बालेनका ४ योजना, जसले मेयरलाई टाइमको ‘हन्ड्रेड बेस्ट’मा छान्यो
पाेखरा | असोज २, २०८०
पोखराः टाइम म्यागजिनलाई विश्वमै बेष्ट मिडिया मानिन्छ । अमेरिकाको यही मिडियाले विश्वका १ सय उदीयमान एवं प्रभावशाली ‘लिडर’मा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई समेटेको छ ।
टाइमले सुरुवातमा बालेनको परिचय दिँदै लेखेको छ ‘सन् २०२२ मा बालेनले मेयरको चुनाव जितेपछि उनले लगाउने चारकुने आकारको सुनौलो चस्मा निकै पपुलर भयो, स्ट्रक्चरल इन्जिनियरिङ्मा मास्टर्स डिग्री गरेका बालेनको प्रभाव देशैभर देखियो ।’
त्यसो त सन् २०१५ मा भूकम्पले देशलाई तहसनहस गराएको समय बालेनको कामको समेत टाइमले उल्लेख गरेको छ ।
टाइमले बालेनलाई विश्वकै १०० औ उदीयमान नेताकारुपमा समेट्दा उनका ४ प्रमुख योजनालाई आधार बनाएको छ ।
उक्त ४ योजनामा फोहर व्यवस्थापन र सरसफाई, स्वच्छ पिउने पानी, सफा सडक र सहरी योजना एवं सम्पदा संरक्षण रहेका छन् ।
बालेनले मेयरको निर्वाचनमा नेकपा एमालेका प्रभावशाली उम्मेदवार केशव स्थापितविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जीत हासिल गरेका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

