प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा बुधबार थाइल्याण्डको सेनाद्वारा गार्ड अफ अनर सम्मान गरिएकाे छ ।   तस्बिरहरू:-        

पोखरा:   पोखरा महानगरपालिका मापडण्ड विपरितका संरचना हटाउने भन्दै एक्सनमा उत्रिएको छ ।   महानगरको सूचना पश्चातपनि अटेरी गरेका पृथ्वी राजमार्ग अन्तर्गत पोखरा रंगशाला गेट अगाडिदेखि विजयपुर खोलासम्म (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको हो ।   भिडियाे:       पोखरा महानगरपालिकाले दुइवटा डोजरको प्रयोगमा आज (सोमबार) देखि मापडण्ड विपरितका ति संरचना हटाउन सुरु गरेको महानगरका प्रमुख धनराज आचार्यले बताए ।   उनका अनुसार एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको थियो । यद्यपी उनीहरुले ति संरचना नहटाएपछि एक्सनमा उत्रिनुपरेको बताए ।     उनका अनुसार स्थायी–अस्थायी गरी ६० भन्दा बढी संरचनामा डोजर चल्नेछ । यद्यपी कहिलेसम्म सकिन्छ भन्नेबारे ऐकिन छैन ।    ‘आजबाट संरचना हटाउन सुरु गरेका छौ, गर्दै जाउँ कति दिन लाग्छ,’ मेयर आचार्यले भने ।   उनले बाटोका लागि एडीबीको टिम पर्सि आउने बताउदै भने, ‘त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ ।   एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तारको तनहुँ तिरबाट हुदै आएको छ भने पोखरातिरबाट पनि सुरु गरिएको मेयर आचार्यले सुनाए ।   उनका अनुसार उक्त सडक गरेर ४ लेनको बन्नेछ ।    तस्बिरहरू:                            

पोखरा:   आज असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि,धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको छ ।  पोखरा पर्यटन परिषद्ले १८ वर्षदेखि मनाउँदै आएको रोपाइँ महोत्सव यसवर्ष पोखरा महानगरपालिका १३ कसेरीमा २० औं राष्ट्रिय धान दिवसको अवसरमा १८ औं असारे रोपाइँ महोत्सव आयोजना ग¥यो ।  परिषद्ले आयोजना गरेको १८ औं असारे रोपाइँ महोत्सवमा स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरुले समेत असारे रोपाइँ महोत्सवमा सहभागिता जनाए ।  नेपालीहरुलाई कृषि उत्पादनमा जोड्न र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित परिषद्ले प्रत्येक वर्ष असारे रोपाइँ महोत्स गरेको जनाएको छ ।  रोपाइँ महोत्सवका अवसरमा पोखरेलीसँग आन्तरिक तथा बाह्य पर्यटकहरुले कसेरीमा फाँटमा एकआपसमा असारे हिलो छ्यापछ्याप गरे असारे रोपाइँ महोत्सवमा मनाएका छन् ।    तस्वीरमा हेरौं                 

पोखरा:  लुम्बिनी प्रदेशको रुकुम र रोल्पा क्षेत्रमा मनाइने भूमे पर्व पोखरामा पनि पहिलोपटक धुमधामकासाथ मनाइएको छ ।   रुकुमेली एकता समाजले पोखरा महानगरपालिका ५ मा आज (शुक्रबार) धुमधामकासाथ भूमी पुजाको आयोजना गर्दै भूमे पर्व मनाएको हो ।   रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनारका अनुसार असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ ।     उनले पुख्र्यौली थलोमा जस्तै पोखरामा पनि भुमी पुजा गर्दै पर्व मनाएको बताए ।   ‘यो पुजालाई विशेष पर्वकै रुपमा पोखरामा पनि मनाएका छौ, अध्यक्ष सुनारले भने, ‘यसले पश्चिमेली समुदायबीचको आपसी सद्भाव कायम गर्ने मात्र नभएर एक आपसमा चिनजानको वातावरण पनि मिलेको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तरता दिने छौं ।’   प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् ।   पोखरामा मनाइएको सो पर्वमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबास गर्ने रोल्पाली र रुकुमेलीहरु पनि सहभागी थिए ।   भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।   थप तस्बिर:          

स्याङ्जा:  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भवन उद्घाटन गर्न हेलीकप्टरमा स्याङ्जा पुगेका छन् ।   ओलीले शुक्रबार कुल ५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रुपैयाँ लागतमा निर्मित आँधीखोला गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।  तस्बिर: गीता रानामगर                       ​  

तस्बिर:  गिता रानामगर              

पोखरा:  पोखरामा सोमबार साँझ परेका वर्षाले जलमग्न भएको छ ।    सोमबार साँझ परेको वर्षाले पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायतका बजारका सडक जलमग्न भएको छ ।    सडक जलमग्न हुँदा पैदल यात्रुहरु एक अर्काको सहयोगमा सडक पार गरेका छन् ।    हेरौं तस्वीर: ​        

