पोखरा: फागु पूर्णिमा (होली) पर्व पोखरासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट समेत गरिएको छ । फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइड, लेखनाथस्थित बेगनासताल क्षेत्रमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । लेकसाइड, बेगनासताल लगायतका क्षेत्रमा आयोजना गरिएको होली विशेष कार्यक्रममा स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाए । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् । तस्बिर: बिबि रोकामगर
पोखरा: ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा एकताको आज देशभरबाट दिइयो । सो अवसरमा पोखरामा पनि मानव अधिकार चोकमा मगरहरु भेला भएर सभागृह हलमा पुगेर भव्य कार्यक्रम आयोजना गर्दै यसपटकको ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो । नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगरहरुको जभघट भयो । मानव अधिकार चोकबाट सुरु र्यालीमा मगर समुदायको निकै लोकप्रिय र प्रचलित भाकाहरु घन्किए । तनहुँ, स्याङ्जा तथा पाल्पा जिल्लामा प्रचलित कौडा (कान राहा, हामी आयौ) झाब्रे सालैजो(झा भुरा, धुलो उड्यो) पुन मगरहरुको मौलिक नाच सडकमै प्रस्तुत भए । यस्तै मारुनी, ठाडो भाका, चुट्का र्यालीमा घन्कियो । जहाँ मिस मगर नेपाल लगायतकोसमेत सहभागिता रहेको थियो । हेर्नुहोस् सुनगाभा न्यूजको लेन्समा कैद तस्बिरहरु:-
कास्की: पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् । चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्ग अन्तरगत पर्ने खुमैडाँडा यतिबेला हिउँले ढपक्क ढाकिएको छ र सेताम्मे बनेको छ । पदयात्रामा रम्नका लागि यो वर्षको सिजन अब सकिनेवाला छ । त्यसैले हिउँ खेल्न र लालिगुँरास हेर्नका लागि खुमैडाँडा उपयुक्त मानिन्छ । पर्यटकलाई सेवा सुविधाका दिनका लागि खुमैडाँडामा नयाँ ४ होटल थपिएसँगै अहिले ७ वटा होटल सञ्चालनमा छ । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन । स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि तातोपानी खारपानी हुदैं मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ भने (अर्काे रुट) घाचोक हुदैं पनि जान सकिन्छ । जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ । त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ । कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङलाको नेत्रभोजन र प्राकृतिक सौन्दर्यतासँग पिरती गाँस्न पाइन्छ । तस्बिरः राकेश मगर /अर्जुन गाहा सुशान्त (सुनगाभा न्यूज)
पोखरा: यो वर्षका लागि शाहसिक पदयात्रामा निस्कने समय अब सकिनेवाला छ । गर्मीयामको सुरुवात हुनलागेसँगै अहिले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । र ट्रेकिङ रुटहरु अहिले हिउँले सिंगारिएको छ । समुन्द्री सतहबाट करिब ४ हजार १ सय मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प यतिबेला सेताम्मे बनेको छ । शाहसिक पदयात्रामा रम्न र हिउँ खेल्न मन पराउनेहरुका लागि अहिले अन्नपूर्ण बेस क्याम्प (एबिसी) निकै उपयुक्त देखिएको छ । ३६० डिग्रीमा भ्यू हेर्न पाइने यस ठाउँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्डको नेत्रभोजन गर्न सकिन्छ । तर यसका लागि कम्तिमा ५ दिनको समय आवश्यक छुट्याउनुपर्ने हुन्छ । कसरी पुग्ने एबिसी ? पोखराबाट मत्क्युसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । त्यसपछि पदयात्रा सुरु हुन्छ । तपाईंको हिँड्न सक्ने क्षमता कति छ भन्ने कुराले तपाइको बसाई कहाँ हुन्छ भन्ने निर्धारण गर्छ । प्रायजसो पर्यटक पहिलो रात छोम्रोङमै बिताउछन् । अर्काेदिन बिहानै उठेर सिनुह्वा, ब्याम्बु हुँदैं हिमालय या देउरालीसम्म पुग्न सक्नुहुन्छ । यो यात्राभर तपाइले प्राकृतिक सौन्दर्यता र अग्ला अग्ला हिमालहरुसँग आँखा जुधाउदै यात्रामा रमाउन पाउनुहुन्छ । दोस्रो दिन हिमालय या देउराली बसेर तेस्रो दिन माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सक्नुहुन्छ । जहाँ खान र बस्नका लागि उचित व्यवस्था रहेको छ । अहिले हिउँ परेको भएकाले पानी नछिर्ने बुट वा ग्रिपका लागि जुत्तामा लगाउन मिल्ने क्ल्याम्पर बोकेर जानु उपयुक्त हुन्छ । हेर्नुहोस्, पत्रकार गिता रानामगरको लेन्सबाट हिउँले सिंगारिएको अन्नपूर्ण बेस क्याम्प:-
