सहिदपुत्री अनिता ‘ग्याँस सिलिण्डर’ लिएर चुनावी मैदानमा
कास्की | असोज २७, २०७९
कास्कीः जनयुद्धका दौरान कास्कीबाट सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेलले आफ्नो प्रतिनिधि सभा कास्की ३ मा उम्मेदवारी कायम राखेकी छिन् ।
उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा पछि नहटेपछि उनको उम्मेदवारी कायम भएको हो । निर्वाचन आयोगको तालिका अनुसार उनले हिजै चुनाव चिन्ह ‘ग्याँस सिलिण्डर’ पाएकी छिन् ।
चुनाव चिन्ह पाएसँगै अनिताले आफ्नो उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध भएको भन्दै प्रचारमा जुटेकी छिन् ।
बुवा–आमा सहिद भएको समय मात्र १५ वर्षकी अनिता पार्टीमा निरन्तर थिइन् । तर यसपटक समानुपातिकमा नाम सिफारिश भएपनि अन्त्यमा नाम नपरेपछि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छिन् ।
अभिभावकाको मृत्युपछि तीन बहिनी र एक भाइको लालनपालनमा जुटेकी अनितालाई पार्टीले स्थान नदिएपछि उनी चुनावी मैदानमा उत्रेकी हुन् ।
अनिताको चुनावी क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट रामजी बरालले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट दामोदर वैरागी प्रतिष्पर्धामा छन् ।
बुवा राजविक्रम र आमा सीताको तत्कालिन शाही नेपाली सेनाले ०६१ वैसाख ३१ गते पामेमा घर घेरा हालेर हत्या गरेको थियो ।
अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्मी महासङ्घमा समेत आबद्ध छिन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

