विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ ।  वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वा...

अमेरिका: एउटा जुत्ताको मूल्य दुई करोड रुपियाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले प्रयोग गरेको जुत्ताको मूल्य दुई करोड रुपियाँको तोकिएको छ ।    विश्व खेलकुदका सर्वाधिक खेलाडी मानिन्छन् माइकल जोर्डन । उहाँको ख्याति बास्केटबलसँग जोडिएको छ । म बास्केटबलका यी सर्वाधिक नामुद खेलाडी जोर्डनको जुत्ताको कुरा हो । अमेरिकाको मुख्य व्यावसायिक बास्केटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय बास्केट बल एसोसिएसन (एनबीए) का हालसम्मकै सर्वाधिक लोकप्रिय खेलाडी जोर्डन हुनुहुन्छ । बास्केटबल खेलेरै उहाँले अकूत सम्पत्ति आर्जन गरेका छन् ।   हाल उहाँको कुल सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर बराबर छ । हाल ६० वर्ष उमेर पुगेका जोर्डनको नेतृत्वमा उहाँको टिम सिकागो बुल्सले छ पटक एनबीए जितेको छ । त्यही एनबीए जित्दा उहाँले लगाएका विभिन्न छ जोडी जुत्ता बिक्रीका लागि अहिले प्रदर्शनमा राखिएको छ । गत हप्ता प्रदर्शनका लागि यी छ जोर जुत्ता दुबईमा राखिएको थियो भने त्यसपछि हङकङ हुँदै सिंगापुर पुग्नेछ । र, यसको अन्तिम लिलामी हुनेछ । जसले बढी रकम दिन्छ, उसैले यी जुत्ता लिएर जान्छ ।    जोर्डनले लगाएको यो जुत्ता सोथवी नामक संस्थाले बेच्न पाउने अधिकार पाएको छ । द डाइनेष्टी कलेक्सनका नाममा सङ्कलन गरिएका यी छ जोर जुत्ताको मूल्य करोडौँ डलर हुने कुरा जनाएको छ । संस्थाका अनुसार, एक जोर जुत्ताको करिब दुई करोड डलर र छ जोर जुत्ताको करिब १० करोड डलर पर्ने अनुमान छ । कुनै पनि खेलाडीको जुत्ता वा उहाँले लगाएको पहिरनको यति धेरै मूल्य पर्ने यो पहिलो पटक हुनेछ । संस्थाले जुत्ता सङ्कलनकर्ता वा सङ्ग्रहकर्ताका लागि यो बहुमूल्य मोनालिसाको तस्बिर वा पवित्र र दुर्लभ वस्तु हो भनेर यसको बढाइचढाइ गरेको छ ।    यी सबै जुत्ता बुल्सका कर्मचारी टिम हल्यामले माइकल जोर्डनबाट प्राप्त गरेका थिए । ती छ जोर जुत्ता सन् १९९१, ९२, ९३, ९६, ९७ र ९८ मा उहाँले एनबीए खेल्दा लगाएका थिए । ती छ वटै प्रतियोगितामा जोर्डनको टिमले विजय हात पारेको थियो । त्यसो त जोर्डनले सन् १९९८ मा एनवीए जित्दा लगाएको जर्सी पनि गत वर्ष मात्र एक करोड डलरमा बिक्री भएको थियो ।    माइकल जोर्डनले आफ्नो खेल जीवनमा दुई वटा ओलम्पिक स्वर्ण पदक, छ पटक एनवीए च्याम्पियनसिपको उपाधि,  पाँच पटक एनबीएको सर्वाधिक महत्त्वपूर्ण खेलाडीको उपाधि जितेका छन् । 

पोखरा:  पोखरामा गएराति एक वर्कशप र फर्निचरमा आगलागी भएको छ ।     पोखरा महानगरपालिका वडा नं १० स्थित भारत घर भएका अली हुसेनले सञ्चालन गरेको वर्कशपमा राति एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।     वर्कशपमा आगलागी हुँदा वर्कशपमा भएका मोटरसाइकलमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।    कास्की प्रहरीका अनुसार गएराति नै पोखरा महानगरपालिका १४ चाउथे स्थित पाल्पा भैरव फर्निचर उद्योगमा आगालागी हुँदा दुईजना घाइते भएका छन् ।    आगलागीबाट फर्निचरमा भएका सामान तथा काठसँगै बुलेट बाइक र बोलेरो जिपमा समेत क्षति भएको कास्की प्रहरीले जनाएको छ ।     फर्निचर उद्योगमा भएको आगलागीबाट घाइते भएका राहुल गुरुङ र आशिष खड्काको  गण्डकी अस्पताल र ग्यालेक्सि अस्पतालमा उपचार भईरहेको छ । 

