पोखरामा १ लाख राशीको फुटसल प्रतियोगिता हुने
पाेखरा | असोज २६, २०७९
पोखरा:
पोखरामा आगामी कार्तिक १७ देखि १९ गते सम्म वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीले आयोजना गर्ने सो प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तुलबहादुर थापाले बताए ।
उनका अनुसार उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगितामा एउटा टिममा ३ जना मात्रै राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संस्थाका महासचिव हेमराज भण्डारीले बताए । ‘हाम्रो सस्ंथाहरु धेरै वडामा सक्रिय छन्, जुन वडा समितिबाट पनि खेलाडीले सहभागिता जनाउन पाउँनेछन्, उनले भने, ‘एउटा टिममा ३ जना मात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान बनाएका छौ ।’
सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल उद्योग व्यवसायी महासंघको कुनै एक वडाको सिफारिस गर्नैपर्ने बताए ।
उनले उक्त प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन गरिने भण्डारीले बताउदै देशभरबाट करि ७० टिम बढीको सहभागिता रहने बताए ।
पोखरा रंगशालाको कभर्डहलमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन् गर्न करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

