रसुवा:   नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...

पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको आयोजनामा आज (बिहीबार) देखि  ‘वाडा अटो शो २०२५’ सुरु भएको छ ।   अमरसिंहचौरमा आजदेखि सुरु भएको ‘वाडा अटो शो’ आगामी १७ गतेसम्म सञ्चालन हुनेछ ।    उक्त ‘शो’मा विभिन्न १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेका छन् ।    थप तस्बिरमा ‘वाडा अटो शो’:-                                

पोखरा:    पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनमा विजयी भएपछि अनेरास्ववियुले र्‍याली गर्दै उत्सव मनाएको छ ।    नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो विरासत कायम गर्दै सभापति विष्णु पोखरेल नेतृत्वको प्यानल नै विजयी बनेको हो ।   अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै सभापतिमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ र स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत प्राप्त गरिन् ।      यस्तै सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भएकी थिइन् ।    गत १० गते भएको मतदानमा कुल २ हजार ८ सय ९६ मत खसेको थियो ।   थप तस्बिर:-                          

पोखरा:  कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायतलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेशानुसार रिहा भएका छन् ।   उनको अन्तिम मेडिकल चेकजाँच फिस्टेल अस्पतालमा गरिएको थियो । उनीसँगै रिहा भएका पूर्व डिआइजी छविलाल जोशी पनि थिए  ।   मेडिकल जाँचपछि आफ्ना समर्थकलाई मुस्कुराउँदै धन्यवाद दिदैं बाहिरिएका थिए ।    लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।   तस्बिरहरु:                    

पोखरा:   बोधि श्रवण धर्म संघ –नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि ‘विश्व शान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/धर्म आध्यात्मिक पूजापाठ प्रार्थना' कार्यक्रमको आयोजना गर्दैछ ।   आगामी २६ गतेसम्म  उक्त पूजापाठ चल्ने छ ।   उक्त कार्यक्रमपूर्व निकालिएको र्‍यालीमा बच्चादेखि वृद्धासम्म उनका अनुयायीहरु देखिएका छन् ।    खाली खुट्टामा सहभागि साे र्‍यालीमा केही चिनियाँ नागरिकपनि देखिएका छन् ।   तस्बिरहरु:                                  

त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा शनिबार आयोजना गरेको ५० औँ दीक्षान्त समारोहमा सहभागीहरु ।   तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय/रासस                

कास्की:   पर्यटकीय राजधानी पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।   चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् ।    यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ ।    कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । कोर्चाङ पुग्न विभिन्न रुटहरु छन् ।    ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगत पर्ने खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ ।     पोखरादेखि मिर्सासम्म यातायातको व्यवस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ ।    त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । यस्तै अर्काे रुट लुम्रे क्षेत्रबाट भने, सिधैं कोर्चाङ जान सकिन्छ । जुन ३ हजार ६ सय ८३ मिटर उचाइमा छ ।      कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृंखलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साट्न सकिन्छ ।    तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज                      

पोखराको फेवातालमा यही १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुने दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।     नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताका टेक्निकल टिम कोडिनेटर निमबहादुर मगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।   अहिले मगर  नेतृत्वको टोली फेवातालमा प्रतियोगिताको अन्तिम तयारीका लागि जुटिरहेको छ ।    उनले भोलि बेलुकीसम्म सबै तयारी पूरा हुने बताए ।      उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहने छ ।   गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख  ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु(५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।       थप तस्बिरहरु:-                       

पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ ।    पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना  अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।   उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे  उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।   उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।     सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।   युएनडिपीले अघि सारेको उक्त योजना  अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।   

पोखरा​:   हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा पोखराको सेती नदीको रामघाट, तुलसीघाटमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनहरुले सेती नदी किनारास्थित रामघाट, तुलसीघाटमा गङ्गा स्नान, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेका छन् ।  कात्तिके ठूलो एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा बिहान तुलसीको पूजा गरी विवाह गरिदिने प्रचलन छ । नदीको एक किनारबाट अर्को किनारसम्म बाबियोको डोरीको तोरण बनाएर एकादशीको दिनमा नदी तारेमा परिवारमा सुख शान्ति हुने र पितृहरूको वैकुण्ठमा बास हुने धार्मिक विश्वास समेत रहेको छ ।        थप तस्बिरहरू:-