पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पाेखरा:  गण्डकी प्रदेश सरकार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएदेखि आलोचित बनेको छ ।    प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आफ्नो आफन्तको नाममा स्थापित कोष तथा पार्कनिर्माण गर्न बजेट विनियोजन गरेपछि खैलाबैला मच्चिएको थियो । त्यसपछि सवारी कर तथा जरिवानामा २ सय प्रतिशतले राजस्व असुलेपछि फेरि प्रदेश सरकारको विरुद्धमा नाराबाजी तथा ध्यानाकर्षण गराइएको थियो ।      चोतर्फी दबाबपछि आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै भाषागत त्रुटी भएको भन्दै ऐनलाई नै संशोधन गर्ने निर्णय गरेको थियो । तर सवारी करमा भने वृद्धि कायमै छ । त्यसैगगरि ट्राफिक प्रहरीलाई ५ हजारसम्मको जरिवानाको अधिकार प्रदान गरेकोप्रति पनि यातायात व्यवसायीहरु असन्तुष्ट हुदै आएका छन् ।   सोही कारण यातायात व्यवसायीले आगामी २२ गतेदेखि सार्वजनिक सवारी साधननै घर ग्यारेजमा थन्काउने घोषणा गरिसकेका छन् । उनीहरुको माग सम्बोधन नभए केन्द्रीय कार्यक्रम नै आयोजना गरि देशव्यापीरुपमा हड्ताल गर्ने तयारीमा छन् ।   गण्डकी प्रदेश सरकारको कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकार तीन महिनापछि विदा हुदैछन् । बिहिबार मात्रै सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिसेको छ । त्यसैले यही आर्थिक वर्षमा जनतामाथि करको भारी थपेर विदा हुदैछन् ।   यद्यपी बजेटमाथि दफावार छलफलको क्रममा राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी प्रमुख नेतृ पियारी थापाले करको दर नभई दायरा फराकिलो पार्नुपर्ने भन्दै आपत्ती जनाउँदै आएकी थिइन् । तर पनि सुनुवाई नै भएन ।    ४० करोड राजस्व बढाउने लक्ष्य   सरकारले सम्पत्ति कर शीर्षकमा घरजग्गाबाट चालु आर्थिक वर्ष २०७९÷०८० मा १ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६० करोडको लक्ष्य लिएको थियो । थप ४० करोड राजस्व बढाउनकै लागि सरकारले जनतामाथि ४२८ प्रतिशतसम्मले करको दरमा वृद्धि गरेको छ ।   आर्थिक ऐन, २०७९ अनुसार तीनपुस्ता भन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० र गाउँपालिकामा ५ हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५०० रुपैयाँ मात्र थियो ।     तीनपुस्ता भित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५०० तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपर्छ । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा पाँच सय तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार पाँच सय तिर्नुपर्ने हुन्छ ।   हाल साबिक दस्तुर पनि महानगरमा चार सयबाट एक हजार पुगेको छ भने नगरपालिकामा दुई सयबाट पाँच सय र गाउँपालिमा एक सयबाट दुई सय पुगेको छ । संशोधन शुल्क पनि दोब्बर बढाइएको छ ।   बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संस्थाले आफ्ना नाममा दाखिल खारेज गर्दा प्रति मिसिल पहिले महानगर र उपमहानगरमा ७ हजार लिने गरिएकोमा यो वर्षदेखि १५ हजार पुगेको छ । यस्तै नगरपालिकामा पाँच हजारबाट १० हजार पुगेको छ भने गाउँपालिकामा दुई हजारबाट ५ हजार पुगेको छ ।      