पोखराको  शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु

पाेखरा | भदौ २३, २०८२

पोखराको  शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु

पोखरा:   जेनजी आन्दोलन चर्किँदै गएपछि कास्कीको पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी गरेकी हुन् ।


प्रमुख जिल्ला अधिकारी शर्माले जारी गरेको आदेशमा शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ । 


उनका अनुसार शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ ।

 

आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

 

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्