काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने । भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए । वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरे । उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए । उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए । वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए । उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङगासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरे ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका-१० किम्चे गाउँका बालबालिका कक्षा ९ पढ्न घान्द्रुक जानुपर्छ । किम्चेबाट हिँडेर घान्द्रुक पुग्न एक घण्टा लाग्छ । गाउँमै कक्षा ८ सम्म पढाइ हुने जनप्रेमी आधारभूत विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै गाउँबासी चिन्तित छन् । ‘शिक्षकलाई गाउँपालिकाबाट अनुगमनमा आउँदामात्रै पढाऊँ है भन्ने छ । तर, कहिलेकाहीँ अनुगमनमा आउँदामात्रै राम्रो पढाउने हो ?’ किम्चेकै विद्या विक भन्छिन्, ‘विद्यदालयमा नियमित अनुगमन गर्दिए राम्रो हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिमा खिचातानी (राजनीतिक) गर्छौं । कसरी शिक्षा राम्रो बनाउने भन्ने सोच्नुप¥यो ।’ किम्चेमा शुक्रबार आयोजित गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईमा उनको कुरा सुनेपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सरकारी विद्यालयमा कमजोरी रहेको स्वीकारे । उनले आफूले कक्षा ८ को नतिजा हेर्दा सन्तोषजनक नभएको र सुधार गर्न विद्यालयका प्रधानाध्यापकलाई भनिसकेको बताए । अध्यक्ष केसीले सरकारी विद्यालय बिगार्ने छुट कसैलाई नभएको अध्यक्ष केसीले बताए । ‘हामी एकदिन अनुगमनमा आउँला । तपाईं (अभिभावक) सधैं जानुपर्छ,’ उनले भने, ‘ती विद्यालय हाम्रा सम्पत्ति हुन् । हुने खानेले बोर्डिमा पढाउँछन् । गरिबका बच्चा पढ्ने विद्यालय बिगार्ने, नपढाउने छुट कसैलाई छैन ।’ एउटा विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयले परीक्षण गर्न थालेपछि विद्यालयको वास्तविक शैक्षिक अवस्था पत्ता लाग्न थालेको उनले बताए । ‘पहिला आफैं प्रश्न निकाल्थे, कापी जाँच्थे । अहिले पालिकाले कक्षा ५ र ८ को प्रश्न निकाल्छ,’ उनले भने, ‘कापी अर्कै विद्यालयकोले जाँचेपछि अवस्था थाहा भएको छ ।’ कृषक अनिल विकले पशु प्राविधिक आउँदा शुल्क लिने गरेको गुनासो गरे । उनले पशु प्राविधिकलाई पैसा तिर्नुपर्ने हो वा होइन भन्ने जिज्ञासा राखे । जवाफमा पशु सेवा शाखा प्रमुख ऋषिराम दाहालले कृषकसँग छुट्टै औषधि दिएकोबाहेकको शुल्क लिन नमिल्ने बताए । ‘गाउँपालिकाले ३२ थरीका औषधि कृषक दर्ता भएपछि निशुल्क दिन्छ । त्योबाहेक औषधि पशु प्राविधिकले दिए पैसा तिर्ने हो,’ उनले भने, ‘नभए यति पैसा नदिई म आउँदिनँ भन्न मिल्दैन ।’ स्थानीय गमप्रसाद गुरूङले पहिला किम्चे गाउँमै खोप सेवा दिने गरिएको भए पनि अहिले छोडिएको बताए । जवाफमा स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले गाउँमा धेरै बिरामी र सुत्केरी महिला नभएकाले स्वास्थ्यचौकी अर्को ठाउँमा सारेको बताए । ‘औषधि मात्र खेर जाने भयो । सेवाग्राही भए फेरि त्यसलाई स्थापना गर्न समस्या छैन,’ उनले भने । कार्यक्रममा ९ जना सहभागीले घान्द्रकु जाने सडक समयमै सक्नुपर्ने, गाउँमा खानेपानी आयोजनाको काम हुन नसकेको, यातायात सुविधा नभएको गुनासो गाउँपालिका नेतृत्वसँग गरेका थिए । जवाफमा अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाको आफ्नै स्रोत निकै कम भएकाले चाहेअनुसार काम गर्न सम्भव नभएको बताए । ‘जनताले भनेका काम गर्न पाए हुन्थ्यो भन्ने हामीलाई पनि हुन्छ । तर, हामीसँग साधनस्रोत कम छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग योजनाका लागि बजेट छुट्याइदिन आग्रह गरेका छौं ।’ जनताका काम र समस्या जतिसक्दो छिटो सक्न उनले वडाध्यक्ष र कर्मचारीलाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँबासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरिन् । आफैं बिमा गर्न नसक्नेको हकमा वडाबाट सिफारिस प्राप्त भएमा पालिकाले नै बिमा गर्न लाग्ने शुल्क भुक्तान गरिदिने उनले बताइन् । जुन वडामा जे खेती हुन्छ त्यो ठाउँलाई पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको उपाध्यक्ष अधिकारीले सुनाइन् । ‘जहाँ जुन किसिमको खेती हुन्छ त्यसलाई पकेट क्षेत्र बनाउने सोच छ । प्राविधिक पठाएर त्यो ठाउँबारे बुझेपछि यो काम अघि बढ्छ,’ उनले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले दोस्रो चौमासिकको कार्य प्रगति प्रस्तुत गरेका थिए । उनले गाउँपालिकाले क्यू–आर कोडबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको देवकोटाले बताए । ‘इ–सेवा, कनेक्ट आइपीएसबाटै व्यवसाय, मालपोथ लगायतको राजस्व भुक्तानी गर्न मिल्ने गरी गाउँपालिकाको सूचना प्रविधि रोडम्याप बनाउँदै छौं,’ उनले भने । ६१ जनालाई अपांग परिचयपत्र र ७९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको अधिकृत देवकोटाले जानकारी दिए । उनकाअनुसार ५७ जना अनाथ विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् । ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र सरकारको प्रणालीले गर्दा जिल्ला लगायत गाउँपालिकाको विकासको काम सम्पन्न गर्न ढिलाई भइरहेको गुनासो गरे । नेपाल तथा चीनको नाका कोरलामा लामो समयदेखि दुवै देशका नागरिकलाई मध्यनजर गर्दै मेला हुने भए पनि कोरोना महामारी पछि हुन नसकेको उनले बताए । ‘हरेक २ वर्षमा आयोजना हुने मेलालाई विषेश प्राथमिकता दिएर सञ्चालनका लागि पहल गर्न केन्द्र सरकारले समन्वय गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने । अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकामा हाल नियम, कानुन र ऐन बनाउने प्रक्रिया जारी रहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकाका आम नागरिकसँग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताए । ‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसलको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘कृषकलाई कृषि सम्बन्धी तालिम दिइरहेका छौं ।’ गाउँपालिकामा ५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिएका छन् । आफूहरु आम नागरिकले अनुभुति गर्ने खालको विकास तथा समृद्धिका लागि प्रतिबद्ध रहेको उनले बताए । फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले लोमान्थाङ गाउँपालिकाका हरेक स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हिसाबमा उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको भौतिक विकासका लागि पत्रकारले समेत भूमिका खेल्नुपर्ने बताए । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस र महासचिव धनबहादुर गुरुङले लोमन्थाङको समृद्धि र समस्या समाधानका लागि फोनिज कलम चलाउन र आवाज उठाउन तयार रहेको बताए ।
भौतिक पूर्वाधारको दीगो र गुणस्तरीय विकासका लागि भन्दै सरकारले पूर्वाधार आयोजना निर्माण सम्पन्न भएको पाँच वर्षसम्म बिग्रे भत्केमा सम्बन्धित ठेकेदारलाई जिम्मेवार बनाउने नीति लिने भएको छ । आज सार्वजनिक संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पाँच वर्षसम्म बिग्रे भत्केको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ । पूर्वाधारसँग सम्बन्धित कामलाई एकीकृत विकास नीति बनाएर अघि बढ्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । “यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, हवाई, रेल, पानीजहाज र केबुल कार सेवाको एकीकृत योजना निर्माण गरी सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ । पूर्वपश्चिम लोकमार्ग चार लेन र काठमाडौँ उपत्यकाको चक्रपथ आठ लेनमा विस्तार गर्ने कामलाई प्राथमिकतामा राखिने जनाइएको छ । मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायत पूर्वपश्चिम लोकमार्ग र उत्तर दक्षिणका कोरिडर तथा व्यापारिक मार्ग प्राथमिकताका साथ निर्माण गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गरिने जनाइएको छ । “औद्योगीकरणलाई उच्च प्राथमिकता दिने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूलक उद्योगको विकासमा जोड दिने, पूँजी, श्रम र उद्यमशीलताको संयोजन गरी देशलाई औद्योगीकरण गर्ने, उत्पादनका लाभको समन्यायिक वितरण गर्नेलगायतका नीति सरकारले लिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ । रासस
काठमाडौं : थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १४०२ नमूना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७२ र एन्टीजेनबाट ११३० नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट २२ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौं : चिनियाँ विदेशमन्त्री छिन काङ र परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। बेइजिङस्थित विदश मन्त्रालयमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ। भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। वार्तामा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा र दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो। नेपाल र चीनबीच भोलि (शुक्रबार) कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बस्दैछ। बैठकमा सहभागी हुन परराष्ट्र सचिव पौड्यालको नेतृत्वको नेपाली टोली बेइजिङ पुगेको छ। बैठकअघि परराष्ट्र पौड्याल नेतृत्वको टोली विदेशमन्त्री काङसँग भेटवार्ता गरेको हो। शुक्रबार हुने संयन्त्रको बैठकमा चीनको तर्फबाट विदेश मन्त्रालयका उपमन्त्री सोन् वेतोङले नेतृत्व गर्नेछन्। बैठकमा नेपाल-चीन सम्बन्ध, बिआरआई परियोजनालगायत मुख्य एजण्डा रहेको बताइएको छ।
एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने कम्पनीले बताएको छ। चैत २४ गतेदेखि उपलब्ध हुने उक्त अफर महिना ९० दिनसम्म लागू हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुनेछ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। सिमकार्ड प्रयोगमा आउना साथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले बताएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफर उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्। साथै, एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन्। यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा ५०० एमबी डाटा प्रयोग गर्न सकिनेछ। यस अनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, ५०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि १०० एमबी डेटा चलाउन नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध रिचार्जमा महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ। बोनस प्राप्त भएका तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमको भनाइ छ।
रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरू आज बिहान मृत फेला परेका हुन्। स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिए। बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्। घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ। बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ।