पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

काठमाडौं:   सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्।  इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  मन्त्रालयले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिक तथा प्रहरीको यसअघि उद्धार गरी सुरक्षित स्थानमा लगिइसकेको छ। सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। उद्धार प्रक्रियामा सहयोग पु(याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको कार्यको नेपाल सरकारले सराहना गरेको छ।

तनहुँ:    डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।    चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उहाँले बताउनुभयो । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उहाँले बताउनुभयो । पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ । खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो ।  चितुवाको आक्रमणमा परी छ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र  १७ जना चितुवाको आक्रमणबाट घाइते भए । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो । चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा  अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढ्ेको छ । जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

पोखरा:   पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । २०७९ को शैक्षिक क्रियाकलाप अन्र्तगत उत्कृष्टता हाँसिल गरेका विद्याथीलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो ।  कक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई अबिर लगाई शिल्ड प्रदान गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेल, संस्थापक एवं वित्त निर्देशक विश्वगोपाल पराजुली, प्रबन्ध निर्देशक बलबहादुर थापा, प्राचार्य किरण सापकोटा, कन्या क्याम्पस पोखराका प्रमुख सुरेश मानन्धर, पत्रकार रञ्जन अधिकारी लगायतले पुरस्कार वितरण गरे । अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले विद्यालयसँग अभिभावकको सामिप्य सम्बन्धले मात्र विद्यार्थीको प्रगति र वृत्तिविकास हुने भन्दै आफ्ना बाबुनानी विद्यालयका के गरिरहेका छन् भन्नेबारे ख्याल गर्नुपर्ने उल्लेख गरे । ‘सानो ठाउँ र थोरै विद्यार्थीका साथ सुरु भएको प्रतिभा मावि अहिले धेरै विद्यार्थी भर्ना हुन नपाएर फर्कनुपर्ने अवस्थामा पुगेको छ ।’ पौडेलले भने – ‘समाजमा यसरी स्थापित हुनुमा विद्यालयको वातावरण, शिक्षकहरुको मेहनत, विद्यार्थीहरुको परिश्रम नै हो ।’ विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोराछोरीहरुको समुज्ज्वल भविष्यलाई अगाडि बढाउनका लागि विद्यालय सदा प्रतिबद्ध रहेको जनाए । ‘यही वर्ष अत्याधुनिक सुविधासहितको भवन निर्माण कार्य अघि बढ्दैछ । अण्डरग्राउण्ड सभाहलदेखि टपफ्लोरमा फुटसल ग्राउण्डसम्म बन्नेछन् । ’ विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य प्रदीप खनालले सञ्चालन एवं विद्यार्थी जस्विना मल्लले स्वागत मन्तव्य राखिन् । कार्यक्रममा विद्यार्थीले गीत, नृत्यलगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विद्यार्थीकै हातबाट शैक्षिक तालिका समावेश भएको २०८० सालको भित्तेपात्रोसमेत विमोचन गरिएको थियो ।   

सङ्खुवासभा:     सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।  हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उनले बताए । आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला-४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।   मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

सङ्खुवासभा:    सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो । पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गुरुङ अचेत अवस्थामा छन् भने पाण्डे सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् । हेलिकप्टरमा सवार स्थानीय दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   भोटखोला गाउँपालिका –५ को राप्साबाट उडेको हेलिकप्टर भोटखोला –४ नम्बरको दिदिङ्खा भन्ने स्थानमा अवतरणको क्रममा आज शुक्रबार दिउँसो १ः२० बजे दुर्घटना भएको हो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।  हेलिकप्टर अवतरणको क्रममा पङ्खा पहाडीको भीरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिए ।

पाल्पा:   सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि पाल्पाबाट बुटवलतर्फ जाने र बुटवलबाट पाल्पातर्फ आउने यात्रु बिच बाटोमै रोकिएका छन् । 

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।      राष्ट्रपति पौडेलले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।       शुभकामना सन्देशमा भनिएको छ, “किरात समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन् ।       त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ । 

काठमाडौं:     शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।   प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।   बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।  यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

काठमाडौं:       सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी(परीक्षण भन्सार बिन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६-३-२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो। “विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के(कस्तो योजना बनेको छ रु कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के(कस्तो तयारी भएको छ रु”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ।” मानवको जीउ(ज्यान तथा स्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ। आदेशमा भनिएको छ, “यो अवधिमा के(कस्तो योजना तथा मापदण्ड बनी के(कसरी कार्यान्वयन भएको छ रु योजना कार्यान्वयनमा के(कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ। आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के(कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो रु भनी सरकारलाई प्रश्न गरिएको छ।