पोखरा:   कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक ।   जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो ।   आन्तरिक र बाह्य प...

पोखरा:   परापूर्व कालदेखि गुरुङ समुदायहरुले मनाउँदै आएको ट्होटें पर्व पोखराका मंगलबार भव्यताका साथ मनाएका छन् ।    ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन्  । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ ।    चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार  गरि दुईपटक उधौली र उभौलीको रूपमा यो पर्वलाई  मनाउने प्रचलन रहेको छ ।   परापूर्व कालमा गाउँघरमामा खेतीपाती राम्रो होस, शत्रु नाश होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिएतापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको पाइन्छ । तर अहिले शहरी क्षेत्रमा मनाइने पर्वमा भने सामाजिक कुसंस्कार, भ्रष्टाचार, बेथितीलाई नाश गर्ने उद्देश्यसहित ट्होटें पर्व मनाइएको बताइन्छ ।    हेरौं पोखरामा गुरुङ समुदायले मनाएको टहो्टें पर्वको रौनकः–                                                      

पोखराः पोखरा महानगरपालिकाभित्रका अधिकांश मतदान केन्द्रमा बिहान सवा ७ बजेदेखि मतदान सुरु भएको छ ।    सुरुवाति चरणमा यतिबेला प्रायः जेष्ठ नागरिकहरु मतदानमा सरिक भएका छन् । चुस्त सुरक्षा व्यवस्था रहेको मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ ।    यसैबीच, पोखरा महानगरका मेयर प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले विन्दबासिनी मतदानस्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका छन् ।    थापाका प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार धनराज आचार्यले वडा नं ३३ को शान्तिउदय मावि मतदान केन्द्रवाट मतदान गरेका छन् ।   पोखरा नगरभित्रका सडक सुनसान छ भने वर्षा हुने अनुमानबीच यतिबेला मौसम सफा रहेको छ ।