स्याङ्जाः स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पारेका हुन्। काँग्रेसका गुरुङले ११ हजार ९२० मत पाएका छन् भने एमालेकी अर्यालले नौ हजार ५०२ मत प्राप्त गरकी छिन् । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा काँग्रेसका भोजराज अर्याल दुई हजार ६५२ मतान्तरले अग्रता लिएका छन् । भोजराज अर्याल १३ हजार ८४७ मत ल्याउँदा एमालेका मोहन रेग्मीले ११ हजार १९५ मत प्राप्त गरेका छन् । सो प्रदेशमा अव वडा नं. १४ को दुई हजार ८३८ मत मात्र गणना बाँकी रहेको छ ।
पोखराः प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले ९ हजार ६१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याल ७ हजार ४६ मत ल्याई दोस्रो स्थानमा छिन् । उनलाई २ हजार ८८२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पछ्याइरहेका छन् । गुरुङ २ हजार ५६७ मतको अन्तरले पहिलो स्थानमा छन् । त्यस्तै स्याङ्जाबाट प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ (१) मा १०,०२४ मतका साथ नेपाली कांग्रेसका भोजराज अर्याल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहनप्रसाद रेग्मीले भने ७ हजार २८६ मत पाएका छन् ।
पोखराः नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाइ कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज (बिहिबार)बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पढाधिकारी एबम सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । अन्तरघात गर्नेको खोजी गरि कारवाहि गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएका छन् । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भन्नुभयो प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने छ । बैंककले निर्वाचनमा मतदान गर्ने मतदाता , निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मि, सन्चारकर्मिलाइ धन्यवाद व्यक्त गरेको छ । यस्तै पाँच दलिय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्बाचित बिन्दुकुमार थापा र प्रकाश बराल सहित निर्बाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले पार्टीका निबर्तमान सभापति कृष्ण केसी बिरुद्ध गरिएको नाराबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । बैठकले पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार हुनु भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
दोलखाः दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियोे । ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।
पोखराः स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले हजार ६सय मत अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ७ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले ५हजार ४ सय ७० मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २१५३ मत ल्याएका छन् । प्रदेशसभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ८२५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत पाएका छन्। उनीहरुबीच २०८१ मतान्तर छ। अहिले मतगणना जारी छ।
काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी ९जसपा० चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
मनाङः यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ । राजनीतिक दलको चुनाव चिन्हका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुनसक्ने शर्माको भनाइ छ । मनाङमा प्रतिनिधिसभा तर्फ चार हजार आठ सय ४५ मत खसेको थियो भने प्रदेशसभा १ मा दुई हजार दुई सय १० मत खसेको थियो । प्रदेशसभा २ मा निर्विरोध भएकाले मतदान भएन ।
पोखराः पूर्वअर्थमन्त्री रहिसकेका नेपाली कांग्रेसका युवानेता उदयशमसेर राणाले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट पारेका छन् । अर्का युवानेता गगन थापाको पक्षमा लबिङ् सुरु भएपछि राणाले आफ्नो समर्थन पार्टी अध्यक्ष देउवालाई हुने बताए । पारिवारिक घुमघाममा पोखरा आइपुगेका राणासँग यस विषयमा प्रतिक्रिया माग्दा उनले उक्त भनाई राखेका हुन् । ‘संसदीय दलको नेता भन्नुको अर्थ प्रधानमन्त्रीको दाबी हो’ राणाले भने ‘मेरो सिधा समर्थन शेरबहादुर दाइलाइ हुनेछ ।’ ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका राणाले अब बन्ने सरकार लोकतान्त्रिक गठबन्धनकै हुने भएकाले गठबन्धन चलाउने क्षमता देउबासँग मात्रै भएको दाबी गरे । कांग्रेसभित्र प्रभावशाली मानिएका अर्का युवानेता गगन थापाले माहौल बनाउन सुरु गरेपनि उनले अहिले नै हतार गरेको राणाको टिप्पणी छ । विश्वप्रकाश शर्मालगायतले थापालाई समर्थन गर्ने चर्चा चलिरहेपनि त्यो आधिकारिक भनाई भए/नभएको स्पष्ट हुन नसकेको राणाको ठहर छ । यद्यपि, थापाले स्पष्टरुमा संसदीय दलको नेतामा दाबी गर्ने बताइसकेका छन् । स्वयं युवानेता भएर थापालाई किन समर्थन नगर्ने ? भन्ने जिज्ञासामा राणाले अहिले राजनीतिक अवस्था प्रतिकुल नभएकाले यस्तो अवस्थामा देउवाबाहेक अन्य नेता उपयुक्त हुन नसक्ने उनको दाबी छ । ‘हाम्रो बहुमत छैन, अझ भनौं कसैको पनि छैन’ राणा भन्छन् ‘यस्तो जटिल अवस्थामा कम्युनिष्टलाई साथ लिएर हिँडन् शेरबहादुर दाइबाहेक अन्यको हुति छैन ।’ राजनीतिक वृत्तमा कांग्रेसले एमालेसँग पनि सरकार बनाउँन सक्छ भन्ने विषयलाई उनले ठाडै नकारे । राणा भन्छन्, ‘अरु कुनैपनि दलसँग मिलिएला तर एमालेसँग नो चान्स ।’ यसै प्रसंगमा कास्की जिल्ला एमालेको लालकिल्ला भएको विषयमा राणाले जिल्ला र प्रदेशको नेतृत्वले हारको समीक्षा गर्नुपर्ने उल्लेख गरे । ‘कास्की जित्छौं भन्ने रिपोर्ट पुगेको हो, कहाँ–के भयो जिम्मेवार नेताले समीक्षा गर्नुपर्छ ।’
सुनसरीः सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबाहदुर कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । भोजपुर निवासी कांग्रेस नेता कार्की यसघि सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरसहित निर्वाचित हुनुभएको थियो ।