११ तस्बिरमा हेर्नुहोस्, फेवामा हुने ‘ड्रागन बोट रेस’को तयारी

पाेखरा | पुस १०, २०८१

११ तस्बिरमा हेर्नुहोस्, फेवामा हुने ‘ड्रागन बोट रेस’को तयारी

पोखराको फेवातालमा यही १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुने दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।  

 

नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताका टेक्निकल टिम कोडिनेटर निमबहादुर मगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

 

अहिले मगर  नेतृत्वको टोली फेवातालमा प्रतियोगिताको अन्तिम तयारीका लागि जुटिरहेको छ ।

 

 उनले भोलि बेलुकीसम्म सबै तयारी पूरा हुने बताए । 

 

 

उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहने छ ।

 

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख  ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु(५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।

 

 

 

थप तस्बिरहरु:- 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्