गाउँपालिकाका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं | पुस ३, २०७९

गाउँपालिकाका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने,कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालकसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचार मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डाले जानकारी दिएका छन्।


प्रवक्ता भण्डारीका अनुसार उनीहरुले व्यवसायीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाले सातैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।


घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको  छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्