काठमाडौं: पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेकोसौर्य एयरको जहाज दुर्घटना भएको छ । चालक दलका सदस्य र प्राविधिक १७ जनाको टोलीसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । जसमध्ये अहिलेसम्म १३ जनाको शव निकालिएको बताइएको छ । आज (बुधबार) बिहान ११ बजे काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेबित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । यो पनि पढ्नुहोस जहाज दुर्घटना अपडेट: दुई जनाको शव फेला विमान दुर्घटनाका कारण विमानस्थल बन्द, उडान अवतरण प्रभावित विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल लगिएको छ । तस्बिरहरू: नेपाली सेना
पोखरा: आज साउनको पहिलो सोमबार । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ । यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ । बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ । थप तस्बिरहरु:-
पोखरा: आजदेखि साउन महिना सुरु भएको छ । जसलाई शिवजीको महिना पनि भन्ने प्रचलन छ । यसलाई विभिन्न रंग समायोेजनको महिना पनि भनिन्छ । अधिकांश महिलाका लागि यो महिना विशेष कहलिन्छ । आजैको दिनदेखि नारीका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा सजिन्छन् । प्राय महिलाहरु साउने र सोमबारे ब्रतसमेत बस्छन् । छोरी चेलीहरु हत्केला सजाउनका लागि पोखराका विभिन्न स्थानमा पुग्ने गरेका छन् । पोखराको न्यूरोड, चिप्लेढुङ्गा, अमरसिंह चोक लगायतका क्षेत्रमा हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा लगाउनेको भिड देखिएको छ । हेर्नुहोस् थप तस्बिर:-
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा जारी श्रमाधान रोजगार मेला सकिएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहआयोजनामा पोखरा इभेन्ट सेन्टरमा चलेकाे थियाे । सो मेलामा विभिन्न प्रकारका शेशनहरु चल्दैछन् । दोस्रो दिन ‘शिक्षा र रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई’, ‘पर्यटनले कोर्नुपर्ने अबको बाटो’ श्रम कानूनका अप्ठेराहरु र फुकाउनुपर्ने गाँठोहरु’ बारे चर्चा गरिएको थियो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेस निर्माणमा मेलाको लक्ष्य छ । मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका थिए । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका थिए । सबै तस्बिर: अर्जुन गाहा (सुशान्त) मगर:-
पोखरा: गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । भोलि सकिने मेला पोखरा इभेन्ट सेन्टरमा आजदेखि सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गरे । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने मेलको लक्ष्य छ । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका छन् । तस्बिर सौजन्य:प्रेम थापा/इभेन्ट पोखरा
पाेखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा पनि गणतन्त्र दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो । सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उहाँले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गर्नुभयो । समारोहअघि प्रदेश प्रमुख भट्टले नेपाल प्रहरीबाट अर्पण सलामी ग्रहण गर्नुभयो । उहाँले गणतन्त्र दिवस समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित नमुना कार्यालयहरु, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कदर पत्र प्रदान गर्नुभयो । तस्बिरहरु:-
पोखरा: नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाई नेतृत्वको टोलीले पोखरामा मोटर र्याली गरेको छ । भ्रष्टाचारीहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम अघि निकालिएको उक्त र्यालीमा प्राय गण्डकी बाहिरका गाडीहरु देखिएका थिए । सो र्यालीका करिब १ दर्जन गाडी र ३ दर्जन मोटरसाइकल सहभागि थिए । प्रसाईले पोखराको अमरसिंहचौरमा भ्रष्टाचारहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम छ । हेर्नुहोस् तस्बिर:-
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ । घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । विशेषगरी चैत–बैशाखमा गुराँस फुल्ने भएकाले यतिबेला पर्यटकीय गतिविधिसमेत बढेको छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् भने स्थानीयका अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । अहिले लालीगुराँससँग पिरती साट्न जाने पर्यटकको सँख्या ह्वाट्टै बढेको छ । घोडेपानी म्याग्दी र कास्कीको विरेठाटी हुँदै जान सकिन्छ । तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज
पोखरा: कास्कीका तमु (गुरुङ) समुदायले आज ट्होटें पर्व मनाएका छन् । कास्कीको विभिन्न स्थानसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले आज ट्होटें पर्व मनाएका हुन् । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु धिं नेपालको भवनबाट ट्होटें पर्वको अवसरमा झाँकी ¥यालीसहित नयाँबजार, लखनचोकहुँदै पोखरा सभागृहमा गएर औपचारिक कार्यक्रममा परिणत भयो हरेक वर्षको साउन महिना र चैतको अन्तिम मंगलबारका दिन उधौली र उभौलीका रुपमा तमु जातिले वर्षमा २ पटक ट्होटें पर्व मनाउने प्रचलन छ । तमु (गुरुङ) भाषामा ट्हो को अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । परापूर्वकालमा आफ्नो राज्यमा शत्रुको प्रवेश रोक लागाउने र आएकालाई लखेट्नका लागि ट्होटें खेल्ने गरेको अग्रजहरु बताउँछन् । तर अहिले आएर परिवर्तित समयानुसार एकताको सन्देशसहित ट्होटें पर्व मनाउने गरेको तमु धि नेपाल युवा समितिका अध्यक्ष रमेश गुरुङ बताए । पहिलो हरेकको घरघरमा पसेर ढ्याङ्ग्रो थाल लगायतका घरेलु सामान बजाएर धुवा बालेर भुत प्रेत वा बैरी लखेट्दै ट्होटें खेल्ने गरिन्थ्यो । तर वि.स. २०५२ सालदेखि पोखरामा सामुहिक रुपमा शक्ति प्रदर्शन गर्दै ¥यालीसहित ट्होटें पर्व मनाउने गरिएको छ । तमु समुदायको छाता संस्था तमु धि नेपालले आयोजना गर्ने सो कार्यक्रममा सयौंको सँख्यामा सहभागिता हुदै आएको छ । जुन र्यालीमा बालबालिकादेखि बृद्धबृद्धाहरुको संस्कृतिमोह देख्न सकिन्छ । थप तस्बिरहरु:-