पोखरा: पोखराको गन्धर्व नाटकघरमा यतिबेला ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । पद्याप्रेम थिएटरको प्रस्तुतिमा नाटककार केदारनाथ पौडेलद्वारा लिखित एवम् कपिल शर्माद्वारा निर्देशित नाटक यही माघ २७ गतेसम्म चल्नेछ । नाटकको मुख्य पात्रका रुपमा दिलप्रसाद गुरुङलाई देख्न सकिन्छ । यस्तै विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन बिक र अभिषेक भुसालको अभिनय हेर्ना पाइन्छ । गैह्रापाटनको गन्धर्व थ्रिएटरमा गत बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन हुनेछ । नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई समेटिएको छ । यसलाई रोमाञ्चक बनाउन हास्यब्यङ्ग्यले दरिलो साथ दिएको छ । जसका कारण करिब १ घण्टा १५ मिनेट लामो यो नाटक सकिएको पत्तो हुदैन । थप तस्बिर:-
पोखरा: कास्कीका केही पदमार्गहरु यतिबेला चर्चामा छन् । पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि रोजाईमा पर्छ कोरी । कोरीसँगै खुमै, मर्दी, र अन्नपूर्ण आधार शिविर (एबिसी) पनि पर्यटकको सेडुअलमा पर्ने गन्तव्य हुन् । उल्लेखित यी पदमार्गहरु कास्कीका लोकप्रिय पदमार्ग हुन् । मादी गाउँपालिकामा पर्ने कपुचे ताल र कोरी पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य हो । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्लाको नेत्रभोजन गर्न सकिन्छ । कोरी पदमार्गको प्रवद्र्धनमा स्थानीय पर्यटन व्यवसायीको हात छ । यद्यपी स्थानीय सरकारको पनि नगन्य मात्रामा सहयोग छ । कुनै बेला भेडाहरुले हैकम जमाएको खर्कमा अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । उ बेलाको भेडी खर्क अहिले पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय बनेको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरी यतिबेला हिउँले सिंगारिएको छ । पर्यटन व्यवसायी धन बहादुर गुरुङका अनुसार कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ । थप तस्बिर: तस्बिर: धन बहादुर गुरुङ (माहिला दाई, नमस्ते गेष्ट हाउस)
पोखरा: आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान जारी छ । बिहानैदेखि सुरु भएको मतदानमा गण्डकी प्रदेशमा तीन सिटका लागि दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएको छ । गण्डकी प्रदेशमा रिक्त हुने तीन सिटमा ४ दलका ८ जना उम्मेदवार रहेका छन् । गठबन्धनबाट अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी छिन् । श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी हुन् । नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठ उम्मेदवार छन् भने अपांग/ अल्पसंख्यङ्यकतर्फ राप्रपाले उम्मेदवारी दिएको छैन । गण्डकीमा २ सय ३० जना मतदाता रहेका छन् । थप तस्बिरहरु:
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दानआदि गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ । नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । फोटो फिचर
पोखरा: ३०२ औँ पृथ्वी जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई विभिन्न कार्यक्रम गरी राप्रपाले सम्झिएको छ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष रविन्द्र मिश्रले पोखरा १८ स्थित शहीद पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सम्झिए । यस्तै पोखराको लखनचोक (पृथ्वीचोक) मा शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको छ । राप्रपा कास्कीको आयोजनामा भएको कार्यक्रममा ब्राह्मण समाज, क्षेत्री समाज, ठकुरी समाज लगायतको सहभागिता रहेको थियो । सभा अघि अमरसिंह लगायत विभिन्न चोकबाट ¥याली निकालिएको थियो । तस्वीरहरु: