नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई र आर्मीलाई एक स्वर्ण
पाेखरा | असोज २६, २०७९
पोखरा : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो ।
पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेको छ ।
यसैगरी महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते ।
महिला ‘सेबर टिम इभेन्ट’ प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश नं १ ले कास्यपदक जिते । फेन्सिङको अङ्क तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहन सफल भयो । बागमतीले हालसम्म चार स्वर्ण र एक रजतपदकसहित पाँच पदक जितेको छ ।
यसैगरी आर्मीले तीन स्वर्ण, पाँच रजत र छ कास्यसहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, तीन रजत र छ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेको छ ।
यसैगरी प्रदेश नं १ ले हालसम्म तीन कास्यसहित पाँचौँ स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश एक कास्यसहित फेन्सिङको पदक तालिकामा पुछारमा छ । पोखरामा यही असोज २४ गतेदेखि फेन्सिङ खेल जारी छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