अंशबण्डामा पनि सरकारले ५० प्रतिशतसम्म कर बढाएको छ । अंशबण्डा आर्थिक कारोबार नभइ हकभोगको हस्तान्तरण मात्रै भएकोले कर घटाउनुपर्ने माग संसदमा पनि उठेको थियो । तर, त्यसको सुनुवाइ भएन । चालु आर्थिक वर्षमा अंशबण्डा गर्दा पाँच लाख रुपैयाँ तिर्नुपर्नेले आगामी वर्षदेखि दुई लाख ५० हजार रुपैयाँ थपेर सात लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । अंशबण्डा तथा अंश भर्पाइको लिखतमा शीर्षकसहित सरकारले कर पनि बढाएको हो ।   चालु आर्थिक वर्षमा अंशबण्डा तथा अंश भर्पाइको लिखत गर्दा ३० लाख, ३० देखि दुई करोड र २ करोड रुपैयाँ माथिको क्लस्टर बनाएर शुल्क तोकिएको रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने प्रावधान राखिएको थियो ।

पोखरा:  ​पोखरा महानगरपालिकाले महेन्द्रपुलका सटर प्रयोगकर्ता व्यवसायीलाई ३५ दिनभित्र सटर खाली गर्न सूचना जारी गरेको छ ।   महेन्द्रपुल नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटर कवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरुले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटकपटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले ३५ दिनभित्र हटाउन महानगरले आग्रह गरेको छ । आफैं नहटाए कानुन बमोजिम हुने उसको चेतावनी छ ।   ‘महेन्द्रपुल नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटररकवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरुले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटकपटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले मुलुकी देवानी संहिता, २०७४ को दफा ४०१ बमोजिम ३५ दिने सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।   यसअघि महानगरले साउन ७ गते भाडा सम्झौता प्रतिलिपि, तेस्रो पक्षसँग सम्झौता गरेको भए सोको प्रतिलिपि र हालसम्म भाडा नबुझाउनुको उचित कारण खुलाएर एक हप्ताभित्र सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।   महानगरको असार ७ गते बसेको कार्यपालिका बैठकले नै महानगरको स्वामित्वमा रहेका सटर भाडा नबुझाउने व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो । उक्त बैठकले महेन्द्रपुलको ३ महिनाभित्र सटर खाली गरेर योजनामुताबिक भवन भत्काउने र पार्क वा पार्किङमध्ये एउटा बनाउने निर्णय गरेको थियो ।

पोखरा घुम्न आएका भारतीय पर्यटकको होटलको छतबाट खसेर मृत्यु भएको छ ।    भारतको मेङलोर घर भएका ४५ वर्षिय भारतीय नागरिक भानु प्रकाशको  होटलको छतबाट खसेर मृत्यु भएको हो ।   पोखरा महानगरपालिका-६ लेकसाइड, गौरीघाटस्थित पोखरा इन्टरनेसनल होटलमा आफन्तसँग पोखरा घुम्न आएका भारतीय नागरिक भानु प्रकाशको छतबाट खसेर शुक्रबार बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाशको शव पोष्टमार्टम लागि गण्डकी हस्पिटल लगेको र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखरा:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।   आगामी २२ गते आइतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा पार्किङ गर्ने आज (बुधबार) विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।   गण्डकी प्रदेश सरकारले नागरिक र यातायात व्यवसायीको हित विपरित कर वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । ‘हाम्रो कोरोना महामारीबाट मुक्त भएको व्यवसायलाई प्रदेश सरकारले करमा बृद्धि गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि सरकारले ६० प्रतिशत सवारी करमा छुट दिन्थ्यो । तर अहिले घटाएर ३३ प्रतिशत बनाएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘यतिमात्रै नभएर वार्षिक करमा वृद्धि गरेको छ । त्यसैले यसको विरुद्धमा हामीले आन्दोलनको घोषणा गरेका हौं ।’   उनले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवानका काट्न सक्ने व्यवस्था समेत यातायात व्यवसायीको हितमा नभएको उल्लेख गरे । ‘अहिले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवाना काट्न सक्ने भनेर अधिकार दिएको छ, केसीले भने, ‘चालकले अलिकति गल्ती गर्दा र भनाभन गरेकै भरमा ५ हजार तिर्नुपर्ने अवस्था छ । त्यसैले यसको विरुद्धमा हामीले कदम चलाएका हौं ।’ उनले उक्त विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक छलफल गरेको बताउदै भने, ‘हामीले त्यो विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक वार्ता र छलफलसँगै ज्ञापनपत्र बुझाउने काम भयो । तर सवारी जरिवानालाई मात्रै केही संशोधन गरे जस्तो गर्याे । त्यसैले सरकारले २१ गते राती १२ बजेसम्म हाम्रो मागलाई सम्बोधन गरेन भने हाम्रा सवारी साधन घर ग्यारेजमा खडा गर्छाै । त्यति गर्दापनि भएन भने प्रदेशभर आम हड्तालको आह्वान गर्छाै र यतिले पनि भएन भने केन्द्रीय समितिसँग समन्वय गरेर देशभर आन्दोलनमा जान्छौं ।’   उनका अनुसार गण्डकी प्रदेशभर मालबहाक र यात्रुबहाक गरि करिब २० हजार सवारी साधन गण्डकी प्रदेशमा सञ्चालन हुदै आएको छ ।   गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरेको खण्डमा सबै सवारी साधनहरु पार्किङमा राखिने महासंघ गण्डकी प्रदेशले जनाएको छ ।  

पोखरा:   पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ ।   सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो ।   राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकासकेन्द्रलाई ७/७ थान फुटबल सहयोग गरिएको थियो ।    जसमध्ये ५/५ वटा प्रशिक्षण बल र २/२ वटा म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिइन् । उनले फुटबल विकासमा लागेको क्लबहरुलाई वडाबाट खेलकुदका समाग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरेको बताईन् ।  उनले आगामी दिनमा समेत वडा कार्यालय रहेको महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताईन् । यसैगरी बल ग्रहणगर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले वडाप्रति आभार प्रकट गरिन् ।   विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै खुशी व्यक्त गरिन् । ‘पोखरामा क्रियाशिल क्लब मध्य हामी पनि हौं, उनले भनिन्, ‘प्रतियोगिता तथा क्लबमा सहयोग धेर थोर पाउँदै आएका छौं अहिले वडाबाट पनि फुटबल सहयोग पाएका छौं । यसले गर्दा हामीलाई फुटबलको क्षेत्रमा थप काम गर्न उतप्रेरण मिलेको छ ।’

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मेवारी सम्हालेपछि प्रहरी उपरीक्षक अजय केसीले ३ प्रमुख मिसन अघि सारेका छन् ।   सोमबार पदवहाली गरेका केसीले सुनगाभा न्यूजसँग बोल्दै शान्तिसुरक्षा तथा लागुऔषध नियन्त्रण, निर्वाचन र प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए ।   ‘म मुलभुत ३ मिसनका साथ यहाँ आएको छु, उनले भने, ‘शान्ति, सुव्यवस्था र अमनचयन, नेपाल प्रहरीको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । शान्तिपूर्वक बाँच्न पाउँने संवैधानिक अधिकारको नेपाल प्रहरी रक्षा गर्छ । र म त्यसैको पक्षमा उभिएर अझ चुस्तदुरुस्त काम गर्ने संकल्प गरेको छु ।’    