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दक्षिण कोरियाका राष्ट्रिपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मिनले शिष्टाचार भेट गरेका  छन्।   मंगलबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।    यसअघि सोमबार  कोरियाका राष्ट्रपतिका विशेष दूत जाङले परराष्ट्रमन्त्री डा.विमला पौड्यालसँग भेट गरेका  थिए। भेटमा दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।   १७ सदस्यीय टोलीको नेतृत्व गर्दै जाङ आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। जाङ नेतृ्त्वको टोली आजै बंगलादेश प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले  जनाएको छ।

गत आइतबार पोखराको सेती खोंचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर ३४ वर्षीय बेलायती नागरिक रुअन क्रिग्टनको पनि ज्यान गएको छ ।    अघिल्लो दिन काठमाण्डौंमा ३४ औं जन्मदिन मनाएर पोखरा आउन विमान चढेका क्रिग्टन सेती नदीको खोंचमा अन्य ७२ जनासँगै संसारबाट अस्ताए । प्रारम्भिक सूचनामा आइरिस नागरिक भनिए पनि उनी बेलायत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।      ब्रेन्टउड निवानसी क्रिग्टन सन् २००५ मा लन्डनस्थित सेन्ट्रल स्कुल अफ ब्यालेमा भर्ना भएका थिए । २००८ देखि २०१३ सम्म स्लोभाकियाको स्लोभाक नेसनल थिएटरमा आबद्ध भएका क्रिग्टनलाई ब्यालेको विधामा आबद्ध थिए ।   क्रिग्टनबारे सन् २००८ मा बिबिसीले ‘चम्किलो तारा’ उपनाम दिएर समाचार प्रकाशित गरेको थियो ।      जिम्न्यास्टिककासमेत विद्यार्थी रहेका क्रिग्टन २०१२ देख्रि बे्रन्टनकै सेन्ट्रल स्कुल अफ डान्स एण्ड ड्रामामा भर्ना भई ब्याले नृत्यतर्फ मोडिएका थिए । साथै, उनी नेदरल्याण्डको यूरोपियन स्कुल अफ फिजियोथेरापीको विद्यार्थीसमेत रहेको बताइएको छ ।      डेली मेल लेख्छ, ‘क्रिग्टनको मृत्युले युरोपको ब्याले समुदाय दुखित र शोकमा डुबेको छ ।’    ‘क्रिग्टन चम्किलो घामजस्तै थियो, हामी असल साथी थियौं र लामो समय यहाँ बितायौं’ स्लोभाक नेसनल थिएटरमा लामो समय सँगै बिताएका क्रिग्टनका एक साथी भन्छन्, ‘म दुखित छु, उसको बारे केही बोल्न मलाई गाह्रो भइरहेको छ ।’   उनी अध्ययनरत विद्यालय सेनफिल्ड हाइस्कुलले क्रिग्टनलाई ‘नम्र र उदार’ व्यक्तिको संज्ञा दिएको छ ।    (डेली मेलको सहयोगमा)  

विराटनगरः   प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो । शपथलगतै मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलबाट एक–एक जना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले नेकपा (एमाले) का तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले शपथ गराउनुभयो ।  प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोक्नुभएको छैन ।  माओवादी अनुपस्थित  यसैबीच मुख्यमन्त्रीको शपथ ग्रहण कार्यमा नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकले दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णयमा असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।  बैठकले गरेको निर्णयका बारेमा जानकारी दिनुहुँदै माओवादी केन्द्रका सांसद तथा प्रदेश १ का सचिव गणेशप्रसाद उप्रेतीले भन्नुभयो ‘प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल हुनेगरी सहमति नभएसम्म तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको छ ।’ बैठकले दलहरुबीच भएको सहमति सच्याउन पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।  माओवादी संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेसँगै प्रदेश प्रमुखले दिउँसो २ बजे आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सुरु गर्न केही ढिलाइ हुनुभएको छ ।  त्यसअघि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णय सहमति विपरीत भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।  ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उहाँले भन्नुभयो, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’ यद्यपि माओवादी केन्द्रले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन भने गरेको छ । माओवादी सरकारमा सहभागी नभएको अवस्थामा पनि मुख्यमन्त्रीसँग सरकार गठनका लागि आवश्यक ४७ जना सांसदको बहुमत भने प्राप्त हुनेछ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । 