मुस्ताङ:  अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ ।    अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ।    नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ ।      तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।   पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।     मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ ।   हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ।    तस्बिर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज ​                              

पोखरा:  संगम मरासिनीले पोखराको हङकङ बजारमा व्यवसाय सुरु गरेको एक दशक पुग्यो । संगमसँगै हङकङ बजारमा ४ सय बढी व्यवसायीले सयुक्त रुपमा विभिन्न व्यवसायमार्फत जिविकोपार्जन गर्दै आएका छन् ।  २०५२ सालदेखि नै पोखराको विभिन्न सडकमा फुटपाथ व्यवसाय गर्दै आएका संगमसहित अन्य फुटपाट व्यवसायीहरुलाई पोखराको विभिन्न राजनीतिक दल, व्यवसायी, प्रशासनको सहयोगमा पोखराको सडकलाई फुटपाथरहित बनाउने उद्धेश्यले पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको जग्गा, पोखरा नगर विकास समतिको पोखराको जग्गामा व्यवस्थापन ग¥यो ।  महानगरपालिकाले तत्कालिन समयमा २०६९\११\१० र १५ गते पोखराका फुटपाथ व्यवसायीहरुलाई पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएको थियो ।  संगम मरासिनी हङकङ बजारमा व्यवसाय गर्दै आएका प्रतिनिधि मात्र हुन् मरासिनीसँगै सयौं व्यवसायीहरुलाई २०६९ सालमा नै पोखरा महानगर ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको नन्द प्रसाद तिवारीले भाडा लिएको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएपनि अहिले कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडाा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । आन्दोलित भएका ति व्यवसायीहरुले पोखरा महानगर घेर्न नै पुगे ।     महानगर घेर्न पुगेका व्यवसायीहरुले चर्काे नाराबाजी गर्दै आफुहरुको माग सम्बोधन गर्नुपर्ने बताए । धर्नाको क्रममा व्यवसायहीहरुले ‘४ सय प्रतिशत भाडादर वृद्धि फिर्ता गर, हाम्रो माग पूरा गर, ठेकेदारहरु होसियार, उचित भाडादर कायम गर, साना व्यवसायीलाई विस्थापित गर्न पाइदैन’ लगायतका नाराबाजी गरेका थिए । ‘हिजो हामी सडकका फुटपाथ व्यवसायी हौं, पोखरालाई सुन्दर र फुटपाथ व्यवसायी मैत्री बनाउने योजनामा साथ दिन हामीलाई कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको जग्गामा व्यवस्थापन गरियो, व्यवसायी मरासिनीले भने, ‘तर अहिले बोलपत्र  आह्वान गर्दा हामी व्यवसायी मर्कामा प¥यौं महङ्गो सटरमा व्यवसाय गर्न सक्दैनौं ।’ हङकङ बजारको विवाद के हो ? कृषि साम्रगी कम्पनी लिमिटेडको स्वामित्वमा रहेको करिब ७ रोपनी जग्गा नन्द प्रसादक तिवारीले फुटपाथ व्यवसायीहरु स्थातान्तरण नहुँदै भाडामा लिएका थिए । उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको करिव ३ रोपनी जग्गामा सयुक्त रुपमा करिव ४ सय बढी फुटपाथ व्यवसायीहरुले तिवारीलाई मासिक रुपमा (६\९ फिटको सटरको ९ सय र ९\९ फिटको सटरको १ हजार २ सय मासिक भाडा दिने सर्तमा व्यवसाय सुरु गरे ।  उक्त निर्णय २०७० वैशाख १ गतेदेखि लागू भएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमारी गुरुङले बताईन् ।  ‘फुटपाथ व्यवसायीहरुलाई कृषि साम्रगी कम्पनीको र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको खाली जग्गामा व्यवस्थापन गर्ने महानगरको निर्णय थियो, अध्यक्ष गुरुङले भनिन्, ‘कृषि साम्रगीको जग्गा नन्द प्रसाद तिवारीले भाडामा लिएका रहेछन् उनैलाई मासिक रुपमा (६\९ फिटको सटरको ९ सय र ९\९ फिटको सटरको १ हजार २ सय मासिक भाडा दिने सर्तमा व्यवसाय सुरु ग¥यौं ।’ उनका अनुसार नन्द प्रसाद तिवारीले कम्पनीसँग सम्झौता गरेको म्याद ०७८ माघ २९ गते नै सकिएपछि झण्डै एक वर्षपछि कम्पनीले मासिक ७ रोपनी जग्गाको १२ लाख १५ हजार मा सिलबन्दी बोलपत्र आह्वान गरेपछि आन्दोलनमा उत्रेको बताइन् ।   ‘सरकारी जग्गामा बसेका छौं हामीले सरकारलाई कर तिदैनौं भनेको होइनौं बजारमा टेण्डरमा जान हुँदैन भन्ने हो, उनले भनिन्, ‘टेण्डरमार्फत आउँदा भाडा महङ्गो हुन्छ, महङ्गो सटरमा व्यवसाय गर्ने लगानी छैन्, लगानी गर्न नसकेपछि सडकमा आउनु बाहेक अरु विकल्प छैन ।’ हङकङ बजार व्यवस्थापन समितिका अनुसार कृषि साम्रगी कम्पनीले नन्द प्रसाद तिवारीको छोरा मिलन प्रसाद तिावरीलाई वार्षिक २० प्रतिशत भाडा वृद्धि गर्दै आइरहेपनि व्यवसायीहरुले ८.३३ प्रतिशत वद्धि गर्दै आएको हाल सम्मको मासिक भाडा तिवारीले कम्पनीलाई मासिक २ लाख ४४ हजार ५ सय १०  बुझाउँदै आएपनि ०७८ माघ २९ देखि करा अवधि समाप्त भएको हो ।  यसैबीच कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको दावी छ ।  के भन्छ पोखरा महानगर ? हङकङ बजारमा व्यवसायी गर्दै आएका व्यवसायीहरुले कृषि साम्रगी कम्पनी लिमिटेडको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि ठेक्कामा लैजान नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।  हङकङ बजार व्यवस्थापन समितिले संघीय सरकारका गृहमन्त्रालय, अर्थमन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा वडा नम्बर ९, उद्योग वाणिज्य संघ लगायत विभिन्न राजनीतिक दलहरुलाई ठेक्का कार्यान्वयन गर्न दवाव दिन ज्ञापनपत्र समेत बुझाएका छन् ।  बिहीबार पोखरा महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिदैं पोखरा महानगरका कार्यवाहक मेयर मोति तिम्सिनासँग भएको छलफलमा बोलपत्र आह्वानको मिति वैशाख  २० सम्म भएकाले कृषि साम्रगी कम्पनी लिमिटेडसँग छलफल गरेर जाने निर्णय भएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले बताईन् ।  व्यवसायीको ३ बुँदै माग हङकङ बजार व्यवस्थापन समितिले अस्भाविक भाडा वृछि गरि आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कयाम गरि सिधै कृषि साम्रगी लिमिटेडले बजार व्यवस्थापन समितिसँग बुझ्ने व्यवस्था गर्न माग गरेको हो । समितिले अहिले तिरिरहेको सामान्य भाडादर भन्दा अस्वभाविक रुपमा भाडा वृद्धि गरि आह्वान गरिएको टेण्डरमा प्रक्रियामा कसैलाई पनि सहभागि नहुन समते अनुरोध गर्दै, सहभागि भएर बजारमा भाडा उठाउन आए व्यसायीहरुले भाडाा बुझाउन नसक्ने भन्दै त्यस स्थितिमा आइपर्ने समस्याहरुमा व्यवसायीहरु जिम्मेवार नहुने उल्लेख गरेका छन् ।  टेण्डर प्रक्रियामा सहभागि हुनुभन्दा पहिलो बजार व्यवस्थापन समितिसँग सरसल्लाह र छलफल गर्न दुवै पक्षलाई अनुरोध समेत गरेको छ । माग सहिजिकरण गर्न समिितले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रहरी प्रशासन र सम्बन्धित कार्यालयमा अपिल समेत गरेको छ ।  व्यवसायीहरुले ३ बुँदे मागलाई सम्बोधनलाई नगरी न्यूनगत भाडा दर १२ लाख १५ हजारलाई कायम गरी टेण्डर प्रक्रियामा गए सम्पूर्ण व्यवसायीहरु पुनः फुटपाथमै व्यवसाय गर्ने चेतावनी समेत दिएका छन् ।  समितिले आज वैशाख १४ गते बिहान १० देखि १२ बजेसम्म पोखरा महानगरपालिकाको कार्यालयमा धर्नासमेत दिएको छ । भोलि १५ गते कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने बताएको छ ।     तस्वीरमा हेरौं:                      

पोखराः   पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्यालीसहित पर्व ट्होटें पर्व मनाएका छन् ।    तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज पोखरामा वृहत र्यालीसहित मनाएका हुन् ।   विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपमा  पोखरामा ट्होटें मनाएको अधिवक्ता तथा तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले बताईन् ।    उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो,  गुरुङले भनिन्, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’   हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।    उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत  २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।     ट्होटें पर्व किन मनाइन्छ ? परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।   तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।     ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा रंगशालाबाट ट्होटें ¥यालीसहित लखनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।    सो र्यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।    थप तस्बिरहरु:–