कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

  पोखरा । कुंडहर समाज सेवा समितिको अध्यक्षमा दया बराल निर्वाचित भएकी छिन । समितिको १६ औं साधारण सभा तथा नवौं अधिवेशनबाट आगामी कार्यकालका लागी दया बरालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन भएको हो । जस अन्तर्गत समितिको उपाध्यक्षमा कृष्ण बहादुर के.सी., सचिवमा बिक्रम रायमाझी, कोषाध्यक्षमा सुरेन्द्र बिनोद खनाल र सह सचिवमा लक्ष्मी थापा चयन भएकी छिन । त्यसैगरी सदस्यहरुमा देवकी रायमाझी, समुन्द्र भुजेल, बिरेन्द्र बहादुर थापा, गौतम थापा, सुनिता के.सी. र सन्तोष थापा चयन भएका छन । सो साधारण सभाको उदघाटन गर्दै जनप्रतिनिधी  सन्तोष बास्तोलाले वडाबाट हुने बिकासका काममा संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने वताउदै वडाभित्र रहेका सडकहरुमा सडक लाइट, स्ट्रेट नम्बर, फुटपाथ निर्माण, फोहोर ब्यवस्थापन लगायतका काम संगै युवा तथा महिलाहरुलाई स्वरोजगार एवं सीपमुलक तालिमहरु प्रदान गरी अगाडी वढ्ने वताए । कुंडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्व बन्धु थापाले समाजले सहकारीको अवधारणा ल्याई समाजलाई आर्थिक रुपान्तरणतर्फ ल्याउनुपर्नेमा जोड दिए । त्यसैगरी समितिका सल्लाहकार रिब बहादुर थापाले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे । संस्थाका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अञ्जना घिमिरेले गरेकी थिइन । 

पोखरा : पोखराको हरित यातायात प्रणाली विकास परियोजनाका विषयमा कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिका बिच छलफल तथा अन्तरक्रिया गरेको छ ।  उक्त छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने विषयमा केन्द्रित थियो । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने बताएको छ ।   पाँच दिनसम्म पोखरामा रहेको टोली पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन समेत गरिसकेको छ । टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।    यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले बताउनुभयो । पोखराको मुख्य चोक पृथ्वी चोकलाई थप विस्तार समेत गरिने छ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिने छ । यस्तै दोस्रो चरण सन २०३० सम्म हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरण सन २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।    विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने किमले विश्वास दिलाउनु भएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने छ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।    पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुने बताउनुभयो ।    यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।    

पोखरा: गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा टिकट पाएपछि हौसिएका दिपक पौडेलका खुशी केही दिनमात्र टिक्नसक्यो ।    कारण थियो, उनले पोखराको एक सुन पसलमा चोरी गरेको भिडियो । भिडियो कसले सार्वजनिक ग¥यो भन्ने विषय रहस्यको गर्भमै छ । सोही भिडियोकाकारण पौडेलको टिकट खोसियो र कृष्ण थापालाई चिट्ठा प¥यो ।    यसरी टिकट खोसिएपछि पौडेल सार्वजनिकरुपमा कतै देखिएनन् । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।   पौडेलको टिकट खोसिएपछि खगराज अधिकारी प्यानलका थापाले टिकट पाएका थिए, तर जित्न सकेनन् । पौडेल पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् ।    यसैबीच, पौडेल कास्की क्षेत्र नम्बर ३ हेम्जामा  नेकपा एमालेले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रम तथा वृहत कार्यकता भेलामा उपस्थित भए ।    उनले उक्त भेलालाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु पराजित हुनमा पार्टीका नेता कार्यकर्तामा एकता नभएको उल्लेख गरे ।    घाँटीमा समस्या देखिएपछि उपचाररत पौडेललाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन् । तरपनि टिकट खोसिएको र घाँटीको पीडा भुलेर उनले एमालेका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्ने बताए ।    ‘स्थानीय निर्वाचनमा पार्टीका नेता कार्यकर्तामा एकता भएन पराजित हुनुप¥यो’ उनले भने, ‘अबको निर्वाचन हार्ने छुट हामीमा छैन, के भयो कसो भयो समीक्षा गरौंला तर अहिले एमालेका उम्मेदवार विजयी बनाउन लागिपरौं ।’    एमालेका नेता पौडेलले नेकपा एमाललाई विपक्षी पार्टीहरुले चारैतिरबाट घेराबन्दी गरेको बताए ।    ‘हामी अहिले विपक्षी पार्टीहरुको चारैतिरबाट घेराबन्दीमा परेका छौं’, उनले भने ‘घेराबन्दीबाट उम्कन हामीले मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा विजय भएर विकासको पुर्वाधारबाट त्यो घेराबन्दी तोड्न आवश्यक छ ।’   कास्की जिल्ला एमालेको लाल किल्ला भएको भन्दै पौडेलले अब चुनावी प्रचारमा सक्रिय भएर नतीजामुखी काम गर्ने बताएका छन् ।    क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ दामोदर वैरागी र प्रदेशसभामा राजीव पहारी र गणेशमान गुरुङ उम्मेदवार छन् । 

पोखरा : राष्ट्रिय लोकदोहोरी पत्रकारीता पुरस्कार कास्कीबाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् ।   राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीले पत्रकार एकराज गिरी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेको हो ।    आठौँ जिल्ला अधिवेशन तथा २१ औ साधारण सभामा पत्रकारीताको क्षेत्रबाट लोकदोहोरी गीत प्रतिष्ठानका गतिविधिलाई पत्रकारीताको माध्यमबाट प्रचार प्रसार गरी पु¥याएको योगदानको कदर गदै नगद, सम्मानपत्र, दोसल्ल्ला र  खाँदाले सम्मान गरिएको हो । पत्रकार गिरी विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले गोरखापत्र दैनिक, पोखरा हटलाईन दैनिक, पोखरा एफएम, गोरर्खाली रेडियो लगायतकामा काम गरेका थिए भने हाल सफल न्यूज डटकममा कार्यकारी सम्पादकका रुपमा कार्यरत  रहेका छन् ।   कार्यक्रमा लोकदोहोरी गायक बद्री पराजुली, अधिबक्ता दुर्गाप्रसाद कोइरालालाई पनि नगद,  सम्मानपत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । त्यस्तै प्रतिष्ठान कास्कीले तीन वर्षको मुल्याकन गदै उत्कृष्ट कार्यसमित सदस्यबाट रचित पौडेल,उत्कृष्ट विभाग प्रमुख सुनिल गायक, प्रोत्साहन पुरस्कारबाट दिवाकर भण्डारी र अनुशासिल सदस्य पुरस्कारबाट नवराज अधिकारीलाई सम्मान गरेको छ । सम्मानित सवैलाई प्रमुख अतिथि प्राज्ञ तथा प्रतिष्ठान पूर्व केन्द्रीय अध्यक्ष एवं कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपाने, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सम्मान गर्नुभएको थियो ।    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले लोकदोहोरी प्रतिष्ठानलाई अगाडी बढाउने सक्षम नेतृत्व चयन गर्न शुभकामना दिदै सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभयो । ,उहाँले लोकदोहोरी कलाकारहरु कामले सक्षम हुनुपर्छमा जोड दिदै भन्नुभयो,‘राम्रो गर्ने जहापनि विक्छ । त्यसैले काम गरौ ।’ उहाँले अग्रलाई सम्मान गर्ने परिपाटी विस्तारै  हराउदै गएका गुनासो गदै त्यसलाई कार्यम राख्दै संस्थाको हितमा अग्रको आग्रहलाई स्वीकार गर्न अनुजलाई अनुरोध गर्नुभयो । उहाँले गीत गाउन सक्ने बनाएपनि संंस्थाका सदस्यहरुमा धैर्यता र अनुशासन सिकाउन नसकिएको बताउनुभयो ।   कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार दुर्गाप्रसाद कोइराला, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ, प्रतिष्ठानका पर्वतका अध्यक्ष दिपक गदाल, सम्मानित ब्यक्तित्व बद्री पराजुली, केन्द्रीय सदस्य शंकर बिरहि गुरुङ लगायतले बोल्नुभएको थियो । अधिवेशनको उद्घाट कार्यक्रम लोकदोहोरी गीत प्रतिष्ठान  कास्की अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा भएको थियो ।   

पोखरा :  मृर्गौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे । कास्की प्रेदश सभा २ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए ।   उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए । अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा पैसाकै चलखेल हाबी हुनसक्ने भन्दै सतर्क बन्न आग्रह गरे । उनले भने, ‘राजनीति पैसाको होइन, विचारको खेल हो । अचेल कौडा जस्तो बनाउन खोजिँदै छ ।’   आफूलाई आशीर्वाद र सुझाव दिन जम्मा भएका आफ्नै टोलका ज्येष्ठ नागरिकसँग उम्मेदवार गुरुङले अग्रजको आशीर्वाद, सम्मान र युवाको साथ नै आफ्नो जितको आधार भएको बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिकको इच्छा भनेको अग्रजको निर्देशन हो, लामो अनुभवको उपज हो । उहाँहरुको आशीर्वाद, सम्मान गर्दै युवाको आकांक्षा सम्बोधन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’   गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसद हुन् । गएको कार्यकालमा समानुपातिकबाट सांसद बनेकी आफूलाई पार्टी प्रत्यक्षका लागि योग्य ठह¥याएको जनाउँदै जनताले मंसिर ४ मा उत्कृष्ट तवरले अनुमोदन गर्ने अपेक्षा गरिन् ।    एमाले पोखरा ११ का कार्यवाहक अध्यक्ष डा बुद्धिबहादुर थापाले गएको कार्यकालमा गरेको उत्कृष्ट काम र पार्टीका एजेन्डाले आफूहरुको जित पक्का भइसकेको बताए ।    कास्की २ ‘खमा उनका मुख्य प्रतिश्पर्धी कांग्रेसका विन्दुकुमार थापा छन् । कास्की २ प्रतिनिधिसभामा एमालेले विद्या भट्टराई र सत्ता गठबन्धनबाट श्रीनाथ बराल मैदानमा छन् । 