काठमाडौंः   माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

विराटनगर:   नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपरान्ह नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।  संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।  नेता कार्की सत्ता साझेदार दलका नेता नेकपा (माओवादी केन्द्र)का नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गर्नुभएको थियो।  नेता कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको एक सहित ६० सिटको दाबी प्रस्तुत भएको थियो।  प्रदेश संरचना निर्माण भएपछि प्रदेश १ मा कार्की चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको हो। मुख्यमन्त्री नियुक्तसँगै उहाँले सबै पक्षलाई मिलाएर लैजाने बताउनुभएको छ। उहाँले भन्नुभयो ‘गठबन्धनमा आवद्ध र अन्य दलहरुसँग छलफल गरी सबैलाई मिलाएर लैजाने मेरो प्रयत्न हुन्छ।’ विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म  २०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मनु भएका नेता कार्की झापा गौरादहको जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुँदै विद्यार्थी राजनीतिमा आवद्ध हुनुभएको थियो।  विद्यालयमै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संगठित भएर राजनीति आरम्भ गर्नुभएका नेता कार्की धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थीसमेत हुनुहुन्छ। उहाँले कानुनमा स्नातकोत्तर गर्नुभएको छ।  एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका  ५८ वर्षे मुख्यमन्त्री कार्कीले लामो समय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राजनीति गर्दै २०५५ सालमा केन्द्रीय अध्यक्ष समेत बन्नुभयो।  नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै अखिल अध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा हुनु भएका उहाँ २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो। उहाँ २०७१ सालदेखि २०७३ सालसम्म नेकपा एमाले मेची अञ्चल समन्वय कमिटिको इन्चार्जको जिम्मेवारीमा रहनुभयो।  नेता कार्की झापा क्षेत्र नम्बर ५(१) बाट पहिलो पटक २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएर प्रदेश १ को पहिलो मन्त्रिपरिषद्‍मा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो।

कास्की:    पोखरा महानगरपालिकाले नगरक्षेत्रमा पार्किङ उठाउन दिएको ठेक्का आज रद्द गरेको छ ।    महानगरको नगरसभाले  फेवा सावित्री सँयुक्त कम्पनीसँग गरेको ठेक्का रद्द गरेपछि अब तत्काललाई पार्किङ शूल्क तिर्न नपर्ने भएको छ । महानगरले फेवालाई कूल ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।   उक्त सम्झौता मंसिर २७ गते सकिएपनि महानगरले लकडाउन देखाएर ठेक्का चैतसम्म थपेको थियो । ठेक्का थपेपछि जनस्तरबाट व्यापक विरोध भएपछि आज ठेक्का रद्द गर्ने निर्णय भएको हो ।      ठेक्का रद्द भएपनि महानगरले फेवासँग अझै १ करोड ९० लाख रुपैयाँ उठाउन बाँकी छ । महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार बाराम्बार ताकेता गर्दा पनि बक्यौता नउठेपछि ठेक्का रद्द गर्न निर्णय भएको हो ।    साथै, महानगरपालिकाको कोर एरियाको सडकमा पार्किङ निषेध गर्ने निर्णय भएकाे छ ।   यससँगै महानगरले अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङको सम्बन्धमा मापदण्ड तोकी उपयुक्त शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ ।    त्यस्तै, अस्थायी प्रयोजनकालागि हाललाई पोखराको लामेआहालमा ल्याण्डफिल साइट व्यवस्था गर्ने निर्णय भएको छ । साइटको व्यवस्थापन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको तिम्सिनाले बताए ।    महानगरका अनुसार प्रशोधन केन्द्र सहितको ल्याण्डफिल्डका लागि पोखरा ३३ देव्रेवर झाँक्री खोला उपयुक्त भएको अध्ययन समितिको सिफारिस छ ।   साथै, १२ औं नगरसभा पुसको २६ गते पोखरा सभागृहमा गर्ने निर्णयसमेत गरिएको छ ।   

खोटाङ:  राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ । ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको, समयमै दोषी पत्ता लगाउन नसक्दा न्यायिक अधिकारबाट वञ्चित हुनु परेको देखिएको औंल्याएका छन् । आयोगले प्रस्तुत गरेको मानव अधिकार अवस्थाको संक्षिप्त झलकमा तीन जिल्लामा आत्महत्या दर पनि बढ्दो क्रममा रहेको उल्लेख छ ।  यस्तै, अदालतको फैसला हुँदा समेत नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएको, जन्मदर्ताको अधिकारबाट वञ्चित भएको, कारागारको भौतिक संरचना व्यवस्थित हुन नसकेको पाइएको आयोगले जनाएको छ । नेपाल सरकारको मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकासको लक्ष्य प्राप्ति गर्ने सम्बन्धी क्रियाकलाप कार्यान्वयन हुन नसकेको, चार स्थानीय तहबाहेक अन्यले महिलासम्बन्धी नीति, कानून तर्जुमा गर्न नसकेको मानव अधिकार अधिकृत गौतमले बताए ।  आयोगले दर्ता भएका ५५ उजुरीमध्ये ४६ वटा उजुरी उपर अनुसन्धान सम्पन्न गरी निर्णयार्थ पेश गरेको, मानव अधिकार उल्लंघनको घटनामा आरोपित बहालवाला प्रदेश सांसद, पूर्वप्रजिअलगायतका कर्मचारी गरी ४२ जनालाई प्रमाण पेस गर्न र सफाया पेस गर्ने मौका दिइएको जानकारी दिएको छ । यस्तै, मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि तीनै जिल्लाका समन्वय समिति र पालिकामा पत्राचार र सात पालिकामा अन्तरक्रिया गरेको, महिला र बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक, वातावरण र विकास, शिक्षा स्वास्थ्य लगायतका विषयगत अनुगमन र अन्तरक्रिया गरिएको जानकारी दिएको छ ।