मिसनको पहिलो नम्बरमा शान्तिसुरक्षाको व्यवस्थापनलाई राखेका केसीले दोस्रो नम्बरमा लागुऔषधलाई राखेका छन् । ‘पहिलो नम्बरमा नेपाल प्रहरीको काम र कर्तव्यको रुपमा शान्तिसुरक्षा तथा अमनचयन पर्छ । त्यसपछि दोस्रो नम्बरमा अलि विकृतिको रुपमा देखिएको लागुऔषध (ड्रग्स)लाई निर्मुल नै पार्ने एउटा संकल्प लिएको छु भने नम्बर तीनमा चाँही अब निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर मजबुद सुरक्षा मिलाउने छु ।’ उनले भने ।   एसपी केसीले वर्षाको समयमा भैपरी आउने बाढी तथा पहिरोको वितण्डालाई मध्यनजर गरेर कार्ययोजना बनाएको सुनाए । ‘अहिले वर्षाको समय छ । हामी २४ सैं घण्टा अलर्ट छौं र स्थानीय सरकारका प्रमुख, वडाध्यक्षहरु तथा स्थानीयसँग समन्वय गरेर उहाँहरुलाई थप जिम्मेवारी बनाएका छौं, उनले भने, ‘हामीले क्विक रेस्पोन्स त गरेका छौं नै तरपनि भवितब्य परेको खण्डमा छिटै उद्धार गर्न सकिने गरि व्यवस्थापनमा लागेको छु ।’   सोमबार मात्रै कास्की प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक केसी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा थिए ।    एसपी केसी भन्दापहिले कास्की प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक रमेश थापाले कमाण्ड सम्हालेका थिए ।  एसपी थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा, महाराजगंज काठमाडौं सरुवा भएका छन् ।  

पोखराः कास्की जिल्लाका अधिकांश स्थानमा शनिबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ ।    वर्षाकाकारण पोखरामा मानवीय क्षति भएको छ भने विभिन्न स्थान जलमग्न भएको छ । पोखराको डिहिकोपाटनमा रातको १ बजे पहिरोले घर पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ ।    त्यस्तै, कास्कीका ४ गाउँपालिकामध्ये अन्नपूर्णमा वर्षाले असर पारेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।      गाउँपालिकाअन्तरगत घान्द्रुक, लान्द्रुक र दाङसिङमा अहिले यातायातसम्पर्क हुनसकेको छैन । विभिन्न स्थानमा पहिरो खसेकाले घान्द्रुकसँग यातायात सम्पर्क टुटेको अध्यक्ष केसीले जानकारी दिएका छन् ।   त्यस्तै, लान्द्रुक र दाङसिङ जाने सडकमा पनि पहिरो खसेकाले सवारी साधन चल्न सकेको छैन । मुस्किलले मोटरसाइकल चल्न सकेको केसीले बताएका छन् ।    यसैगरी, वडा नम्बर ९ का कतिपय स्थानमा पनि बाटोघाटो अवरुद्ध भएको छ । यसबाहेक कुनैपनि मानवीय क्षति नभएको र चौपाया एवं बालिनालीमा असर नपुगेको उनले उल्लेख गरे । हाल अवरुद्ध भएको सडक खुलाउन निकै मिहिनेत गनुपर्ने अवस्था रहेको केसीको भनाई छ ।    स्मरणीय छ, देशकै धेरै पानी पर्ने लुम्ले–काँडे यसै गाउँपालिकामा पर्दछ ।    त्यस्तै, रुपा गाउँपालिकाको अवस्था सामान्य छ । अध्यक्ष नवराज ओझाले पालिकाभित्र ग्रामीण  कच्ची सडक धेरै नभएकाले यातायात सहज छ भने अन्य क्षति भएको विवरण छैन ।    ‘सबै ठिकठाक छ’ अध्यक्ष ओझाले भने ‘तपाइहरुलाई कुनैपनि अप्रिय घटना सुनाउन नपरोस् भनेर कामना गरिरहेको छु ।’   जिल्लाको अर्काे गाउँपालिका माछापुच्छ्रेमा पनि वर्षाले क्षति पु¥याएको छैन । अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सिदिङ् जाने बाटो केही अघि क्षति भएपनि अहिले यातायात सुचारु भएको छ । असार बाढीबाट सजग हुन सबै वडामा खबर पु¥याइएको बताउँदै पालिकासमेत तयारी अवस्थामा रहेको उनले सुनाए ।    त्यस्तै, आइतबार अपरान्हसम्म मादी गाउँपालिकाको अवस्था पनि सामान्य रहेको छ । ‘कुनैपनि विपद्को घटना सुन्नमा आएको छैन’ पालिका अध्यक्ष देविजङ्ग गुरुङले भने ‘पानी त परेको छ तर त्यस्तो क्षति नै पु¥याउनेखालको ठूलो पानी परेको छैन ।’   गुरुङका अनुसार पुल–पुलेसा, बाटोघाटो, मानिस र चौपायालाई हालसम्म वर्षाले असर पु¥याएको छैन । उनले भने ‘यता खासै ठूलो पानी परेको छैन ।’

पोखराः पोखराका साहित्यकार दीपक पराजुलीको पहिलो उपन्यास ‘मिथ्या’ पद्यश्री पुरस्कारकालागि मनोनयनमा परेको छ ।    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्ष ५ कृतिको सूचीमा मिथ्यालाई समावेश गरेको हो ।   सूचीमा परेका अन्य कृतिमा  डा. नवराज लम्सालको महाकाव्य अग्नि, केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर, उषा हमालको निबन्धसङ्ग्रह भिक्षुसँग प्रेम, दीपक पराजुलीको उपन्यास मिथ्या र केवल बिनाबीको कविता सङ्ग्रह यादहरूको सङ्ग्रहालय  रहेका छन् ।   यसअघि नै प्रतिष्ठानले असार १५ मा पुरस्कारका लागि छनोट गरिएका पुस्तकहरूको लामो सूची जारी गरेको थियो ।   उक्त लामो सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट छोटो सूचीका लागि पाँचवटा कृतिहरूको नाम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।   पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्‍याइएको छ । यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।   रचनाको हिसाबले मिथ्या दोस्रो कृति रहेको पराजुलीले बताएका छन् । पद्यश्रीको छनौटमा परेपछि सुनगाभा न्यूजलाई छोटो प्र्रतिक्रिया दिँदै पराजुलीले साहित्यको उत्कृष्ट पुरस्कार पद्यश्रीमा मनोनयन हुनु खुशीको विषय भएको उल्लेख गरे ।   ‘सामान्य बिरामी छु, अहिले आरामको आवश्यकता छ’ पराजुलीले भने ‘मनोनयन सूचीमा परेकाे छु प्रतिष्ठानलाई धन्यवाद ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नागरिक विधेयकको  विरोध गर्दैै पोखरामा सांकेतिक रुपमा चक्काजाम र विरोधसभा गरेको छ ।  राप्रपा कास्कीले सडकमा चक्काजाम गर्दैमा जनताले दुःख पाउने भएकाले नागरिकलाई कुनै दुःख दिन नचाहने भन्दै १५ मिनेटमात्र चक्काजाम गरेको जनाएको छ ।   पृथ्वीचोकमा आयोजित कोणसभामा बोल्दै राप्रपाका केन्द्रिय सदस्य जयबहादुर पुनले एमाले कांग्रेस माओवादीले देशको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाए । उनले भने, ‘आजबाट राप्रपा सडक आन्दोलनमा छ नेपालमा संघीयता खारेज नभएसम्म निरन्तर आन्दोलनमा रहन्छौ ।’  केन्द्रिय सदस्य पुनले देश श्रीलंका जस्तै हुन लागेकाले अव देश विकासका लागि एमाले कांगे्रस माओवादी होइन, आम नेपाली भएर अगाडी बढे मात्र देश विकास सम्भव हुने धारणा राखे । राप्रपाले देशमा एमसीसी, एसपीपी पास भए देश युक्र्रेन बन्ने भएकाले सरकारले तत्काल खारेज गर्नुुपर्ने माग राखेको छ । हालै प्रतिनिधि सभाबाट पास भएको नागरिक विद्येयकले देशका लागि भन्दा पनि विदेशीको लागि फाइदा पु¥याएको राप्रपाको आरोप छ ।  देशमा जन्मसिद्ध नागरिकता पाउने अधिकार भएको र विदेशीलाई स्वदेशमा व्यापार व्यवसाय गर्न अगिकृत नागरिकता दिने व्यवस्था भएको तर देश सञ्चालन गर्ने अधिकार नभएको राप्रपाका केन्द्रिय सदस्य पुनको धारणा छ ।  राप्रपा कास्कीले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिक विधेयक खारेज हुनपर्ने, एमसीसी, एसपीपी, र संघियता खारेजी लगायतका २२ बुदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको हो ।  सडक आन्दोलनमा ‘गणतन्त्र मुर्दावाद’, ‘नागरिक विधेयक खारेज गर’लगायतका नारा लगाउँदै पृथ्वीचोकमा १५ मिनेट चक्काजाम गरेका थिए ।