काठमाडौं:  नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी ...

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।  आइतबार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताउनुभयो।  प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्। विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतको वर्चश्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्वकालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति, भाषालाई कही न कही विभेद र दमन गर्ने प्रक्रिया थियो। यही ल्होछार पर्व पनि विशाल रुपमा मनाउने वातावरण थिएन। तर अहिले त्यो छैन।” उहाँले ठूलो संघर्ष र बलिदानपछि नयाँ संविधानले नयाँ राष्ट्रिय एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्नुभभयो। “लामो संघर्ष र बलिदानपछि उत्पीडित जाति, समुदायको हक, अधिकारका लागि ठूलै संघर्ष र बलिदानपछि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक र समावेशीको मान्यता  अनुसार हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छौं”, प्रधानमन्त्रीले भन्नुभयो। उहाँले ल्होछार तामाङको मात्र पर्व नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो। उहाँ भन्नुभयो, “तपाईंहरुको संस्कृति र परम्परा नेपालमा मात्र होइन, संसरका धेरै देशमा यसलाई मान्ने गर्छन्। तामाङको राष्ट्रिय पर्व त हुँदै हो, हामी नेपालीको पनि महान् राष्ट्रिय पर्व  हो। अन्तर्राष्ट्रिय पर्वको रुपमा पनि विश्वविख्यात छ। यसलाई यही रुपमा आत्मसात् गर्न तपाईंहरु समक्ष अपिल गर्दछु।” प्रधनमन्त्री प्रचण्डले नेपालका राष्ट्रिय संस्कृतिमा वैदेशिक सांस्कृतिक हस्तक्षेप बढ्दै गएकोसमेत बताउनुभयो छ। उहाँले भन्नुभयो, “नेपालभित्रै भएका भाषा, संस्कृतिका जातजातिभित्र दमन गर्ने प्रक्रिया बढ्दै गएको छ। अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, दबाबद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन गर्न नदिने चेष्टा भइरहेको छ।” राम्रा संस्कार र परम्परालाई विकसित गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ।  यसैगरी, उहाँले नेपाल सरकारको तर्फबाट छिट्टै नेपाल टेलिभिजनमार्फत् तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्नेसमेत जानकारी गराउनुभएको छ। 

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । नेपाली कला र संस्कृतिलाई मन पराउने नेपाली धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताउनुभयो ।  अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्धन र प्रवर्धन गर्ने काममा कलाकारहरु लागेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘पीर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । किनभने नेपाली जनता छन्, आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् ।’ हामीले नेपाली संस्कृतिलाई विभिन्न ढङ्गले संरक्षण गर्दै जानुपर्ने उहाँको भनाइ छ । नेपाली जनजीवनका बोली कलामा उतार्ने, ‘खाँदिन कुवाको पानी’ मामुलीजस्तो सुनिन्छ तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आए पनि पहिला त कुवाको पानी हो अध्यक्ष ओलीले भन्नुभयो ।  ‘गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने कार्यमा कलाकारहरु लाग्नुभएको छ’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कलाकारलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनुभयो ।

काठमाडौंः    राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा  निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे। झापाकी इन्दिरा आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन्। राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन्। उनलाई रास्वपाका सोबिता गौतमले प्रस्ताव गरेकी थिइन्। उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्। त्यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए।

काठमाडौंः    नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् । संघको शुक्रबार सम्पन्न २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए । संघको प्रथम उपाध्यक्ष डिकबहादुर (कुमार) खत्री (२५३), द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ (२६३), तृतीय उपाध्यक्ष रोशन कटुवाल (१९२), महासचिव मेघनाथ भुर्तेल (२६३), सचिव कर्णराज कटुवाल (२४१) र कोषाध्यक्ष सरिता घले (२२८) निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरूमा राजेन्द्र बस्नेत (२९१), विक्रम श्रेष्ठ (२४६), देवीमाया थापा (२४५), बैकुण्ठप्रसाद पौडेल (२३२), कैलाश पाठक (२३०), देउमान नेम्वाङ (२२४), आनन्द कोइराला (२१८), नारायण भुषाल (२१७), तोरणकुमार कार्की (२१२)र चन्द्रबहादुर लिम्बू (२१०) निर्वाचित भएका हुन् । नवनिर्वाचित भण्डारीले १० हजार सेवा शुल्क निर्णय खारेज गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलबबराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्न आफ्नो कार्यसमितिको पहलकदमी रहने बताए ।

पोखराः  पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाली विद्यार्थी संघ २४ वर्षपछि प्यानलै विजयी भएको छ ।  शुक्रबार भएको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेकपा एमाले अनेरास्ववियु र माओवादी समर्थित अनेरास्ववियु (क्रान्तिकारी)को प्यानललाई पराजित गर्दै नेविसंघ २४ वर्षपछि प्यानललै विजयी भएको हो ।  स्वतन्त्र विद्यार्थी परिषद्को सभापतिमा विजयी भएका नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार विराट सिग्देलले मत २ सय ८५ मत प्राप्त गर्दै विजयी भए । यस्तै अनेरास्ववियुका उम्मेदवार विरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार पवन लम्सालले १सय ३१ मत प्राप्त गरे ।  यस्तै पोखरा इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी परिषद्को सचिवमा नेपाल विद्यार्थी संघका उम्मेदवार मिलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन । सचिव पदका उम्मेदवार अनेरास्ववियुका स्वतिका पौडेलले १ सय ५४ र अनेरास्ववियु (क्रान्तिकारी) का कविन पाठकले ७२ मत प्राप्त गरे ।   कोषाध्यक्ष पदमा विजयी भएका नेविसंघका उम्मेदवार कृति वाग्लेले २ सय ८१ मत प्राप्त गरे ।  नेकपा एमाले समर्थित अनेरास्ववियुका उम्मेदवार राज अमृत सुवेदीले २ सय ११ मत प्राप्त गरे भने अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवार जानकारी वडुले ८० प्राप्त गरे ।    सदस्यमा नेपाली विद्यार्थी संघका उम्मेदवार सुवासचन्द्र पण्डित ३ सय १८, अनिष गिरी २सय ४९, सोवित कार्की २ सय ८४ र  भुमिका छुमीले २ सय ९० मत प्राप्त गर्दै विजयी भए ।   शुक्रबार सम्पन्न भएको निर्वाचनमा ६सय १४ मतदातामा ५ सय ८४ जनाले मतदान गरेका थिए ।  कसले कति मत पाए ?    

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नेछु, म त्यो गर्छु ।” प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।” प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइँहरूको सा हुनेछ ।” कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।।

सुर्खेत:  कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गरेका छन् ।   मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् । साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘ प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’ साथै उनले यही तरिकाले अघि बढ्ने हो भने संघीयताको अर्थ नरहेको टिप्पणी समेत गरे ।  साथै केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपनि प्रदेशमा नदिने बताए ।  ‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’ साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए ।  ‘मुख्यमन्त्री ज्यूले विश्वासको मत माग्नुभएको हो की नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, म अलमलमा परेँ,’ उनले भने ।

काठमाडौैं:   नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ।  उपसभामुखको चुनाव भोलि हुँदैछ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

काठमाडौँ:  सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  सभामुखको सपथ लिएसँगै घिमिरे अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।घिमिरेसँगै राष्ट्रयसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सुमेरु अस्पताल पुगेका थिए ।  स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् ।  जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।