पोखरा:   पोखरामा आगामी कार्तिक १७ देखि १९ गते सम्म वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीले आयोजना गर्ने सो प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।   उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तुलबहादुर थापाले बताए ।    उनका अनुसार उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगितामा एउटा टिममा ३ जना मात्रै राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संस्थाका महासचिव हेमराज भण्डारीले बताए । ‘हाम्रो सस्ंथाहरु धेरै वडामा सक्रिय छन्, जुन वडा समितिबाट पनि खेलाडीले सहभागिता जनाउन पाउँनेछन्, उनले भने, ‘एउटा टिममा ३ जना मात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान बनाएका छौ ।’   सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल उद्योग व्यवसायी महासंघको कुनै एक वडाको सिफारिस गर्नैपर्ने बताए ।   उनले उक्त प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन गरिने भण्डारीले बताउदै देशभरबाट करि ७० टिम बढीको सहभागिता रहने बताए ।    पोखरा रंगशालाको कभर्डहलमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन् गर्न करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ ।  

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् ।   जितसंगै पुलिस क्लव समुहको शिर्षस्थानमा पुगेको छ । समुहमा सम्पन्न दुई खेलमध्य पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्यो ।    पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हानिन् । ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।   प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो । जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिए ।    बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनायो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।   जितका लागि १ सय  २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो । लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।    प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविच दोश्रो खेल हुनेछ ।   

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहित शुभकामना व्यक्त गरिएको हो ।   महानगर खेलकुद विकास समितिले आयोजनामा गरेको उक्त कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख आचार्यले प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी १५ हजार नगद सहित सम्मान गरिने जानकारी दिनुभयो ।    “यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ, ‘उच्च मनोबलका साथ आफ्नो खेल कौशल अनुशासन पूर्वक प्रस्तुत गर्नुहोला, उहाँले भन्नुभयो, तपाँईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उहाँले बताउनुभयो ।    पोखरा महानगरवासी खेलाडीहरूको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथि आफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुख आचार्यले व्यक्त गर्नुभयो । “नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उहाँले भन्नुभयो, ‘प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।” गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हत पार्नेमा आफू विश्वस्त रहेको प्रमुख आचार्यले बताउनुभयो ।    ३९ वर्ष पछि पोखरामा हुन गइरहेको यस प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) मा भएको थियो ।  

पोखरा :  पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् ।   विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् । यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै हो ।    “सबै ठाउँमा हेर्दा ५ हजार बढीको सहभागिता रहेको देखिन्छ, प्रमुख धनराज आचार्यले भन्नुभयो, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो, तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर सङ्कलन भएको छ ।” महाअभियानको पहिलो दिन २ सय बढी ट्रक जलकुम्भी झार लगायतको फोहोर फेवातालबाट बाहिर निकालिएको उहाँले बताउनुभयो । तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मङ्गलवार को अभियानका क्रममा निकालिएको छ ।    अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो । “यो सुरुवात मात्र हो, यसलाई आगामी दिनमा निरन्तरता दिने सन्दर्भमा महानगरपालिकाले स्थायी संयन्त्र निर्माण गरेर अगाडी बढ्ने छ, उहाँले भन्नुभयो, यसमा स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ ।” तालको छेउमा ठुलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो । आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्ने कार्यमा उनीहरूको ध्यानाकर्षण समेत गराउनुभयो ।    फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको भए पनि हाल भने त्यसलाई मर्मतसंभार गरी आजदेखि मेसिनको क्षमता अनुसार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । ‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो, प्रमुख आचार्यले भन्नुभयो ।’ पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनु भएको छ ।    मङ्गलवार सञ्चालन गरिएको फेवाताल सरसफाइ महाअभियानमा सहभागी आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी, बैङ्क तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्था, संचारकर्र्मी लगायत सम्पूर्ण सरोकारवालाहरूमा प्रमुख आचार्यले आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको छ ।   सरसफाईका लागि फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट १, २, फिस्टेल घाट १,२, अम्बोट घाट १,२, नयाँघाट, गौरी घाट १, २, बाराही घाट १, २, नेपाल ट्रष्ट, पाहारी घाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, सुइमिङ्पुल हल्लनचोक १, २, क्याम्पीङ चोक १, २, खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरि ३३ वडा पोइन्टहरु निर्धारण गरिएको थियो ।