पर्वत: पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण देखिएको शर्माले बताएका छन्। ‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ!’ नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट स्वदेश फर्किएकाहरूमा कोरोना देखिएपछि सतर्कतासमेत अपनाइएका छन्।
काठमाडौं: मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ। सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसातोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा बढेको हो। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ। मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।
सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ। बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन्। महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा बोलाइएको छ। यसअघि गत शनिबार सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा तीन शीर्ष नेताहरूको बैठक भएको थियो। उक्त छलफलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक फास्ट ट्रयाकबाट पारित गर्न प्रस्ताव गरेका थिए। आजको बैठकमा उक्त विषयमा थप छलफल हुने बताइएको छ।
काठमाडौं: मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा बैशाख ३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि पोखराको पिएन क्याम्पसमा कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावत गरेको भन्दै स्ववियु निर्वाचन समितिको कार्यालयमा केही विद्यार्थी संगठनले ताला लगाउँदा निर्वाचन हुन सकेको थिएन । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार चैत्र २७ गते बसेको बैठकले पिएन क्याम्पसमा बैशाख ३ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
पोखरा: कास्कीमा लागू औषध दुब्र्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९/२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् । प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागू औषध दुब्र्यसनी विरुद्ध सञ्चारकर्मीको भुमिका” विषयक सचेतना मुलक कार्यक्रममा आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ४९ थान र २०७८/२०७९ मा २ सय ४३ थान मुद्धा दर्ता भएको तथ्यांक सार्वजनीक गरिएको थियो । अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागूऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनुभयो। अघिल्ला दुई वर्षको आधारमा अहिलेको नौ महिनामा दर्ता भएको मुद्धालाई विश्लेषण गर्दा घटेको देखिएको छ उहाँले भन्नुभयो, “अवको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिदैन ।” त्यस्तै लागू औषध दुव्र्यसनकर्ताको उमेर अनुसार सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समुहका रहेका छन् । प्रहरी निरिक्षक मानन्धरका अनुसार १५ देखि २४ उमेर समुहका ५२ प्रतिशत रहेका छन् । भने ४२ प्रतिशत २५ देखि ३५ वर्षका रहेका रहेको उनले बताए । ३१ प्रतिशत ११ र १२ कक्षाका विद्यार्थी दुव्र्यसनीमा फसेको प्रहरी निरिक्षक मानन्धले बताउनुभयो। उहााँका अनुसार साथिसंगीहरुका कारण लतमा फस्नेहरुको संख्या दिन प्रतिदिन बढि रहेको प्रति अभिभावकहरु सचेत हुनु पर्ने बताउनुभयो। उहाँले अभिभावकहरुले आफ्ना वालवालिकाका बारेमा हरदम जानकारी राख्ने, वालवालिकाको हालसालैको फोटो सधै साथमा राख्ने, वालवालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने, साथी–सँगीको बारेमा जानकारी राख्ने, फोन नंबर राख्ने र स्कुल÷कलेज तथा अन्य रुटका बारेमा अभिभावकले सधै चनाखो भइ ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो । बालबालिकाको बद्लिदो व्यवहार प्रति चनाखो रहने, वालवालिका अपराधकर्म तर्फ प्रेरित हुनसक्ने बारेमा सजक रहनुपर्नेमा सुझाव दिनुभयो । आफना वालवालिकालाईे घरको वातावरण वालवालिका मैत्री बनाउने, प्रतिकुल अवस्था जस्तै विपद्, आपराधिक घटना, बन्धक बनाइएको अवस्था, हराएको अवस्था आदिमा हुनसक्ने सम्भावित खतरामा अपनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागू औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले कुलतमा बालबालिका फस्ने गरेको बताउदै त्यसबाट जोगाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लागू औषध सम्वन्धि विषयलाई नर्सरीदेखिनै पाठ्यपुस्तकमा समावेश गर्नसके रोक्न भुमिका खेल्ने बताउनुभयो। उहाँले लागु औषध रोक्न म र हामी भन्ने भावनाबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: सहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरूङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्। उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याइँ नगर्ने बताइन्। उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्। उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन्। उनले भनिन्, ‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याइँ हुँदैन। विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति सहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो। हिजोमात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौं। हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडि बढ्ने भनेका छौं। फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ। त्यो कुरामा हामी लागिपरेका छौं।’ समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरूङले बताइन्।
नेपालगञ्ज : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दस दलीय गठबन्धनले कुकर्म गरिरहेको आरोप लगाएका छन्। नेपालगञ्जमा सोमबार युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए। उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए। 'कुनै बेला पञ्चायत पनि थियो। तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो। घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो। हामीले केही समयपछि नै ढल्छ भन्यौं। हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं। त्यो पनि समाप्त भयो। आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ। गठे संस्कृत, यो गठबन्धनको संस्कृति। जसमा राजनीति छैन, विचार छैन। जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ,' उनले आरोप लगाए। उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए। उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे। उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए। उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए।