमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १० हजार ९९० मत ल्याएका छन् भने चौथोमा ६ हजार ९२९ मतकासाथ स्वतन्त्र उम्मेदवार प्रदीप मेयाङ्बो रहेका छन् ।    राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक कुमार राईको ६ हजार ४६० मत रहेको छ । 

पोखरा:  पोखरामा ९१ वर्षीय वृद्ध मुसी कुवर प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनु भएको छ ।  कास्कीमा बिहान चिसोका कारण अधिकांश मतदान केन्द्रमा मतदाता कम उपस्थिति रहेपनि अहिले उपस्थिति बढ्दै गएको तालबाराही मतदान केन्द्रका मतदान अधिकृत रामप्रसाद आचार्यले बताए ।  ‘बिहान मतदाताको संख्या अलि कम थियो’ उनले भने, बिहान चिसो मौसलले होला  मतदाताको संख्या कम नै थियो । अहिले मतदाताको उपस्थिति बढेको छ ।’ आज ( आइतबार) देशभर मतदान भइरहेको छ । कास्कीको तिन निर्वाचनमा क्षेत्रमामा तीनसय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।  कास्कीबाट २ लाख ६४ हजार ४ सय ५६ मतदाताहरु निर्वाचनमा सहभागी हुदैछन् । जसमध्ये १ लाख ४० हजार ३ सय ६९ जना महिला, १ लाख २४ हजार ८३ जना पुरुष र अन्य ४ जना मतदाता रहेका छन् ।  हेरौं तस्बिरमा...                

बझाङ :  जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो ।   सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । मष्टा–१ तुफानडाँडामा भएको जिप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो । उहाँका अनुसार १५ जना घाइते भएका छन् ।    दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन् । दुर्घटनामा घाइते १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ ।   घाइते हुनेमा मष्टा –२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा–१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह छन् ।

काठमाण्डौंः आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि रुष्ट भएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले त्यसको दोष अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका छन् ।    राजधानीको कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले केपी ओलीमाथि ‘स्वेच्छारी निर्णय’ गरेको आरोप लगाएका छन् ।    ‘म माथि केपी ओलीले षडयन्त्र र स्वेछाचारी निर्णय गरे’ रावलले भने ‘पार्टी सिद्धान्त र आचरण बाहिर गयो ।’ सोही प्रसंगमा उनले युनिफिकेशन चर्च र होली वाइनका अभियन्ता एकनाथ ढकाललाई टिकट दिएर आफुलाई बाहिर राख्न खोज्दा ‘स्वतन्त्र’ हुन चाहेको जनाए ।    पत्रकारसँग रावलले एमालेको कर्तूत भन्दै ओलीको भण्डाफोरमा लामो समय खर्चिए । एमसीसी, एसपीपी, युनिफिकेशन चर्चमा एमालेको संलग्नता रहेको रावलले सुनाए ।    यसअघि सरकारको उपप्रधानमन्त्री, रक्षा र गृहमन्त्री भइसकेका रावलले एमालेलाई माक्र्सवादी, लेनिनवादी भन्न नसुहाउने टिप्पणी गरे । ०७५ जेठ ३ गते माओवादीसँग आधा–आधा समय प्रधानमन्त्री हुन गरेको गोप्य निर्णयले केपी ओली एकल नेता बन्न खोजेको आरोप लगाए ।   ‘कुनैपनि निर्णय स्थायी समितिमार्फत गरिनु पर्छ तर ओली स्वेच्छाचारी निर्णय गर्दै निरंकुशताको बाटोमा लागेको उनको भनाई छ । टिकट पाउन ओलीसमक्ष आत्मसमर्पण गर्नुपर्ने भनाई बाहिरिएपछि आफुमाथि सिँधै प्रहार गर्न खोजिएको उनले सुनाए ।    संसद विघटन नगर्ने निर्णय गरिएपनि पछि एकल निर्णय गर्दै ओलीले संसद भंग गरेको उनले प्रष्टए । त्यसपश्चात् पार्टी र देश जोगाउन आदालतमा दिएको समावेदनप्रति पनि ओलीले इख लिएको उनको भनार्ई छ ।    त्यस्तै, लिपुलेक, कालापानी  र लिम्पियाधुरालाई नक्सामा समेट्न र त्यस क्षेत्रमा सडक बनाउन माग गर्दा ओलीले नसुनेको र पछि आन्दोलन गरेपछि मान्न बाध्य भएकोसमेत उनले खुलाएका छन् ।     ०७८ जेठ १० गते दश भाइको नाम दिएर गरिएको कार्वाहीप्रति उनले आक्रोश पोखे । ‘हामीले पार्टी जोगाउन खोज्दा उल्टै १० बुँदे र १० भाई भन्दै उल्टै कार्वाही गरेर इमान्दार कार्यकर्तामाथि अत्याचार गरे’ उनले भने ।   उनले आक्रोश पोख्दै प्रश्न गरे ‘एकीकरण ध्वस्त बनाउन विभिन्न हर्कत गर्ने नाइकेले यसको जिम्मेवारी लिनु पर्दैन, उल्टै पार्टी एकता जोगाउने खोज्ने हामीमाथि नै कार्वाही किन ?’   यसैगरी, उनले अछाम – १ मा भदौ १९ गते आफ्नो मात्र नम्बर सिफारिश गरिएकोप्रति जिल्ला कमिटीलाई धन्यवादसमेत दिएका छन् । उनले थपे, ‘तर मसँग नसोधी पार्टीमा योगदान नगरेकालाई ओलीले टिकट दिए ।' 

ताप्लेजुङ  :  प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले  लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र  उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् ।   फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद रु छ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान ९डोरी, कैचीलगायत सामग्री० सार्वजनिक गरेको छ ।   मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा  रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार रु तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् ।   पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।”   आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ बागमती प्रदेशका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ ।    बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको हो ।    बिपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागु भएकोमा मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि नियम लागु गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।      यस्तै मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङ सम्म पनि टाइम कार्ड लागु गरिएको छ । 

काठमाडौं:  बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।   कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपी टोलीको कप्तान भने घोषणा गरिएको छैन ।   नेपालले आगामी असोज ११ गते बंगलादेशसँग काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ ।   यस्तो छ, नेपाली टिम:   फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी     मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट     डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल     गोलकिपरः किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु  

झापा​:   इलाम–८ का सन्देश रम्तेल विश्वशान्तिको कामना गर्दै ह्विलचेयरमा मेचीमहाकाली यात्रामा निस्किएका छन् ।   उनले असोज ३ गते झापाबाट यात्रा सुरु गरेका हुन् ।   मेची महाकाली यात्रा सकिएपछि पशुपतिनाथ, लारुम्बा र लुम्बिनीको माटो बोकेर विश्वभ्रमणमा निस्कने समेत उनले घोषणा गरेका छन् ।