कुंडहर समाज सेवा समितिमा दया बराल

पाेखरा | असोज ३१, २०७९

कुंडहर समाज सेवा समितिमा दया बराल

 


पोखरा । कुंडहर समाज सेवा समितिको अध्यक्षमा दया बराल निर्वाचित भएकी छिन । समितिको १६ औं साधारण सभा तथा नवौं अधिवेशनबाट आगामी कार्यकालका लागी दया बरालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन भएको हो ।


जस अन्तर्गत समितिको उपाध्यक्षमा कृष्ण बहादुर के.सी., सचिवमा बिक्रम रायमाझी, कोषाध्यक्षमा सुरेन्द्र बिनोद खनाल र सह सचिवमा लक्ष्मी थापा चयन भएकी छिन ।


त्यसैगरी सदस्यहरुमा देवकी रायमाझी, समुन्द्र भुजेल, बिरेन्द्र बहादुर थापा, गौतम थापा, सुनिता के.सी. र सन्तोष थापा चयन भएका छन ।


सो साधारण सभाको उदघाटन गर्दै जनप्रतिनिधी  सन्तोष बास्तोलाले वडाबाट हुने बिकासका काममा संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने वताउदै वडाभित्र रहेका सडकहरुमा सडक लाइट, स्ट्रेट नम्बर, फुटपाथ निर्माण, फोहोर ब्यवस्थापन लगायतका काम संगै युवा तथा महिलाहरुलाई स्वरोजगार एवं सीपमुलक तालिमहरु प्रदान गरी अगाडी वढ्ने वताए ।


कुंडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्व बन्धु थापाले समाजले सहकारीको अवधारणा ल्याई समाजलाई आर्थिक रुपान्तरणतर्फ ल्याउनुपर्नेमा जोड दिए ।


त्यसैगरी समितिका सल्लाहकार रिब बहादुर थापाले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।


संस्थाका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अञ्जना घिमिरेले गरेकी थिइन । 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्